×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

२०४७ चैत ५ मा काठमाडौँमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिँदै भनेका थिए, ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सायोस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् ।आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुप¥यो ताकि प्रतिद्वन्द्वयता गर्न सकियोस् ।

Advertisement
Advertisement

मदन भण्डारीको यो साहसलाई नेपालको राजनीतिक इतिहासको पानामा दर्ज गरिएको छ । आज नेकपा एमाले तिनै मदन भण्डारीले प्रतिउत्पादन गरेको जबजको सिद्धान्तलाई टेकेर यहाँ सम्म आइपुगेको छ ।

मदन भण्डारीले राजालाई खुल्ला चुनौती दिए झै मदनकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाण्डौंका मेयर बालेन साहले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा उनी लड्दै आएको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी घोषणा गर्दै चुनौती दिने तयारीमा लागेका छन् ।

बालेनको यो साहसले जेनजी आन्दोलनको मर्म मात्र बोकेको छैन निर्वाचन क्षेत्रका मतदाताहरूलाई आफ्नै गोजीका हुन भन्ने प्रवृत्तिलाई समेत चुनौती दिएको छ । छोटो समयमा नेपाली राजनीतिमा लोकप्रियता कमाएका बालेनलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सफल भए सँगै प्रधानमन्त्री पदको अफर नआएको हैन ।

यदि उनले चाहेका भए यति बेला सुशीला कार्कीको ठाउँमा उनी प्रधानमन्त्री बन्न सक्थे । तर त्यो सहज र छिटो बाटो बालेनले रोजेनन् । प्रधानमन्त्री पद नै स्विकार नगरेको भन्दै बालेन साह प्रति निकै ठूलो जमात आक्रोशित समेत बन्यो ।

तर उनी सामाजिक सञ्जाल र फोन सम्पर्कबाट समेत टाढा रहे । सडकमा जेनजीहरु नै आपसमा झगडा गर्दै विभिन्न समूहमा देखिन थालेपछि बालेनलाई जेनजीहरुको सम्बोधनका लागि पनि स्वतन्त्र राजनीतिबाट दलीय राजनीतिमा आउन दबाब बढी रहेको थियो ।

अन्तिममा आएर बालेन आफै पार्टी खोल्ने भन्दा पनि भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सार्ने आफ्नो माग पूरा गरेपछि रास्वपा प्रवेश गरे ।रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको छ ।

यसमा केही जेनजी समूहहरू पनि प्रत्यक्ष रूपमा लागि रहेका छन् । एक थरीलाई लागी रहेको छ बालेनको क्रेज काठमाण्डौंमा मात्र छ । यदि बालेन काठमाण्डौं बाहिर गए भने भोलि उनलाई प्रधानमन्त्री बन्ने बाटो नै बन्द हुन सक्छ ।

बाहिरबाट हेर्दा सबैलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो । बालेन राजनीति रूपमा काठमाडौँ भित्र मात्र सीमित छन् । किन भने उनी स्वतन्त्र उम्मेदवार भएर काठमाण्डौंको मेयर जिते त्यसपछि सामाजिक सञ्जालबाट मात्र राष्ट्रिय राजनीतिमा जोडिएका पात्र हुन ।

सायद उनका लागि काठमाण्डौं नै बढी सुरक्षित क्षेत्र हुन सक्थ्यो । तर आज उनले जुन साहस गरेर पूर्वको झापा रोज्ने योजना बनाएका छन् त्यसमा पनि चार पटक प्रधानमन्त्री भई सकेको एउटा प्रभावशाली नेता जो अहिले पार्टीको अध्यक्ष समेत छन् त्यही व्यक्ति सँग निर्वाचन लड्ने बालेनको यो हिम्मत लोकतन्त्रका लागि एउटा पिलरका रूपमा स्थापित हुने छ ।

झापा जिल्ला नेकपा एमालेले आफ्नो सुरक्षित किल्लाका रूपमा हेर्ने गर्छ । त्यसमा पनि झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा ओली छैटौँ पटक निर्वाचित भई सकेका पात्र हुन् ।

तिन वर्ष अघि भएको निर्वाचनमा गठबन्धनअन्तर्गत काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै विजयी माला लगाएका थिए । त्यस बेला ओलीले ५२ हजार ३१५ मत पाएका थिए ।

त्यस बेला एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको थियो । झापा ५ मा राप्रपाको बलियो प्रभाव रहेको छ । यही निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकाको मेयर पदमा राप्रपाले जित हासिल गरेको छ ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए ।

ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए । ओली ०६४ को संविधानसभा निर्वाचनमा भने झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए ।

राज्य पुनर्संरचनापछि साबिकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट २०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । सामाजिक सञ्जालमा ओली र बालेन बिचको वाक युद्धको श्रृंखला लामो छ ।

आखिर किन बालेनले झापा नै रोजेका हुन त ? भन्ने चासो सवैमा बढेको छ ।  तर बालेनले पूर्वबाट सुरु गरेको राजनीतिक यात्रालाई सकारात्मक रूपमा हेर्नेहरूको सङ्ख्या धेरै छ । बालेनको ससुराली घर भने झापा क्षेत्र नम्बर ५ सँगै जोडिएको पश्चिम तर्फको मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा रहेको छ ।

