×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

धेरै नेपालीको मन मुटुमा बसेका लोकप्रिय गायक प्रशान्त तामाङको कार्डियाक अरेस्टका कारण निधन भएपछि अब उनी केबल सम्झनामा मात्र सिमित भएका छन् । भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

Advertisement
Advertisement

जस मार्फत उनी नेपाली माझ थप चर्चित र लोकप्रिय बन्न सफल भएका थिए । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । पछिल्लो समय उनी भारतीय चलचित्रमा समेत आवद्ध भएका थिए ।

इन्डियन आइडल सिजन ३ का विजेता तथा पाताल लोक २ मार्फत अभिनेता रूपमा आफूलाई पुनः स्थापित गरेका प्रशान्त तामाङको ४३ वर्षको उमेरमा अचानक सडन कार्डियाक अरेस्ट अर्थात हृदय एकाएक बन्द भएका कारण निधन भएको छ।

उनी आरामसँग सुतेका थिए तर बिहान नउठेपछि परिवारले अस्पताल लगे, जहाँ उनलाई मृत अवस्थामा ल्याइएको घोषणा गरियो। उनकी पत्नी मार्था एलेले पतिको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् ।

साथै उनले तामाङको निधनपछि विश्वभरबाट आएको समर्थन र समवेदनाप्रति आभार व्यक्त गरेकी छन् । अस्पतालले कार्डियाक अरेस्ट भनेपनि दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले मृत्युबारे आधिकारिक जानकारी दिँदै अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद पक्ष औँल्याउन गाह्रो हुने बताएका छन् ।

उनका अनुसार आइतबार दिउँसो ३ः१० बजे माता चानन देवी अस्पतालबाट मेडिकल लिगल केस प्राप्त भएको थियो, जसमा रघुनगरका बासिन्दा प्रशान्त तामाङलाई अस्पताल ल्याउँदा मृत घोषणा गरिएको उल्लेख छ ।

घटनापछि अपराध अनुसन्धान टोली र फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) टोलीले मृतकको निवासमा पुगेर प्रमाण संकलन गरेको र शव पोस्टमार्टमका लागि दीनदयाल उपाध्याय (डीडीयू) अस्पताल पठाइएको थियो ।

तामाङ पत्नी र छोरीसँगै बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् । उनको बयानसमेत लिइसकिएको प्रहरीले जनाएको छ । प्रशान्तको शव अन्तिम संस्कारका लागि दार्जेलिङ लगिएको छ ।

प्रशान्तको मृत्युपछि फेरि एक पटक युवा माझ बढ्दै गएको स्वाथ्य समस्या मध्यको एक हृदयघातले पनि त्रसित बनाएको छ । धेरैको मनमा उठ्ने प्रश्न भनेको यति कम उमेरमा पनि मुटु सम्बन्धी यति ठूलो रोग जस्तै कि हृदयघात, कार्डिएक अरेस्ट कसरी हुन्छ….? यसबारे चर्चा गरौं ।

निद्राको समयमा हुने अचानक हृदयघात सडन कार्डियाक अरेस्ट अझै पनि कम बुझिएको विषय हो। चिकित्सकका अनुशार यो निकै सामान्य छ । बाहिरबाट स्वस्थ देखिने मानिसहरू राति सामान्य रूपमा सुत्छन् तर फेरि कहिल्यै नउठ्ने अवस्था आउँछ।

धेरैलाई आफूभित्र लुकेको हृदयसम्बन्धी समस्या छ भन्ने थाहा नै हुँदैन, जसले अचानक कार्डियाक अरेस्ट गराउन सक्ने चिकित्सकहरु बताउँछन् । यो अचानक जुनसुकै बेला हुने गर्दछ । रातिको सुतेको समयमा अझ बढी हुने गर्दछ ।

चिकित्सकका अनुशार राति शरीर विश्रामको अवस्थामा जान्छ, जसलाई प्यारासिम्पेथेटिक प्रतिक्रिया भनिन्छ। यस समयमा मुटुको धड्कन सुस्त हुन्छ। मुटु धड्किँदा विद्युतीय संकेतहरू बग्छन्। निद्राको समयमा यी संकेतहरूको ढाँचामा परिवर्तन आउन सक्छ, जसले मुटु असाध्यै छिटो वा धेरै ढिलो धड्किन सक्छ।

कहिलेकाहीँ यसले गम्भीर अनियमित धड्कन निम्त्याउँछ, जसले मुटु अचानक बन्द हुन सक्छ। विशेष गरी मुटुको लयसम्बन्धी समस्या भएकाहरूमा मध्यरातदेखि बिहानसम्म जोखिम बढ्ने गर्दछ ।

