×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

भदौ २३ र २४ गते मुलुकभर जेजस्ता घटना घटे यसलाई कसैले जेनजी आन्दोलन, कसैले जेनजीको विद्रोह, कसैले जेनजी प्रदर्शन अनि केहीले जनआन्दोलन वा जनविद्रोह पनि भनेका छन् । सरकारले त जनआन्दोलनका रुपमा जेनजीहरुसँग सम्झौता नै गरेको छ ।

Advertisement
Advertisement

यो प्रदर्शनपछि जेनजीको व्याख्या पनि आआफ्नै ढंगले गरिरहेका छन् । कसैले यसलाई विदेशी शब्द, फेसनमा आएको नयाँ ट्रेन्ड, नेकपाका संयोजक प्रचण्डको भनाइ सुन्ने हो भने उनी माओवादी द्वन्दकालमा आफूहरु पनि जेनजी नै रहेको भन्दै उमेर समूहलाई जनाइरहेका छन् ।

तर जेन्जी भन्नाले विशेष रूपमा त्यो पुस्तालाई जनाउँछ, जो सन् १९९७ देखि सन् २०१२ बीचको अवधिमा जन्मेका हुन् । यो पिढी डिजिटल युगका पहिलो साक्षी र त्यसका सक्रिय प्रयोगकर्ताहरूको रूपमा परिचित छ ।

नेपालमा २०७८ को जनगणना अनुसार जेन्जीको जनसङ्ख्या लगभग २९ प्रतिशत छ, जुन नेपालको कुल जनसङ्ख्याको एक महत्त्वपूर्ण हिस्सा हो । यही बुझाई एमाले अध्यक्ष केपी ओलीको पनि छ । तर उनले जेनजीले गरेको आन्दोलनलाई भने न विद्रोह मान्न तयार छन्, न आन्दोलन ।

उनी त यसलाई विध्वंश, हाहाहुहु, विदेशीको फन्डमा संचालन भएको, आतंककारीको काम, डिपस्टेटका लागि भरियाहरुले गरेको उपद्रव भनिरहेका छन् । हिजो पृथ्वी जयन्ती र एकता दिवसका दिनमा शुभकामना सन्देश दिदा पनि उनले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं भन्दै शुभकामना दिएका थिए ।

एमालेले औपचारिक रुपमा नै भदौ २३ र २४ गतेको घटनालाई विध्वंश र विदेशीको हात रहेको भनेको छ । जेनजी आन्दोलनलाई लिएर अहिलेसम्म एमालेबाट यस्ता धारणा आइरहँदा अन्य दलका तर्फबाट भने खासै व्याख्या गरेको देखिदैन ।

तर आज नेपाली काँगेसको विशेष महाधिवेशनबाट भने यसबारे आफ्नो धारणा सार्वजनिक गरिएको छ । आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको आजको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा झन्डै चार पृष्ठ उनले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबारे खर्चिएका छन् । प्रतिवेदनमा महामन्त्री शर्माले जेनजी प्रदर्शनलाई ‘विद्रोह’ व्याख्या गरेका छन्। उनले जेनजी विद्रोह के थियो र किन भयो ? भन्नेबारे प्रतिवेदनमा स्पष्ट पार्न खोजेको देखिन्छ ।

सुरुमा महामन्त्री शर्माले जेनजी को थिए ? भन्ने प्रश्नको जवाफ दिएका छन् । “जेनजी अन्तरिक्षबाट आएका थिएनन्, उनीहरू हाम्रै काखमा हुर्किएका, हाम्रै परिवारका सदस्य थिए । लोकतान्त्रिक प्रणालीका विरुद्ध होइन, प्रणालीभित्रको खराबीका विरुद्ध थिए । सुशासनका पक्षमा थिए । निराशा विरुद्धमा नवीन आशाको खोजीमा थिए,” प्रतिवेदनमा उनले भनेका छन् ।

समयमै जेनजीको स्वर आत्मसात् गरेर मुलुकमा अनपेक्षित घटना हुन नदिन राज्यबाट दूरदर्शिता प्रस्तुत हुन नसक्दा कैयौंले जीवन गुमाएको र मुलुकले ध्वंस भोग्नुपरेको निष्कर्ष महामन्त्री शर्माको छ ।

महामन्त्री शर्माको बुझाइमा दलहरूले राजनैतिक, आर्थिक, प्रशासनिक, सामाजिक या कुनै पनि प्रश्नमा लगातार जे उत्तर पस्किरहेका थिए त्यसले नागरिक पंक्तिलाई छुन सकिरहेको थिएन ।

