×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

राष्ट्रपति निकोलस मादुरोलाई अपहरण शैलीमा पक्राउ गरी अमेरिका ल्याएर अदालतमा हतियार तस्कर र लागूऔषध कारोबारका गम्भिर आरोपमा मुद्दा अघि बढाउन लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आइतबार एउटा तस्बिर पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले पोस्ट गरेको तस्बिर विकिपेडियाको उनको आफ्नै प्रोफाइल पेजको एडिट गरिएको अंश हो । उक्त तस्बिरको क्याप्सनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ ।

त्यसमा सन् २०२६ को जनवरीसम्म उनलाई भेनेजुएलाको वर्तमान राष्ट्रपतिको रूपमा देखाइएको छ । जनवरी ३ मा अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको थियो । सो क्रममा त्यहाँका राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगिएको छ ।

उनीहरूमाथि अमेरिकामा हतियार तथा लागूपदार्थ तस्करीको आरोपमा मुद्दा सुरु भइसकेको छ । मादुरो पक्राउ परेपछि हालै मात्र भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

त्याहाको न्यायाधीकरणले डेल्सीलाई कार्यबहाक राष्ट्रपति नियुक्त गरेको छ । भेनेजुएलाको अन्तरिम नेतृत्व देशभित्रै भेनेजुएलाको सर्वोच्च न्यायाधिकरण र संवैधानिक उत्तराधिकार प्रक्रियामार्फत स्थापित गरिएको थियो, कुनै अमेरिकी राष्ट्रपतिले कार्यकारी अधिकार सम्हालेको कारणले होइन।

मादुरोलाई राष्ट्रपति पदबाट हटाइएपछि प्रशासनको कामकाज र देश सञ्चालन गर्न भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले संवैधानिक बाध्यताहरूको हवाला दिँदै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई मादुरो हटाइएपछि कार्यवाहक राष्ट्रपतिको भूमिका सम्हाल्न आदेश दिएको थियो।

तर डोनाल्ड ट्रम्पल अहिले आफूलाई नै कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। यसपछि ट्रम्पले एक प्रेस सम्मेलनमा भनेका थिए कि सम्पूर्ण परिवर्तनको क्रममा संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई चलाउनेछ, ताकि तेलको प्रवाह सुरु होस्।

त्यसपछि ४ जनवरीमा उनले घोषणा गरे कि संयुक्त राज्य अमेरिका भेनेजुएलाको प्रभारी हो। यद्यपि विदेश मन्त्री मार्को रुबियोले आइतबार संकेत दिएका थिए कि अमेरिकाको भेनेजुएलालाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्ने कुनै उद्देश्य छैन।

तर अहिले यस्तो देखिँदैछ कि जबसम्म डोनाल्ड ट्रम्पका व्यावसायिक हित पूरा हुँदैनन्, तबसम्म अमेरिका नै भेनेजुएलालाई नियन्त्रण गर्नेछ। यसैले उनले सामाजिक सञ्जालमार्फत आफूलाई नै भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले भेनेजुएलाका लागि अमेरिकी योजनाहरू पालना नगरे कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई पदबाट हटाउन थप सैन्य कारबाही गर्ने धम्की पनि दिएका थिए । ट्रम्प विपक्षी निर्वासित नेतृ मारिया कोरिना माचाडोलाई भेनेजुएलाको नेतृत्वमा ल्याउने कसरतमा छन् ।

उनी नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् । तर उनलाई भनेजुएलामा जनसमर्थन रहेको छैन। जनवरी ३ मा अमेरिकी आक्रमण र राष्ट्रपति मदुरोको अपहरणपछि, डेल्सी रोड्रिग्वेजले राष्ट्रपति मदुरोप्रति आफ्नो वफादारी पुनः पुष्टि गर्दै उनको अनुपस्थितिमा देश चलाउने जिम्मेवारी लिँदै कार्यवाहक राष्ट्रपतिको रूपमा शपथ लिइन्।

यसबाटै ट्रम्प चिढिदै आएका छन् । उनले डेल्सीको हालत मादुरोको भन्दा खराब हुन् सक्ने चेतावनी समेत दिएका थिए । डेल्सी २०१४ देखि २०१७ सम्म विदेश मन्त्री, २०२० देखि २०२४ सम्म अर्थ तथा वित्त मन्त्री, साथै तेल मन्त्री र उपराष्ट्रपतिको रूपमा सेवा गरेकी छन् ।

