×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

२८ पुष , काठमाण्डौ ।

काँग्रेसको संस्थापनले नियमित महाधिवेशनलाई धकेलेर वैशाखमा पुर्याएपछि विशेष महाधिवेशन पक्षधरहरुले आफ्नो हस्ताक्षर र माग पुरा गरेरै छाड्ने संकल्पलाई हिजोदेखि भृकुटीमण्डपमा साकार पारिरहेका छन् ।

Advertisement
Advertisement

यसबीच नयाँ नेतृत्व चयनसहित अगाडि बढ्ने तयारी उनीहरुले गरेका छन् । यसै त यो विशेष महाधिवेशनलाई अवैधानिक, अराजनीतिक भनिरहको संस्थापन पक्षले अब नेतृत्व पनि चयन गर्ने भनिएपछि पार्टी फुटको संघारमा पुगेको विश्लेषण गरिरहेका छन् ।

हुन त विशेष महाधिवशेनका लागि हस्ताक्षर संकलन गर्नुअघि देखि नै यो प्रयासले पार्टी सग्लो नरहने दाबी गर्दै आएका शेरबहादुर देउवा पक्षका नेताहरुले अहिले दुई महामन्त्रीले पार्टी फुटाउनै लागेको बताइरहेका छन् ।

यसको संकेत अहिले विशेष महाधिवेशनमा सहभागी भएका नेताहरुले पनि दिएका छन् । हिजो सभापति देउवालाई भृकुटीमण्डपमा आएर यहाँ सहभागी भएका प्रतिनिधिहरुको कुरा सुन्न आह्वान गरेका डा. सुनिल शर्माले पनि अब पार्टी फुटको डिलमा पुगेको प्रतिक्रिया दिएका छन् ।

उनले जारी विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी एकातिर गरेका छन् भने अर्कातिर पार्टी दुई टुक्रा हुने समेत संकेत गरेका छन् । सोमबार काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ,’ शर्माले भने ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताएका छन् । यता देउवा पक्षका पार्टी प्रवत्ता प्रकाशशरण महतसहितका नेताहरुले भने अब पार्टी फुटे त्यसको जिम्मा दुई महामन्त्रीहरुकै हुने भनिरहेका छन् ।

नयाँ कार्यसमितिका लागि कार्यविधि नै पारित गरेपछि संस्थापन समूह देउवा निवासमा छलफलमा जुटेका छन् । देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् ।

आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा। मिनेन्द्र रिजाल पुगेका हुन्। देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।

भेटमा शेखरले फार्टी फुट्ने अवस्थामा पुगेको भन्दै मिलाउन आग्रह गरेका थिए । जवाफमा देउवामा आफ्नो समूहमा छलफलम गर्ने भन्दै पार्टी नफुट्ने बताएका थिए । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन छलफलमा जुटेको बताइएको छ।

देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् । यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।

खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् । ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ उनले भनेका छन्,’यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

यदि आज विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरे, त्यो गगन थापाको नेतृत्वमा नै हुने तर गगनलाई नेतृत्व स्वीकार गर्ने पक्षमा देउवा खेमाका नेताहरु तयार छैनन् । यस्तोमा विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले पनि मान्यता दिए, देउवालगायतसंग सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने विकल्पमात्रै रहने छ ।

अर्को भनेको छुटै पार्टी गठन गर्नु पर्ने अवस्था रहन सक्छ । किनभने निर्वाचन आयोगले गगनको नेतृत्वमा भएको काँग्रेसलाई मान्यता दिए यसमा देउवा टीम सामेल हुनेछैन, यस्तोमा उनीहरुले आफ्नो राजनीतिक यात्रा यही पूर्णविराम लगाउने वा नयाँ दल खोल्ने वा अन्यमा प्रवेश गर्ने भन्ने बाँकी रहन्छ, तर यो तेस्रो विकल्पमा जाने सम्भावना छैन ।

यस्तोमा अब काँग्रेस फुट्छ वा फुट्दैन त्यो विशेष महाधिवेशनले नेतृत्व चयन गर्छ वा गर्दैन भन्नेमा टिकेको छ, जसको टुङ्गो जारी बन्द सत्रले गर्ने निर्णयमा भर पर्ने नेताहरूले बताएका छन् ।

हुनत अहिलेसम्म पनि कांग्रेसलाई टुक्रिन दिनु हुँदैन भनेर संस्थापन र विशेष महाधिवेशन आयोजक दुवै पक्षबीच छलफल भइरहेको बताइन्छ । यसबीच स्वयं देउवाले कुनै पनि हालतमा पार्टी फुटाउन दिन्न भनिरहेका छन् ।

