×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

२९ पुष २०८२

२९ पुष , काठमाण्डौ ।

इरानमा आक्रमणको संकेत गर्दै अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ ।

इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्किन आग्रह गरेको हो ।

एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई सम्पर्कका वैकल्पिक उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सचेत रहनुहोस् ।’

“इरानमा विरोध प्रदर्शन बढ्दै गएको छ । यसले हिंसात्मक रूप लिन सक्छ, जसका कारण गिरफ्तारी र चोटपटक लाग्न सक्छ । सुरक्षा व्यवस्था कडा पारिएको छ,” एडभाइजरीमा भनिएको छ, “सडकहरू बन्द छन्, सार्वजनिक यातायात अवरुद्ध छ र इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ ।”

दूतावासले एयरलाइन्सहरूले इरान आउने–जाने उडानहरू सीमित वा रद्द गरिरहेको जानकारी दिँदै अमेरिकी नागरिकलाई इन्टरनेट अवरोधका लागि तयार रहन र सञ्चारका वैकल्पिक माध्यमहरूको योजना बनाउन आग्रह गरेको छ ।

इरानमा अमेरिकाको कुनै कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । यहाँ अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत जानकारी उपलब्ध गराउँदै आएको छ ।

इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसबीचमा इरान सरकारको समर्थनमा पनि ¥यालीहरू निकालिएको । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् ।

ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ ।” ट्रम्पको यो निर्णयले इरानमाथि दबाब बढ्ने आशंका गरिएको छ ।

इरानमा १५ दिनदेखि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । ट्रम्पले आफ्नो पोस्टमा उक्त शुल्क तत्काल लागु हुने स्पष्ट पारेका छन् । यसअघि, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि इरानलाई अप्रत्यक्ष रूपमा चेतावनी जारी गरेकी थिइन् ।

ह्वाइट हाउसले के दियो चेतावनी ?

अमेरिका र इरानबीच बढ्दो तनावबीच क्यारोलिन लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले सधैँ सबै विकल्पहरू खुला राख्नुहुन्छ । कूटनीति उहाँको पहिलो रोजाइ हो, तर आवश्यकता परेमा हवाई सैन्य हमला पनि विकल्पहरूमा सामेल छन् ।”

लेभिटले राष्ट्रपति ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइन् । लेभिटका अनुसार इरानी शासकले सार्वजनिक मञ्चहरूमा दिइरहेको बयान र भित्री च्यानलहरूबाट अमेरिकी प्रशासनलाई प्राप्त भइरहेका निजी सन्देशहरू फरक छन् ।

ट्रम्प यी निजी सन्देशहरूलाई गम्भीरताका साथ जाँच्न चाहन्छन् र वार्ताको वास्तविक गुञ्जायस छ वा छैन हेर्न चाहन्छन् । इरानले वार्ताको बाटो खुला रहेको बताए पनि सार्वजनिक रूपमा भने इजरायल र अमेरिकाले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै कडा बयान दिइरहेको छ ।

ह्वाइट हाउसकी प्रवक्ताले भनिन्, “ट्रम्प सधैँ पहिले वार्ता र कूटनीतिक बाटोलाई प्राथमिकता दिनुहुन्छ । कुनै पनि टकराव अघि सबै शान्तिपूर्ण विकल्पहरू अपनाइनुपर्छ भन्ने उहाँको विश्वास छ ।” तर, उनले यदि अमेरिकाको सुरक्षा वा हितमा खतरा उत्पन्न भएमा राष्ट्रपति कठोर निर्णय लिन पछि नहट्ने स्पष्ट पारिन् ।

यता इरानी विदेशमन्त्री अब्बास अरागचीले देशभर भइरहेका प्रदर्शनलाई ‘हिंसात्मक र रक्तपातपूर्ण’ बनाइएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गर्ने वातावरण बनाउन प्रदर्शनलाई हिंसात्मक बनाइएको उनको आरोप छ ।