डेल्सी रोड्रिग्वेजले आफ्ना जनता र विश्वलाई भनेकी छन्, ‘म बोलिभेरियन रिपब्लिक अफ भेनेजुएलाका संवैधानिक राष्ट्रपति निकोलस मादुरो मोरोसको कार्यकारी उपराष्ट्रपतिको रूपमा शपथ लिन आएकी छु। हाम्रो मातृभूमिमाथि भएको अवैध सैन्य आक्रमणपछि भेनेजुएली जनताले भोग्नुपरेको पीडाका साथ म यहाँ आएकी छु। संयुक्त राज्य अमेरिकामा बन्धक बनाइएका दुई नायकहरू–राष्ट्रपति निकोलस मदुरो र हाम्रो देशकी प्रथम महिला सिलिया फ्लोरेसको अपहरणको पीडा म बोकेर आएकी छु। म पीडाका साथ आएकी छु, तर म यो पनि भन्न चाहन्छु कि म सबै भेनेजुएलाबासीको नाममा शपथ लिन गौरवका साथ आएकी छु। म हाम्रा पिता, मुक्तिदाता सिमोन बोलिभरको कसम खान आएकी छु।’

अन्य सार्वजनिक वक्तव्यहरूमा, कार्यवाहक राष्ट्रपति रोड्रिग्वेजले भेनेजुएलाको स्वतन्त्रताको कडा दाबी र अमेरिकासँग शान्तिपूर्ण रूपमा सहकार्य गर्ने व्यावहारिक तत्परताबिच सन्तुलन कायम गरेकी छिन्। जनवरी ३ मा, डेल्सी रोड्रिग्वेजले घोषणा गरिन् कि भेनेजुएला ‘अब कहिल्यै कसैको उपनिवेश बन्ने छैन।’

यद्यपि, भोलिपल्ट आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि, उनले भेनेजुएलाले अमेरिकासँग ‘सन्तुलित र सम्मानजनक’ सम्बन्ध खोजिरहेको बताइन्। उनले भनिन्, ‘हामी अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रहेर साझा विकास र दिगो शान्तिपूर्ण सहअस्तित्वलाई सुदृढ पार्ने एजेन्डामा संयुक्त रूपमा काम गर्न आमन्त्रण गर्दछौँ।’

ट्रम्पलाई प्रत्यक्ष सन्देश दिँदै रोड्रिग्वेजले लेखिन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पः हाम्रा जनता र हाम्रो क्षेत्र शान्ति र संवादको हकदार छन्, युद्धको होइन। राष्ट्रपति निकोलस मदुरोको सधैँ यही विश्वास रहेको छ र यस घडीमा सम्पूर्ण भेनेजुएलाको विश्वास पनि यही हो। यो त्यही भेनेजुएला हो जसमा म विश्वास गर्छु र जसका लागि मैले मेरो जीवन समर्पित गरेकी छु। मेरो सपना भेनेजुएलालाई एक महाशक्ति बनाउनु हो जहाँ सबै सभ्य भेनेजुएलाबासीहरू एकसाथ आउन सकून्। भेनेजुएलासँग शान्ति, विकास, सार्वभौमसत्ता र भविष्यको अधिकार छ।’

जनवरी ३ को अमेरिकी आक्रमणपछि, कम्तीमा एक दर्जन तेल ट्यांकरहरूले आफ्नो लोकेसन ट्रान्सपोन्डर बन्द गरेर १२ मिलियन ब्यारेल तेल बोकी भेनेजुएलाबाट प्रस्थान गरे, जसमा धेरैजसो चीनतर्फ गएका थिए, जसले प्रभावकारी रूपमा अमेरिकी नाकाबन्दी तोडेको थियो।

तर त्यसपछि, जनवरी ७ मा, अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित दुई थप तेल ट्यांकरहरू (एउटा क्यारेबियनमा र अर्को उत्तरी एट्लान्टिकमा रहेको रुसी ट्यांकर) कब्जा ग¥यो, जसबाट ट्रम्प अझै पनि अमेरिकी नाकाबन्दी कडाइका साथ लागू गर्न लागिपरेको स्पष्ट हुन्छ।

Advertisement

ट्रम्पसँग व्यवहार गर्नु डेल्सी रोड्रिग्वेज र अन्य ल्याटिन अमेरिकी नेताहरूका लागि चुनौतीपूर्ण छ । यस्तो अवस्थामा ट्रम्प आफूलाई नै स्वघोषित कार्यबहाक राष्ट्रपति घोषणा गरेर भेनेजुएलालाई अमेरिकी प्रान्त तथा औपनिवेशिक राष्ट्रका रुपमा राख्न खोजेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top