×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

२९ पुष २०८२

२९ पुष , काठमाण्डौ ।

आगामी प्रतिनिधिसभाको निर्वाचनपछि देशको प्रधानमन्त्री बन्ने महत्वकाँक्षी लक्ष्यसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह चुनावी मैदानमा उत्रिदैछन् । महानगरको मेयरमा यथावत रहेकै कारण रास्वपासँगको एकतापछि पनि पार्टी प्रवेश गरेका छैनन् ।

Advertisement
Advertisement

धरानका मेयर हर्क साम्पाङ उपमहानगरको कामलाई लथालिङ छाडेर मेयरकै रुपमा चुनावी सभाहरुमा दौडिरहेका बेला मेयर बालेन भने मेयरबाट राजीनामा दिएर मात्रै राजनीतिक गतिविधिमा सक्रिय हुने तयारीमा रहेका छन् ।

यसका लागि उनले राजीनामासहित पार्टी प्रवेश र उम्मेदवारी दर्तासम्मको तालिका तय गरेका छन् । बालेनले आफूसँग छलफलमा आएका नेताहरुलाई माघ ४ मा राजीनामा दिएर सोही दिन रनस्वपाको पार्टी कार्यालयमा प्रवेश गर्ने, ५ गते रास्वपा नेतृत्वसहित जनकपुरमा चुनावी सभामा सहभागी हुने र ६ गते झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिने तयारीमा रहेको बताउने गरेका छन् ।

बालेनको झापा–५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। बालेन एमाले त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीका लागि गढ नै बनेको झापा ५ मा उम्मेदवारीका लागि आउने भएपछि एमाले जिल्लादेखि केन्द्र तहसम्म भने कम्पन्न उत्पन्न भएको छ ।

बालेनको उम्मेदवारीको खबरबाट आत्तिएको एमाले जिल्ला नेतृत्वले रास्वपाले बालेनको राजनीतिक भविष्य अन्त्य गर्नका लागि भाmापामा पठाएको टिप्पणी गरेको छ। नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनाव लड्न बालेन शाह आए केपी शर्मा ओली अझ धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गरेका हुन् । एमाले पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ ।

मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा– ५ मा बालेन आएपनि एमालेलाई केही फरक नपर्ने पनि बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन । हामीले जनताको काम गरेका छौँ’, जनताको काम गर्नेलाई मतदाताले मत दिन्छन् ।

गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको भन्दै आइहाले पनि फरक नपर्ने बताएका हुन् । अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृश्य शक्तिले जबरजस्त मिलाएको दाबी पनि गरेका छन् ।

‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्विकार्न सक्दैन । रास्वपाले बालेनको राजनीति झापाबाटै सिद्ध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्’, अध्यक्ष गिरीको भनाइ छ ।

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

त्यस बेला एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको थियो । झापा ५ मा राप्रपाको बलियो प्रभाव रहेको छ । यही निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकाको मेयर पदमा राप्रपाले जित हासिल गरेको छ ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए ।

ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए । ओली ०६४ को संविधानसभा निर्वाचनमा भने झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । राज्य पुनर्संरचनापछि साबिकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ ।

झापा ५ बाट २०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । बालेन पहिलो त झापा नआउने र आइहाले पनि पराजित गर्ने एमालेले विवेचना गरिरहदा बालेन स्वयमले भने झापा–५ बाट उम्मेदवार बन्ने बताउदै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी झापाका नेताहरूलाई काठमाडौँमा बोलाएर मेयर शाहले झापाबाट आफू उम्मेदवार हुने बारेमा स्पष्ट धारणा राखेका हुन्। रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार, बालेनले आफू झापा–५ बाट उम्मेदवार बन्ने भएकोले त्यहाँको अवस्थाको बारेमा विस्तृत विवरण लिएका थिए।

झापाबाट उम्मेदवार बन्दा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने र त्यहाँको सांगठनिक अवस्था, चुनावी रणनीति र विपक्षीको मनोबल कमजोर बनाउने विषयमा केन्द्रित भएर छलफल भएको रास्वपा झापाले जनाएको छ।

आइतबार काठमाडौँमा झापाबाट पुगेका नेताहरू र बालेनबीच करिब डेढ घण्टा लामो छलफल भएको थियो। झापाबाट बोलाइएका पदाधिकारीहरू पार्टी कार्यालय समेत नगई सिधै बालेनसँगको छलफलमा जुटेका थिए।

आफ्नो सचिवालयको रिपोर्टिङ र रास्वपा झापाका पदाधिकारीहरूको बीचमा भएको छलफल पछि बालेनले झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्।

बालेनले माघ ६ गते झापामा ¥यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निष्कर्षसहित आइतबारको बैठक सकिएको थियो। त्यसअघि माघ ४ गते काठमाडौँको मेयरबाट राजीनामा दिएर बालेन रास्वपाको पार्टी कार्यालय जाने भएका छन्।

त्यसपछि भोलिपल्ट माघ ५ गते जनकपुरमा पहिलोपटक रवि र बालेन संयुक्त रुपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जनकपुर धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पर्छ।

यो क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका थिए। रास्वपाको प्राइमरी निर्वाचनमा पनि उनी उम्मेदवार सिफारिस भएका छन्। बालेन शाहले झापाबाट चुनाव लड्ने निश्चित भएपछि निर्वाचन क्षेत्रमा कार्यालयका लागि घर खोज्न थालिएको छ।

रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले अहिले दमकमा निर्वाचन गतिविधि गर्नका लागि घरहरू खोज्ने काम भइरहेको बताएका छन् । बालेन झापालाई केन्द्र बनाएर देशका अधिकांश चुनावी क्षेत्रमा चुनावी प्रचारका लागि जाने तयारीमा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top