ट्रम्पको बारम्बारको चेतावनीका बीच विदेशमन्त्री अरागचीले सोमबार आफ्नो देश युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका हुन् । एक दिनअघि मात्र ट्रम्पले इरानी नेतृत्वले वार्ताको इच्छा देखाएको दाबी गरेका थिए ।

तेहरानमा विदेशी राजदूतहरूको सम्मेलनलाई सम्बोधन गर्दै अरागचीले भने, “इस्लामिक रिपब्लिक अफ इरान युद्ध चाहँदैन, तर, युद्धका लागि पूर्ण रूपमा तयार छ ।” उनले इरान वार्ताका लागि पनि राजी रहेको तर वार्ता निष्पक्ष, समान अधिकार र आपसी सम्मानका साथ हुनुपर्ने सर्त राखेका छन् ।

तेहरान र वासिङ्टनबीच सीधा कूटनीतिक सम्बन्ध नभएकाले सन्देश आदानप्रदानका लागि मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र अरागचीबीच एउटा सञ्चारमाध्यम खुला रहेको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले जानकारी दिए ।

समाचार संस्था एपीका अनुसार पछिल्लो दुई हप्तामा भएका प्रदर्शनका क्रममा कम्तीमा ५४४ जनाको मृत्यु भइसकेको छ । अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’का अनुसार मृतकहरूमा ४९६ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी रहेका छन् ।

हालसम्म १० हजार ६०० जनालाई हिरासतमा लिइएको छ । देशका सबै ३१ प्रान्तमा विरोध प्रदर्शनहरू भएका छन् । इरानमा इन्टरनेट र फोन लाइनहरू बन्द गरिएकाले स्वतन्त्र रूपमा मृतकको संख्या पुष्टि गर्न कठिन भइरहेको छ ।

सरकारले पनि हालसम्म कुनै आधिकारिक संख्या सार्वजनिक गरेको छैन । मृतकको संख्या बढ्दै गए पनि विदेशमन्त्री अरागचीले परिस्थिति पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन् । सरकारले आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन अपिल गरेको छ ।

देशभर सरकारी समर्थनमा ¥यालीहरू निकाल्ने योजना बनाइरहेको छ । विश्लेषकहरूका अनुसार सर्वोच्च नेताको सत्तामाथि आइलागेको चुनौतीबीच सरकारले शक्ति प्रदर्शनमार्फत आफ्नो वैधानिकता सिद्ध गर्ने प्रयास गरिरहेको छ ।

तर यसबीच तेहरानमा त्रासको वातावरण छाएको छ । राजधानी तेहरानका सडकहरू साँझको नमाजपछि सुनसान हुने गरेका छन् । मानिस सुरक्षाकर्मीको कारबाहीको चपेटामा पर्ने डरले त्रसित छन् । प्रहरीले जनतालाई सन्देश पठाउँदै आफ्ना बालबालिकाको ध्यान राख्न चेतावनी दिएको छ ।

प्यारामिलिट्री रिभोलुसनरी गार्डको गुप्तचर शाखाले पनि अभिभावकहरूलाई सन्देश पठाउँदै लेखेको छ, “प्रिय अभिभावकहरू, सडकमा उपस्थित हुनबाट जोगिनुहोस् र हिंसात्मक भीडमा सामेल नहुनुहोस् । आफ्ना छोराछोरीलाई आतंकवादी भाडाका सैनिकहरूसँगको सहकार्य देशद्रोह हो र यसको परिणाम भयावह हुनसक्छ भन्ने सिकाउनुहोस् ।”

उता अमेरिकाले प्रदर्शनकारीहरुमाथि दमन बढ्दै गए इरानमा आक्रमण गर्ने चेतावनी दिइनै रहेका छन् । अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठाएको छ । कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पु¥याएको थियो ।

ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ ।

इरानले इजराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ । केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन् । दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ ।