“केही वर्षयता नेपाल श्रीलंका बन्ने आर्थिक मन्दीको त्रास र मनोवैज्ञानिक दबाब चलिरहेको थियो । व्यवसायी खासगरी साना व्यवसायी हतोत्साहित बनिरहेका थिए । इलामका प्रेम आचार्यले संसद् भवनअघि गरेको आत्मदाह चरम निराशाको आत्मविद्रोह थियो,” महामन्त्री शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफूहरूले मापन गर्ने गरेको आर्थिक वृद्धि दर कमजोर रहेको बुझाइ उनको छ । जागिरको तलबले धान्न नसक्ने बजार मूल्यसामु जागिरको खोजीमा भौँतारिइरहेको बेरोजगार युवाको अवस्था झन् कस्तो थियो अनुमान गर्न सकिने उनले जनाएका छन् ।

महामन्त्री शर्माले भनेका छन्, “जसले सुनिरह्यो भ्रष्टाचारका प्रकरण , जसले देखिरह्यो भौतिक पूर्वाधार निर्माणको ढिलाइ, जसले भोगिरह्यो– प्रशासनिक झन्झट । निश्चय नै ऊ हामीसँग खुसी थिएन ।” बितेको ३४ वर्षमा देशमा ३० पटक सरकार परिवर्तन भएको स्मरण उनले प्रतिवेदनमा गरेका छन् ।

यो आफैंमा अयोग्यता, चरम अस्थिरता र लज्जास्पद तथ्यांक हो भन्ने उनको बुझाइ छ । सरकार परिवर्तनको प्रत्येक मोडले क्रमशः निराशामा देशलाई धकेलेको उनले जनाएका छन् ।

“यद्यपि अस्थिरताका बीच पनि बितेको ३० वर्षमा शिक्षा, स्वास्थ, सञ्चार र भौतिक पूर्वाधारको क्षेत्रमा अनेकन् काम भएका थिए । निजी क्षेत्रको ब्यापक विस्तार हाम्रै नीतिको सहउत्पादन थियो । तर, भ्रष्टाचारका अनेकन् प्रकरणको चर्चा र सुशासनको अभावका कारण जेजति प्रगतिका काम भएका थिए ती सबै ओझेलमा परे,” महामन्त्री शर्माले भनेका छन् ।

संघीयतामा गएर प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न ढिलाइ गरीएको भनाइ महामन्त्री शर्माको छ । यसले प्रदेश सरकारहरूलाई अपेक्षित रूपले सबल र सफल हुन नदिएको बुझाइ उनको छ ।

“खेतीको समयमा किसानले सन्चले मल नपाउँदा, भुक्तानी माग्दै उखु किसान काठमाडौं धाउनुपर्दा, खेतको डिलमा उभिएर कुनै पनि किसानले सरकार जिन्दावाद भन्दै भन्दैन । राज्यले तोकेको न्यूनतम ज्याला पाउन पनि पटकपटक दबाब दिनुपर्दा कुनै श्रमिकले खुसीको गीत गाउन कसरी सक्छ ? प्रशासनिक कार्यालयमा घण्टौं उभिएको सेवाग्राहीले झन्झट भोगेपछि सरकार र सरकारमा रहेको दलको प्रशंसा कसरी गर्न सक्छ ?” प्रतिवेदनमा महामन्त्री शर्माले विगतमा भएका कमीकमजोरी औंल्याएका छन् ।

विश्वविद्यालयहरूको नेतृत्व चयन गर्न कुनै मर्यादित विधिको विकास पछिल्लो ३० वर्षमा गर्न नसकेको उनले स्विकारेका छन् । विश्वविद्यालयदेखि अस्पतालसम्म भागबन्डाको फर्मुलाले काम गरेको उनले जनाएका छन् ।

यसले गर्दा उपयुक्त व्यक्तिको चयन हुँदा पनि भागबन्डामा परेर नियुक्त भएको सन्देश गएको उनले बताएका छन् । “नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कूटनैतिक र व्यावसायिक सम्बन्ध स्थापित गर्ने हाम्रा माध्यम हाम्रा राजदूतहरू थिए । तर, कूटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कैयौं हुँदाहुँदै हामीले राजदूत नियुक्तिमा पनि भागबन्डामा ग¥यौँ । कतिपय छनौट उपयुक्त नै थिए । तर, मूलतः यसले हाम्रो विधिउपर प्रश्न उठिरह्यो र नागरिक पंक्तिमा नकारात्मक छवि बढाउन योगदान पु¥यायो,” प्रतिवेदनमा भनिएको छ ।

आफ्ना कतिपय व्यवहारले नागरिकको असन्तुष्टिको आगोमा क्रमशः चरु हालिरहेको ठम्याइ उनको छ । “सम्झौँ त, जेनजी प्रदर्शनको दुईदिनअघि एक मन्त्रीको मोटरले एक बालिकालाई ठक्कर दिएर भागेको घटना के सभ्य समाज सुहाउँदो विषय थियो ? बिल्कुलै थिएन,” महामन्त्री शर्माले भनेका छन् ।

सामाजिक सञ्जाल विधेयक सत्ता गठबन्धनमा सहमतिबेगर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता गरेको उनले जनाएका छन् । त्यसप्रति विशेषतः युवाहरूमा रोष थियो ।