उता शेखर कोइरालाले पनि यस्तै भनिरहेका छन् । उनीहरुले छलफल पनि जारी राखेका छन् । देउवाले शेखर र रमेश लेखकलाई विश्वप्रकाश शर्मासहितसंग छलफल गरेर सहमतिमा ल्याउन भनिरहेका छन् ।

कार्यवाहक पूर्णबहादुर खड्कालाई एकताका लागि आह्वान गर्न पनि निर्देशन दिइरहेका छन् । तर यी प्रयास र छलफलहरुले मूर्त रूप लिन सकिरहेको छैन । उता गगन थापाहरुले पनि देउवा र खड्का लागि भृकुटीमण्डप आउन र विशेष महाधिवेशनलाई सम्बोधन गर्न आह्वान गरिहरेका छन् ।

तर यो पनि सम्भव देखिरहेको छैन । यस्तोमा अब काँग्रेस फुटकै दिशामा अघि बढिरहेको धेरैले आँकलन गरेका छन् । यसबीच संस्थापन पक्षका शीर्ष नेता उपस्थित नभएको यो विशेष महाधिवेशनमा नीति र नेतृत्व बदल्न आवश्यक पर्ने सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएको आयोजक पक्षले दाबी गरेको छ।

आइतवार विशेष महाधिवेशनको अन्तिममा भाषण गरेका महामन्त्री गगन थापाले बन्दसत्रले जे निर्णय गर्छ पार्टी त्यसैगरी अगाडि बढ्ने बताएका थिए ।

“कांग्रेसको विधानले महाधिवेशनभन्दा ठूलो अरू केही छैन भन्छ।  यसले चाहेमा नेता छान्छ र बदल्छ पनि। नीति छान्छ र बदल्छ पनि। महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ,“ उनले भने । “त्यो अधिकार राख्ने महाधिवेशनको भेला हो यो। सोमवार बसेर परिपक्व र पार्टीका निम्ति रूपान्तरणकारी निर्णय गर्छौँ भन्ने विश्वास छ।“ गगन यसरी अगाडी बढेपनि देउवा निकटका एनपी साउदले पार्टीभित्र घटनाक्रम सकारात्मक हिसाबले अगाडि नबढेको बताएका छन् ।

उनले महामन्त्रीद्वयलगायत नेताहरू ’पार्टीमा रहने वा नरहने उनीहरूकै हातमा भएको’ बताएका छन् । “पार्टी गम्भीर चुनौतीमा छ। अहिले धैर्य र संयम लिएर पार्टीलाई एकजुट राखेर आगामी निर्वाचन र खतरामा रहेको प्रजातन्त्रलाई जोगाउनुपर्ने बेलामा यो पार्टीभित्रकै द्वन्द्वले कांग्रेसलाई राम्रो गर्दैन,“ नेता साउदले भने ।

“जेन जी आन्दोलनका कारण पनि पार्टी तङ्ग्रिसकेको अवस्था छैन। यो चुनाव त्यसै पनि जोखिमपूर्ण छ।“ उनले आधिकारिक आयोजना बिनाको विशेष महाधिवेशनले पार्टीलाई लामो समयसम्म सत्तामा नपुग्ने गरेर आघात पु¥याउन सक्ने बताएका छन् ।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले आह्वान गरे विशेष महाधिवेशन हुनसक्ने भन्ने छ । त्यस्तै वैधानिक निर्णयका लागि ५१ प्रतिशतको आवश्यकता पर्छ। नाम दर्ता शाखाले आइतवार नै ६२ प्रतिशतभन्दा बढीले नाम दर्ता गराइसकेको र थप दर्ताका लागि प्रतिनिधिहरू लाइनमा रहेको जनाएको छ ।

यस्तोमा विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तनबारे के हुन्छ भन्ने सोमवारको बन्दसत्रले तय गर्ने नेताहरूले बताइरहँदा त्यसपछिको वैधानिकता के हुने भन्ने छलफल पनि सुरु भइसकेको छ ।

संस्थापन पक्षले अहिले विशेष महाधिवेशनलाई आधिकारिक आयोजना नभएको भनिरहँदा आयोजक पक्षले कानुनी प्रक्रिया पूरा गरेर अगाडि बढेको जनाएको छ । त्यसो भए विशेष महाधिवशेनले नेतृत्व तय गरे त्यसको वैधानिकता के हुन्छ ? भन्नेमा अहिले धेरैको प्रश्न छ ।

कानुनका जानकारहरुले यसको वैधानिकताको प्रश्न सुरुमा निर्वाचन आयोगले र त्यसपछि सर्वोच्च अदालतले स्पष्ट पार्ने बताएका छन् । नयाँ बन्ने नेतृत्वसहितको कार्यसमिति निर्वाचन आयोगमा आफ्नो दाबी लिएर जान्छ ।

यदि बहुमतले नेता चयन गर्छ र पार्टीको लाइनहरू पुनर्भाषित गर्छ भने त्यो त राजनीतिक विषय हो। त्यसो हुनाले चुनावमा त्यही अनुसार अगाडि बढ्ने एकथरीको बुझाइ छ । त्यसको अर्थ विशेष महाधिवेशनले चयन गरेको अवस्थामा नयाँ नेतृत्वचाहिँ कांग्रेसको आधिकारिक नेतृत्व बनेर चुनावमा जान्छ ?