यस अर्थमा उनी यो क्षेत्रका ज्वाइँ समेत हुन् । यस अघिको निर्वाचनमा पनि यो क्षेत्रबाट रास्वपाले ११ हजार भन्दा माथि मत ल्याएको थियो । तर पटक पटक राज्य सञ्चालनको डाडु पुन्यु समाएका ओलीले यो क्षेत्रको भौतिक विकास निर्माण निकै गरेका छन् ।

बालेनको झापा–५ बाट आगामी निर्वाचन लड्ने तयारीको खबर सामान्य उम्मेदवारी घोषणाभन्दा धेरै गहिरो राजनीतिक सन्देश बोकेको छ । यो कदमलाई राजनीतिक महत्त्वाकाङ्क्षाका रुपमा मात्रै नहेरेर नेपाली राजनीतिमा लामो समयदेखि जम्दै आएको शक्ति–केन्द्रित राजनीतिलाई चुनौती दिने साहसी सङ्केतका रुपमा हेरिएको छ ।

झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षित मानिँदै आएको निर्वाचन क्षेत्र हो । लगातार निर्वाचन जित्दै आएका ओलीको क्षेत्रमा बालेनको प्रवेशले अब नेपाली राजनीति व्यक्ति पूजा र सुरक्षित गढभन्दा माथि उठ्नुपर्ने समय आएको सन्देश दिने विश्लेषण गरिएको छ ।

लोकतन्त्रमा कुनै पनि क्षेत्र, कुनै पनि पद र कुनै पनि नेता प्रश्नभन्दा माथि हुँदैन भन्ने मान्यतालाई बालेनले व्यवहारमै उतार्न खोजिरहेका छन् । बालेनको राजनीतिक यात्रा काठमाडौँ महानगरपालिकाको मेयर पदबाट सुरु भएको हो ।

सीमित स्रोत, पुरानो संरचना र व्यापक अवरोधबिच पनि उनले सहरी शासनमा अनुशासन, पारदर्शिता र परिणाममुखी कामको उदाहरण प्रस्तुत गरे । यही स्थानीय सफलताले उनलाई राष्ट्रिय राजनीतितर्फ जिम्मेवारी बोक्न प्रेरित गरेको देखिन्छ ।

झापा–५ बाट चुनाव लड्ने तयारीले बालेन सजिलो बाटो होइन, सार्थक बाटो रोज्न चाहन्छन् भन्ने सन्देश दिन्छ । यदि उनी केवल सांसद बन्न चाहन्थे भने, कम चुनौतीपूर्ण भएको क्षेत्र रोज्न सक्थे । तर शक्तिशाली र स्थापित नेतासँग प्रतिस्पर्धा गर्ने निर्णयले उनको आत्मविश्वास मात्र होइन, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पनि देखाउँछ ।

बालेनले झापाका स्थानीय नेता–कार्यकर्तासँग संवाद गर्नु, मत सर्वेक्षण गर्नु र प्रत्यक्ष बुझाइका आधारमा निर्णय लिनु नयाँ पुस्ताको राजनीतिक शैलीको प्रतिनिधित्व हो । यसले राजनीतिमा थोपर्ने होइन, सुन्ने संस्कृतिको विकास गर्न सक्ने सम्भावना देखाउँछ ।

बालेनको कदमले राजनीतिप्रति निराश हुँदै गएको युवापुस्तामा नयाँ आशा जगाउन सक्छ । ठूला नेताको क्षेत्रमा चुनाव लड्न सकिँदैन भन्ने मनोवैज्ञानिक डरलाई तोड्दै उनले युवालाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेका छन् ।

लोकतन्त्र बलियो तब मात्र हुन्छ, जब प्रतिस्पर्धा खुला, निष्पक्ष र विचारमा आधारित हुन्छ । अन्ततः बालेनको सम्भावित उम्मेदवारीले मतदातालाई विकल्प छान्न पाउने अधिकार स्मरण गराउँनेछ ।

बालेन र ओली उम्मेदवार बने दुवै देशका लागि भावी प्रधानमन्त्री मध्ये एकलाई छान्न झापाका मतदाता पनि उत्साहित हुनेछन् । एउटै क्षेत्रमा दशकौँसम्म एउटै अनुहारलाई मतदान गर्नुपर्ने बाध्यता लोकतन्त्र होइन ।

Advertisement

नयाँ उम्मेदवार, नयाँ विचार र नयाँ बहस लोकतन्त्रका सुन्दर पक्ष हुन् ।यदि बालेन झापा–५ बाट चुनाव लड्छन् भने, जित–हारभन्दा ठूलो उपलब्धि नेपाली राजनीतिमा चुनौती दिन सकिने, प्रश्न गर्न सकिने र विकल्प प्रस्तुत गर्न सकिने वातावरण अझ सशक्त हुनेछ ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top