चिकित्सकका अनुशार स्लीप एपनिया अर्थात सुत्दा सास बारम्बार रोकिने र फेरि चल्ने समस्याले रगतमा अक्सिजनको मात्रा घटाउँछ। यसले मुटुलाई अत्यधिक तनाव दिन्छ र मुटुको लय अस्थिर बनाउँछ, जसले निद्राकै समयमा अचानक कार्डियाक अरेस्ट गराउन सक्छ।

मुटुको धमनीमा जमेको प्लाक सुरुमा खतरनाक नदेखिन सक्छ। तर बिहानको समयमा हुने हर्मोनल परिवर्तनले रक्तचाप र मुटुको धड्कन बढाउँछ, जसले मुटुमा तनाव सिर्जना गर्छ र प्लाक फुट्न सक्छ।

अस्थिर प्लाक फुटेपछि रगतको थप्रो बन्छ, जसले कोरोनरी धमनी एक्कासि बन्द गर्छ। यसले मुटुमा अक्सिजन आपूर्ति रोक्छ, घातक एरिदमिया उत्पन्न गर्छ र अन्ततः मुटु बन्द हुन्छ । यी सबै परिवर्तन बिरामीले महसुस गर्दैनन् किनकि उनीहरु गहिरो निद्रामा हुन्छन् ।

पोटासियम वा म्याग्नेसियमको कमी डिहाइड्रेसन, मदिरा सेवन, पिशाव बढाउने औषधिका कारणले विशेष गरी निद्राको समयमा घातक एरिदमिया गराउन सक्छ। त्यसैले सुत्नुअघि मदिरा सेवन स्वास्थ्यका लागि अत्यन्त हानिकार मानिन्छ । किनकि यसले मुटुको लय बिगार्न सक्छ ।

तनावपूर्ण जीवन शैलीका कारण ४० वर्षको उमेरसम्म पुग्दा धेरै युवाहरूमा कोलेस्ट्रोल, उच्च रक्तचाप वा मधुमेह देखिन्छ। यी सबै नियमित स्वास्थ्य परीक्षण नगरेसम्म मौन रहन्छन्, तर अचानक घातक मुटुको लय उत्पन्न हुन सक्ने चिकित्सक बताउँछन् ।

लामो काम गर्ने समय, शारीरिक गतिविधिको कमी, खराब निद्रा, करियर तथा आर्थिक तनावले कोर्टिसोल र एड्रेनालिन जस्ता स्ट्रेस हर्मोन बढाउँछ, जसले खतरनाक मुटुको लय ट्रिगर गर्छ। चिकित्सक भन्छन्, धमनीमा अवरोध नभए पनि तनावले अचानक कार्डियाक अरेस्ट गराउन सक्छ।

पेटको बोसो, फ्याटी लिभर, इन्सुलिन प्रतिरोधले जोखिम अझ तीव्र बनाउँछ। त्यसैले मुटुको हेरचाह यी सबै मापदण्डहरू नियन्त्रणमा राखेर सुरु गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसका लागि चिकित्सकहरु आधारभूत परीक्षणहरूको सल्लाह दिन्छन् ।

जसमा लिपिड प्रोफाइल, रगतमा चिनीको मात्रा, रक्तचाप, स्ट्रेस टेस्ट अर्थात परिवारमा मुटु रोगको इतिहास भएकाका लागि अनिवार्य , इलेक्ट्रोकार्डियोग्राम र इकोकार्डियोग्राम । यदि केही असामान्य देखिएमा, कार्डियाक होल्टर टेस्ट गरिन्छ, जसले दैनिक गतिविधिमा हुने एरिदमिया रेकर्ड गर्छ।

लामो समय लगाइने कार्डियाक इभेन्ट मोनिटरले असहज महसुस हुँदा बटन थिच्दा डेटा रेकर्ड गर्छ। यी ढाँचाहरूले एरिदमिया कति जोखिमपूर्ण छ भन्ने बुझ्न मद्दत गर्छ र औषधिबाट नियन्त्रण गर्न सकिन्छ ।

उमेर बढे सँगै बढेदै जाने मुटु सम्बन्धी रोगहरु युवामाझ पनि उल्लेख्य सङ्ख्यामा बृद्धिहुनुमा पछिल्लो समयको अस्वस्थ्य जीवनशैली नै भएको चिकित्सकहरुको बुझाई छ । त्यसैले हृदय रोगको उपचार र रोकथाम गर्ने आदर्श उपायहरू मध्ये एक स्वस्थ जीवनशैलीलाई रोज्नु हो ।

हृदयघात एक गम्भीर चिकित्सा अवस्था भएतापनि उचित औषधि र स्वस्थ जीवनशैली अपनाएमा यसलाई व्यवस्थापन गर्न सकिन्छ र कुनै पनि जटिलताहरूबाट बच्न र अन्य स्वास्थ्य अवस्थाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न समय–समयमा डाक्टरसँग परामर्श लिनु आजको आवश्यकता बनेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top