×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

नेपाल र इरानबीचको व्यापार कति छ ? इरानले लैजान्छ बुलडोजर

२९ पुष २०८२

२९ पुष , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इरानले देशब्यापी रुपमा भइरहेको प्रर्दशनमाथि चरम दमन गरेको भन्दै उसलाई आर्थिक रुपमा नाकाबन्दीको अवस्था निम्त्याउनका लागि इरानसँग व्यापारिक सम्बन्ध भएका देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

Advertisement
Advertisement

सामाजिक सञ्जालमार्फत उनले यो निर्णय तत्कालै लागू हुने जानकारी दिएका छन् । इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहँदा ट्रम्पको यो कदमले तेहरानमाथि थप दबाब बढ्ने देखिएको छ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मा इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गर्ने व्यापारमा २५ प्रतिशत कर तिर्नुपर्ने चेतावनी दिएका छन्। उनले यो आदेश अन्तिम र निर्णायक भएको समेत उल्लेख गरे।

यद्यपि, ‘इरानसँग व्यापार’ भन्नाले कस्तो प्रकारको व्यवसायलाई बुझाउँछ भन्नेबारे ह्वाइट हाउसले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। हाल चीन इरानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने इराक, संयुक्त अरब इमिरेट्स, टर्कीए र भारत पनि प्रमुख साझेदारका रूपमा रहेका छन्।

नेपालको समेत इरानसँग व्यापारिक साझेदारी रहदै आएको छ । यस्तो अवस्थामा इरानसँग अब नेपालले ब्यापारिक सम्बन्ध कायम राखे अमेरिकी निर्यातमा थप २५ प्रतिशत भन्सार शुल्क दिनु पर्ने हुन् सक्छ ।

नेपाल र इरानबीचको व्यापार परिमाण तुलनात्मक रूपमा सानो भए पनि अमेरिकी निर्णयले नेपालमा पनि असर पार्न सक्ने सम्भावना छ। गत वर्ष नेपालले इरानसँग तरबुजाका बीउ, कृत्रिम शरीरका जोर्नी, प्रशोधित सुनजस्ता वस्तुको आयात–निर्यात गरेको थियो।

साथै नेपालले इरानतर्फ उडनशील तेल र स्वचालित बुलडोजरसमेत निर्यात गरेको थियो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले इरानतर्फ ८५ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो भने ६ करोड ७० लाख रुपैयाँ बराबरको आयात गरेको थियो।

व्यापार सीमित भए पनि २५ प्रतिशत भन्सार शुल्कको निर्णयले नेपालका निर्यातहरू पनि जोखिममा पर्न सक्ने देखिन्छ, किनकि इरानसँगको व्यापारिक सम्बन्धका कारण नेपालबाट अमेरिकातर्फ जाने वस्तुमा अतिरिक्त शुल्क लाग्न सक्ने अवस्था बन्न सक्छ।

नेपालका प्रमुख अमेरिकी निर्यात वस्तुमा हस्तकला, शाल तथा यात्रा सामग्री पर्दछन्। अमेरिकोसँग व्यापार घाटा रहे पनि नेपाल व्यापार प्राथमिकता कार्यक्रम जस्ता सहुलियतपूर्ण व्यवस्थाले केही राहत दिँदै आएको छ।

तर यदि इरानसँगको व्यापारका कारण नेपालका वस्तुमा पनि २५ प्रतिशत शुल्क लागू भयो भने यसले अमेरिकातर्फको नेपाली निर्यातमा गम्भीर नकारात्मक असर पार्न सक्छ। इरानसँग नेपालको व्यापार सीमित भए तापनि इरानसँग व्यापार गर्ने देशहरूमाथि अमेरिकाले लगाउने २५ प्रतिशत भन्सार शुल्कले अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रमा पनि असर पार्न सक्ने देखिन्छ।

अब अमेरिकाले यो नीति कसरी कार्यान्वयन गर्छ, यो भन्सार अतिरिक्त शुल्क कुन कन देशमाा लागू हुने छ र यसको विश्वव्यापी व्यापारमा कस्तो असर पर्छ भन्ने कुराले नेपालको अवस्था पनि निर्धारण गर्नेछ।

