×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

२९ पुष २०८२

२९ पुष , काठमाण्डौ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ५१ दिन बाँकी छ। जसमा समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका छन् ।

Advertisement
Advertisement

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार विभिन्न राजनीतिक दलका जम्मा १६४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । फिर्ता लिने दलमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सबैभन्दा बढी ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

लोसपाबाट ११० जनाको बन्दसूची पेश भएकोमा ७० प्रतिशत अर्थात ७८ जना उम्मेदवारले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिनका लागि निवेदन दर्ता गराएको आयोगले जनाएको हो । जम्मा उम्मेदवारी फिर्ता लिएका जम्मा १६४ जनामा लोसपाबाट फिर्ता लिने ७८ जनाको संख्या जम्मा फिर्ता लिनेको झण्डै आधा संख्या हो ।

दोस्रो नम्बरमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट २१ जना उम्मेदवारले बन्दसूचीबाट उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् भने तेस्रोमा जनमत पार्टीबाट २० जना उम्मेदवारले नाम फिर्ताका लागि निवदेन दर्ता गराएका छन् ।

यस्तै नेकपा एमाले बाट ५ जना, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २–२ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जना, जनादेश पार्टी नेपाल बाट ६ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ४ जना, राष्ट्र निर्माण दल नेपालबाट ४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनका लागि सोमबारको समय तोकेको थियो । अब निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ता लिएका सम्बन्धित राजनीतिक दललाई जानकारी गराउनेछ ।

त्यसपछि सम्बन्धित राजनीतिक दलले फिर्ता लिएको ठाउँमा अरु उम्मेदवारीको नाम समावेश गर्न पाउनेछ । फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा सम्बन्धित राजनीतिक दलले उम्मेदवारको नाम नपठाएमा रिक्त रहनेछ । त्यसपछि निर्वाचन आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ ।

बन्द सूचीबाट नाम फिर्ता लिने दलहरुमा :

लोकतान्त्रिक समाजवादी पार्टी – ७८

जनता समाजवादी पार्टी नेपाल – २१

जनमत पार्टी – २०

राष्ट्रिय प्रजातन्त्र पार्टी – १२

जनादेश पार्टी नेपाल – ६

नेकपा (एमाले) – ५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ४

राष्ट्र निर्माण दल नेपाल – ४

उन्नत लोकतान्त्रिक पार्टी – २

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – २

नेपाली कांग्रेस – २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २

गतिशील लोकतान्त्रिक पार्टी – १

नागरिक उन्मुक्ति पार्टी – १

नेपाल जनता पार्टी – १

प्रगतिशील लोकतान्त्रिक पार्टी – १

संघीय लोकतान्त्रिक पार्टी – १

संयुक्त नागरिक पार्टी – १

आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदै छ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिम सूची सार्वजनिक हुँदा केही संख्या थप हुनसक्ने आयोगले प्रस्ट पारेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही १३ र १४ पुसमा बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।

Advertisement

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top