×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

२५ पुष २०८२

२५ पुष , काठमाण्डौ ।

जेनजीका तर्फबाट सुशीला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ । एनआरएनए अमेरिकाले आयोजना गर्ने कार्यक्रममा जानका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति भइसकेको भ्रमणका नाममा एनआरएनए अमेरिकाबाटै विज्ञप्ति जारी भएका छन् ।

 

एनआरएनएको एउटा समूहले खेलकुदमन्त्रीलाई बोलाउने कुनै कार्यक्रम नरहेको जनाइएको छ । यस्तै अर्काे समूहले भने बोलाइएको दाबी गरिएको छ । पहिलो विज्ञप्तिमा एनआरएनए प्रवक्ता भनेर सन्देश उप्रेतीले र दोस्रोमा प्रवक्ता नै भनेर द्रोण गौतमले हस्ताक्षर गरेका छन् ।

२ समूहमा विभाजित एनआरएन अमेरिकाले दुईथरि विज्ञप्ति निकालेका हुन् । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एसीसी युएसए)ले नेपालबाट युवा तथा खेलकुमद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा नबोलाइएको स्पष्ट पारेको हो ।

संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए एसीसी युएसएका नाममा अनैतिक र झुटपूर्ण कार्य भएको भनेको छ । उसले विज्ञप्ति निकालेर संस्थाका नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गैरकानूनी गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीका नाममा जारी विज्ञप्तिमा संस्थाकै नाममा यस्ता गम्भीर अपराधयुक्त गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको बताइएको छ ।

उनले भनेका छन्, ‘संस्थाका नाममा अनुमति र निर्णयविना यस्ता गतिविधिहरू केही व्यक्तिहरुले गरिरहेको पाइएको छ, इआइएन नम्बर तथा वेबसाइटसमेत दुरुपयोग भइरहेको भेटिएको छ ।’

उनले एनआरएनए एसीसी युएसए संयुक्त राज्य अमेरिकामा कानूनीरूपमा दर्ता भएको आधिकारिक संस्था भएको र इआइएन तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानूनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने बताएका छन् ।

उनले भनेका छन्, ‘संस्थाले यसलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिएको छ, संस्थासँग असम्बन्धित गतिविधिहरू संस्थासँग जोडिए कानूनी जिम्मेवारीसमेत उत्पन्न हुनसक्ने भएकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको जानकारी गराउन चाहन्छौँ ।’

उनले संस्थाका तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको बताएका छन् । संस्थाले भनेको छ, ‘संस्थाको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन ।’

उनले आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने बताए । संस्थाले यस्ता अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिको यात्रा, आवास वा अन्य खर्चमा समेत जिम्मेवारी नलिने बताएको छ ।

यस विषयमा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने उनले विज्ञिस्तिमा उल्लेख गरेका छन् । अर्काेतर्फ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका प्रवक्ता द्रोण गौतमले अर्को विज्ञप्ति जारी गरेर युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा उठेका विभिन्न टीकाटिप्पणीमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले खेलकुद मन्त्री केवल सरकारका एक सदस्य मात्र नभई, विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएकाले गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले बोलाइएको तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति तथा पछिल्लो जेन्जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा सरकारमा जेन्जीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेकाले ‘रोल अफ एनआरएए युथ इन द डेभलप्मेन्ट अफ नेपाल पोस्ट जेन्जी रिभोलुसुन’ अन्तरक्रियामा बोलाइएको हो ।’

उनले कार्यक्रममा सहभागी हुन लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको र नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने बताएका छन् । उनले मन्त्री गुप्ताको टेक्सासको डालसमा आयोजना गरिने कार्यक्रमको विस्तृत विवरण, सेडुल अन्तिम भएपछि सार्वजनिक गरिने बताएका छन् ।

उनले भनेका छन्, ‘भ्रामक, अप्रमाणित तथा अनर्गल टीकाटिप्पणीहरूको पछि नलागी, तथ्यमा सोचका साथ अघि बढ्न सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौँ।’ मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएको भन्ने दाबीससहितको खबर बाहिरिएपछि उनीविरुद्ध अख्तियार दूरुपयोग अनुशन्धान आयोगमा जाहेरी समेत परेको छ ।

गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन्।

उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख छ ।

अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ । उनले सो भ्रमणका क्रममा मानव तस्करी हुने सम्मको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top