“सञ्जालहरू नेपालमा दर्ता गर्न यसकारण जरुरी छ भन्ने न्यारेटिभ विकास नगरी बन्द गर्दा र त्यसले उत्पन्न गर्ने प्रतिक्रियाले गम्भीर दुष्परिणाम ल्याउन सक्छ भन्ने आकलन गर्न नसक्दा अन्ततः त्यसले देशलाई जेनजी विद्रोहमा पु¥यायो,” महामन्त्री शर्माले जनाएका छन् ।

जेनजी विद्रोहको तत्कालीन मुख्य कारण सामाजिक सञ्जाल बन्द देखिए पनि पछिल्तिर थुप्रै राजनैतिक, आर्थिक, सामाजिक कारण रहेको उनले बताएका छन् । तर, केहीले असन्तुष्टि र निराशाको मैदानमा घुसपैठ गरेर त्यसलाई ध्वंसमा पु¥याएको उनले जनाएका छन् ।

“मानवीय क्षतिबेगर भीड व्यवस्थापन गर्ने चुस्त र प्रबल रणनीति राज्य संयन्त्रबाट फेरि पनि प्रस्तुत भएन, यो दुर्बल र दुःखद चित्रको चिरफार जरुरी छ,” महामन्त्री शर्माले प्रतिवेदनमा भनेका छन् । समग्रमा भदौ २३ र २४ को समीक्षा पूर्वाग्रहमुक्त भएर आत्मालोचित मनोविज्ञानले गर्न जरुरी रहेको ठम्याइ महामन्त्री शर्माको छ ।

जेनजी प्रदर्शनमा देशमा फेरि पनि रगत बगेको, अबोध युवाहरू मारिएको, करोडौँ मन जलेको, खर्बौंको धन जलेको र सबैभन्दा ठूलो विश्वास जलेको भनाइ महामन्त्री शर्माको छ । एकापसको भरोसा जलेका बेला आफूले आफैँलाई सोध्नुपर्ने दुई यक्ष प्रश्न रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

“नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे । तर, हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौँ,” महामन्त्री शर्माको पहिलो प्रश्न छ ।

महामन्त्री शर्माको दोस्रो प्रश्न छ, “यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौँ कि सक्दैनौँ ?” देशमा यस्तो स्थिति भविष्यमा दोहोरिन नदिन दूरगामी सोच र विश्वसनीय मार्गचित्र जरुरी रहेको उनले औँल्याएका छन् ।

त्यसका लागि संयम र परिपक्वता जरुरी रहेको उनले जनाएका छन् । त्यति मात्र होइन, विद्रोहका पछिल्तिर रहेको नागरिक असन्तुष्टिका केस्राकेस्रा केलाउन पनि जरुरी रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यस्तै अर्का महामन्त्री गगन थापाले पनि २१ फागुनको निर्वाचनअघि जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न साझा राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन् ।

थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको उल्लेख गरेका छन् । कांग्रेसले बहुपक्षीय संवादका लागि आह्वान गरेको छ ।

‘नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ,’ थापाले भनेका छन् । उनले प्रतिवेदनमा जेनजी विद्रोहको भूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको उल्लेख गरेका छन् ।

‘जेनजी’ विद्रोह नेतृत्व र कांग्रेसविरुद्धको विस्फोट भएको गगनले उल्लेख गरेका छन् । महामन्त्री थापाले ‘पपुलिजम’ र अराजकतावादमा रमाउनेहरूले लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृति बढाएको टिप्पणी गरेका छन् ।

महाधिवेशनको बन्दसत्रमा पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा यसबारे टिप्पणी गरिएको छ । प्रस्तावको ‘पपुलिजम चुनौतीको सामना गर्दै उदार लोकतन्त्रको रक्षा’ शीर्षकमा गरिएको समीक्षामा ‘पपुलिजम’ले नेपालमा पनि असर पारेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) लगायतको नाम नलिएरै कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘विश्वव्यापी रुपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृति बढ्दै गएको देखिन्छ। यस्ता पात्र र प्रवृतिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएरु होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रमण सिर्जना भइरहेको छ।’

यस प्रवृतिबाट लोकतन्त्र र बहुलवादी समाजको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली बलियो बनाउनुपर्ने उनको तर्क छ। उनले ‘पपुलिस्ट’ र अराजकतावादी प्रवृतिबाट लोकतन्त्रलाई जोगाउन आग्रह गरेका छन्।

Advertisement

प्रस्तावमा थापाले भनेका छन्, ‘लोकतन्त्र प्रणालीप्रधान तथा संस्थाप्रधान हुन्छ। लोकतन्त्र विधिसम्मत र प्रक्रियामुखी हुन्छ। त्यसैले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेसको यो विशेष महाधिवेशन विशेष आह्वान गर्दछ।’

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top