×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

२५ पुष २०८२
२५ पुष , काठमाण्डौ ।
इरानमा आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा १० दिनदेखि जारी विरोध प्रदर्शन बीच बिहीबार राति विभिन्न शहरमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यो विरोध प्रदर्शन देशभरका १०० भन्दा बढी शहरहरूमा फैलिएको छ ।
प्रदर्शनकारीहरूले सडकहरू अवरुद्ध गरेका छन् भने आगजनी पनि गरेका छन् । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीविरुद्ध प्रदर्शन जारी राखेका हुन् । अमेरिकी मानव अधिकार एजेन्सीका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ, जसमा आठ बालबालिका पनि छन् ।
साथै, एक प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरिएको छ । अहिलेसम्म २ हजार २७० भन्दा बढीलाई हिरासतमा लिइएको छ । जारी प्रदर्शनकाबीच तेहरान विमानस्थल बन्द गर्नुका साथै देशभर इन्टरनेट र फोन सेवाहरू काटिएका छन् ।
इरानमा पछिल्ला दुई हप्तादेखि जारी विरोध प्रदर्शन बिहीबार झनै उग्र बनेको हो । इरानका निर्वासित क्राउन प्रिन्स रेजा पहलवीको आह्वानपछि राजधानी तेहरानसहित अन्य सहरहरूमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन्।
यो दुई सातादेखि जारी प्रदर्शनहरूमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ। यसपछि इरानी शासनले देशभर व्यापक रूपमा सुरक्षा बल परिचालन गरेको छ। इन्टरनेट कनेक्टिभिटी बन्द गरिएको छ भने टेलिफोन सेवासमेत अवरुद्ध गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीविरुद्ध बल प्रयोग नगर्न इस्लामिक शासनलाई कडा चेतावनी दिएका छन्। ट्रम्पको चेतावनीपछि इरानले आफ्नो एयरस्पेस बन्द गरेको छ।
अमेरिकाले भेनेजुएलामा प्रवेश गरी राष्ट्रपति निकोलस मादुरो दम्पत्तिलाई नै अपहरण शैलीमा पक्राउ गरी अमेरिका ल्याएपछि खामेनीविरुद्ध पनि यस्तै षड्यन्त्र रच्न सक्ने इरानी अधिकारीमा डर रहेको विश्लेषण गरिएको छ ।
रिपोर्टअनुसार तेहरानसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले ‘खामेनी मुर्दाबाद’ र उनलाई सत्ताबाट हटाउनुपर्ने नारा लगाएका छन्। धेरै भिडियोहरूमा सडकमा आगजनीका घटनाहरू देखिएका छन्।
प्रदर्शन नियन्त्रण गर्न सरकारले मध्यरातदेखि कडा कारबाही सुरु गरेको छ। बिहीबार राति प्रदर्शनकारी सडकमा निस्कँदै गर्दा इन्टरनेट पहुँच र फोन सेवा काटिएको हो। विभिन्न क्षेत्रमा ‘नोटिस टु एयरमेन’  जारी गरिएको छ, जुन हवाई खतरा हुँदा पाइलटहरूलाई सतर्क गराउन जारी गरिन्छ।
देशका धेरै स्थानमा डिफेन्स सिस्टम सक्रिय गरिएकोसमेत रिपोर्ट आएको छ।  इन्टरनेट निगरानी समूह नेटब्लक्सका अनुसार लाइभ डाटाले धेरै सेवा प्रदायकहरूको कनेक्टिभिटी ठप्प भएको देखाएको छ, जसका कारण देशको ठूलो हिस्सा इन्टरनेटबाट विच्छेद भएको छ। नेटब्लक्सले इरान देशव्यापी इन्टरनेट ब्ल्याकआउटको अवस्थामा पुगेको जनाएको छ।
ट्रम्पले ईरानलाई कडा चेतावनी दिँदै यदि अधिकारीहरूले प्रदर्शनकारीहरूलाई मार्न थाले भने अमेरिका कडा कारबाहीमा उत्रिने बताएका छन्। कन्जरभेटिभ रेडियो होस्ट ह्यू हेविटसँगको कुराकानीमा ट्रम्पले भने, “मैले उनीहरूलाई स्पष्ट रूपमा भनेको छु, यदि उनीहरूले दंगाका बेला झैँ मानिसहरू मार्न थाले भने, हामी उनीहरूमाथि अत्यन्त कडा आक्रमण गर्नेछौँ।”
ट्रम्पको चेतावनी त्यस्तो समयमा आएको हो, जब मानवअधिकार समूहहरूले इरानी शासनले प्रदर्शनकारीमाथि गोली चलाएको आरोप लगाएका छन्। नर्वेस्थित गैरसरकारी संस्था ‘इरान ह्युमन राइट्स’का अनुसार बिहीबार प्रदर्शन सुरु हुनुअघि नै सुरक्षा बलहरूले कम्तीमा ४५ प्रदर्शनकारीको ज्यान लिएका थिए।
बुधबार सबैभन्दा रक्तपातपूर्ण दिन बनेको थियो, जसमा १३ प्रदर्शनकारी मारिएका थिए। इरानमा निर्वासित युवराजको अपिलपछि  प्रर्दशनले ब्यापकता पाएको हो ।  बिहीबार राति मानिसले आफ्ना घरका छतबाट नाराबाजी गरे र धेरै इलाकाहरूमा सडकमा उत्रिएर प्रदर्शन गरे ।
यो अपिल इरानका निर्वासित क्राउन प्रिन्स रेजा पहलवीले गरेका थिए । यो प्रदर्शनलाई निर्वासित युवराजको अपिलबाट इरानी जनता कत्तिको प्रभावित हुन सक्छन् भन्ने पहिलो ठूलो राजनीतिक परीक्षा मानिएको छ ।
रेजा पहलवीका पिता, इरानका अन्तिम शाह, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा ठीकअघि देश छोडेर गएका थिए । यी प्रदर्शनहरूमा शाहको समर्थनमा पनि नाराहरू लागेका छन्, जुनकुनै समय मृत्युदण्डको कारण बन्न सक्थ्यो ।
यो आक्रोश इरानको बिग्रँदो अर्थतन्त्रसँग जोडिएको बताइएको छ । विश्लेषकहरूका अनुसार इरानमा यसअघि पनि बलियो विकल्पको अभावमा विरोध आन्दोलनहरूलाई दबाइएको थियो ।
सुरक्षा एजेन्सीहरूले अहिलेसम्म २०२२ को महसा अमिनी आन्दोलनको समयमा जस्तो कडाइ देखाएका छैनन्, तर प्रदर्शन तीव्र भएमा कारबाही बढ्न सक्छ । इरानमा बारम्बार हुने प्रदर्शनको प्रमुख कारण गहिरिँदो आर्थिक संकट हो ।
इजरायलसँगको १२ दिने युद्ध र कडा प्रतिबन्धका कारण डिसेम्बरमा इरानी मुद्रा ‘रियाल’ खस्किएर प्रति डलर १४ लाखसम्म पुगेको थियो । महँगी र बेरोजगारीबाट आजित जनता सडकमा उत्रिएका हुन् ।
सन् १९७९ को क्रान्तिभन्दा अघि रियाल स्थिर थियो, तर अहिले यसको निरन्तर गिरावटले जनआक्रोशलाई थप भड्काएको छ  । यही समयमा ट्रम्पको चेतावनी पछि प्रर्दशनकारीको मनोबल बढेको छ भने सरकार संयमित बनेको विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top