ट्रम्पले तीमध्ये तेस्रो विकल्प अहिले कार्यान्वयनमा ल्याएका हुन् । ’यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,’ ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन् । अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ ।

इरानभित्रै अमेरिका र इजराइलको विरोधमा सोमबार शान्तिपूर्ण ¥याली आह्वान भएको छ । इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो । प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ । यसले सूचनाको प्रवाह कठिन बनेको छ।

ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन् ।

यता अमेरिकाले छिट्टै इरानमाथि हमला गर्न सक्ने अड्कलबाजी सुरु भएको छ । ट्रम्पलाई हालै इरानमाथि सैन्य आक्रमणका विकल्पहरू, जसमा तेहरानका गैर–सैन्य स्थलहरूमा हमला गर्ने विषय समावेश छन्, त्यसबारे ब्रिफिङ दिइएको छ ।

ट्रम्पको इरानप्रतिको कडा चेतावनीले सैन्य कारबाहीको सम्भावना बढाएको छ । तर, इरानमा सैन्य कारबाही गर्नु भेनेजुएला जस्तो सजिलो नहुने विज्ञहरू बताउँछन् । अमेरिकी अधिकारीहरूका अनुसार, प्रदर्शन दबाउन हिंसा प्रयोग गर्ने इरानी सेनालाई निसाना बनाउन सकिन्छ, तर यसले अमेरिकी सैनिकहरूलाई पनि उत्तिकै खतरा हुनेछ ।

अमेरिकाले हमला गरेमा अमेरिकी सैन्य अखडा, जहाज र इजरायलमाथि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ । विज्ञहरूका अनुसार, इरानले कतारमा रहेको अमेरिकी ‘अल उदेद बेस’ र इजरायलमाथि मिसाइल वा इरानसँग ब्यालिस्टिक मिसाइल र हिजबुल्लाह तथा हूती जस्ता प्रोक्सी समूहहरू छन्, जसले क्षेत्रमा अस्थिरता पैदा गर्न सक्छन् ।

मध्यपूर्वमा अमेरिकाका १९ वटा सैन्य अखडाहरू छन्, जो इरानको निसानामा पर्न सक्छन् । विश्वको २० प्रतिशत तेल ढुवानी हुने ‘स्ट्रेट अफ हर्मुज’ इरानले बन्द गरिदिन सक्छ । यसले विश्वभर तेलको मूल्य बढाउनेछ, जसले अमेरिका, इजरायल र भारत लगायतका देशको अर्थतन्त्रमा ठूलो असर पार्नेछ ।

यो युद्धले लाखौँ मानिसको ज्यान जान सक्ने र दोस्रो विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट निम्तिन सक्ने खतरा छ । अमेरिकालाई ट्रिलियन डलरको आर्थिक हानि र दीर्घकालीन अस्थिरताको सामना गर्नुपर्ने हुन सक्छ ।

अमेरिका र इरानबीच कहिल्यै खुला युद्ध नभए पनि केही प्रमुख सैन्य र गुप्त कारबाहीहरू भएका छन् । सन् १९५३ मा सीआईएद्वारा समर्थित ‘कू’ भएको थियो जसले प्रधानमन्त्री मोहम्मद मोसादेकलाई सत्ताच्युत गरेको थियो ।

त्यस्तै, सन् १९८०–८८ मा इरान–इराक युद्धमा अमेरिकाले इराकलाई समर्थन ग¥यो र सन् १९८८ मा भूलवश इरानी यात्रुबाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो ।

यसैगरी सन् २०२० मा अमेरिकी ड्रोन हमलामा इरानी जनरल कासिम सुलेमानी मारिएका थिए । सन् २०२५ मा इजरायलसँगको युद्धको हिस्साका रूपमा इरानको परमाणु केन्द्रहरूमा अपरेसन मिडनाइट ह्यामर आक्रमण गरेको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top