यो प्रश्नमा कानूनविद् भन्छन्, “जान्छ । तर चुनावको मुखमा यो मुद्दा पार लागिसक्छ जस्तो लाग्दैन । त्यसैले यो विशेष महाधिवेशनले जुन नेता र नीति चयन गर्छ त्यही अनुसार कांग्रेस अगाडि बढ्ने उनीहरुको तर्क छ ।

बन्दसत्रमा हाजिर गर्नेहरूले ६२ प्रतिशत नै पु¥याउँछ भने एकथरी निर्णय त गर्लान् । त्यो निर्णयलाई चुनौती गर्ने आधार छ भने पुरानो नेतृत्वले निर्वाचन आयोगमा गएर उजुर गर्नसक्छ । तर राजनीतिक रूपमा महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएर गर्न खोजेको काम फत्ते हुने देखिएको छ ।

निर्वाचन आयोगको निर्णयमा असन्तुष्ट पक्ष अदालत पुगेपछि त्यहीँबाट अन्तिम टुंगो लाग्ने पनि देखिन्छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छ ।

चुनावको मुखमा जस्तो घटनाक्रम भयो त्यसले नयाँ दिशातर्फ कांग्रेस पार्टीलाई लग्यो भन्ने अर्थमा बुझ्नुपर्ने विश्लेषकहरुको तर्क छ । यसबीच गगन थापाले पनि जारी विशेष महाधिवेशनलाई संविधान र कानुनसम्मत भएको भनी दाबी गरेका छन् ।

उनले विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा त्यो कसरी संविधान, कानुन र विधानसम्मत हो भनी एक शीर्षकसहितको तर्क गरेका छन् । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतबाट आयोजित विशेष महाधिवेशनलाई अवैधानिक भनेर भनिरहँदा महामन्त्री थापाले विशेष महाधिवेशनको वैधताको आधार प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने भनेको र त्यसअनुसार बनेको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नेपाली कांग्रेसको विधान प्रमाणीकरण बनेर निर्वाचन आयोगमा अभिलेखीकृत भएको उनको जिकिर छ ।

२०१७ सालमा बनेको नेपाली कांग्रेसको विधान मंसिर, २०७८ मा दशौँपटक संशोधन भएर क्रियाशील रहेको भन्दै उनले प्रतिवेदनमा कांग्रेसका कामकारबाहीहरू विधानअनुसार नै चलेको जिकिर गरेका हुन् ।

विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकायको रुपमा स्वीकारेको भन्दै त्यही विधानको धारा ४६ ले पार्टीको सबै निकायमा आधा अर्थात ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितीलाई गणपुरक मानेको उल्लेख गरेका छन् ।

विधानको धारा १७(२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाइ केन्द्रमा अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने स्पष्ट र बाध्यात्मक व्यवस्था रहेको भन्दै उनले त्यस्तो अवस्थामा विशेष अधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने जिकिर गरेका हुन् ।

आधाभन्दा बढी महाधिवेशन प्रतिनिधि उपस्थित भएकाले आईतबारदेखि विशेष महाधिवेशनका नाममा भएका क्रियाकलाप र निर्णयले वैधता पाउने जिकिर प्रतिवेदनमा छ ।

आफूहरुले केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशन बोलाउन अधिकतम प्रयास गर्दा पनि असफल भएको भन्दै उनले विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भनेर उपेक्षा गर्ने अधिकार कसैलाई नभएको दाबी गरेका छन् ।

‘यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन थियो, त्यसैले विशेष महाधिवेशन स्वतः क्रियाशील भएको छ’ बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘वर्तमान नेतृत्वको संकटले विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य र बाध्यकारी बनेको हो ।’

विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूले दुईवटा एजेण्डा राखेका थिए । पहिलो, बदलिदो राजनीतिक परिस्थितमा कांग्रेसलाई सुदृढ बनाउने र जनभावना अनुरुप नीति निर्माण गर्ने । दोस्रो, नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्गठनका लागि विशेष निर्णय लिने ।’

महामन्त्री थापाले बन्दसत्रमा प्रतिवेदन पेस गर्दै भनेका छन्, ‘विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो ।’

काँग्रेसमा दुई पक्षका यी आआफ्ना तर्क अनि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको संदर्भ, त्यसो हुँदा पार्टी फुटको अवस्थामा पुग्ने संदर्भमा तपाइँका सुझाव वा टिप्पणी अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top