इरानमा प्रदर्शनकारीको हत्या गरिए सैन्य हस्तक्षेप गर्ने ट्रम्पको चेतावनीपछि यो आर्थिक प्रतिबन्ध आएको हो। यसअघि नै ट्रम्पले आन्दोलनका क्रममा थप मानवीय क्षति भएमा सैन्य हस्तक्षेप हुन सक्ने चेतावनी दिएका थिए।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले हवाई आक्रमणसहितका सैन्य विकल्पहरू “विचाराधीन” रहेको पुष्टि गरेकी छन्। ट्रम्पको घोषणाअनुसार इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँगको सम्पूर्ण व्यापारमा २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ।

तर कुन–कुन आयातमा यो बढी असर पर्नेछ भन्नेबारे ह्वाइट हाउसले अझै स्पष्ट गरेको छैन। यो निर्णयले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शासनविरुद्ध व्यापक आन्दोलनका कारण गम्भीर वैधता संकटमा परिरहेको इरानी सरकारमाथि थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

इरानमा गत डिसेम्बरको अन्त्यतिर इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन अहिले हिंसात्मक बन्दै गएको छ। अमेरिकास्थित मानवअधिकार संस्थाहरूका अनुसार करिब ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।

बीबीसीसँग कुरा गरेका स्रोतहरूका अनुसार वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने आशंका छ। हजारौं मानिस पक्राउ परेका छन्। तर बिहीबार साँझदेखि सरकारले इन्टरनेट बन्द गरेकाले इरानभित्रको अवस्था पुष्टि गर्न कठिन भएको छ।

बीबीसीसहित अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इरानबाट प्रत्यक्ष रिपोर्टिङ गर्न सकेका छैनन्। इरानी रियालको अवमूल्यन र ४० प्रतिशतभन्दा माथिको मुद्रास्फीतिका कारण खाना पकाउने तेल, मासुजस्ता अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ।

यसले जनआक्रोश थप बढाएको छ र आन्दोलनले इरानका शासकहरूको वैधतामाथि नै प्रश्न उठाइरहेको छ। यस्तो अवस्थामा अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णयले इरानी शासनमाथि बाह्य दबाब अझ बढाउने देखिन्छ।

ट्रम्पले इरानको अवस्थालाई लिएर सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिएका छन्। यद्यपि इरानी अधिकारीहरूले संवादका लागि तयार रहेको संकेत दिएका छन्, ट्रम्पले भने कुनै बैठक हुनुअघि नै कदम चाल्नुपर्ने हुन सक्छ भन्ने अभिव्यक्ति दिएका छन्।

यस्तै इरानस्थित अमेरिकी भर्चुअल दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै इरान छाड्न आग्रह गरेको छ। भर्चुअल दूतावासले भनेको छ, ‘इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको छ र यो हिंसात्मक हुन सक्छ। जसका कारण गिरफ्तारी र घाइते हुन सक्छ। कडा सुरक्षा उपाय, सडक बन्द, सार्वजनिक यातायात अवरोध र इन्टरनेट अवरुद्ध भइरहेको छ।’

‘इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र इन्टरनेट नेटवर्कमा प्रतिबन्ध लगाएको छ। एयरलाइन्सहरूले इरान जाने–आउने उडान सीमित वा रद्द गरिरहेका छन्।धेरै एयरलाइन्सले शुक्रबार जनवरी १६ सम्म सेवा स्थगन गरेका छन्।’

अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सञ्चारको वैकल्पिक माध्यम खोज्न सुझाव दिएको छ। साथै सुरक्षित छ भने अमेरिकी नागरिकलाई आर्मिनिया वा टर्कीए हुँदै स्थल मार्गबाट इरान छाड्न पनि सल्लाह दिइएको छ।

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई सूचनामा भनिएको छ, ‘यदि तपाईं इरान छाड्न सक्नुहुन्न भने सुरक्षित ठाउँ खोज्नुहोस्। खाना, पानी, औषधि र अन्य आवश्यक वस्तु जोहो गर्नुहोस्। प्रदर्शनबाट बच्नुहोस् र आफ्ना वरपर सचेत रहनुहोस्।’

अमेरिकले यो सुरक्षा चेतावनी जारी गरेपछि त्याहा सैन्य आक्रमणको संभावना बढेको समेत अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । इरानमा डेढ दर्जन नेपालीहरु रहेको भएपनि गएको जुनमा इरान र इजरेलको युद्धको अवस्थामा ७ जना नेपाली भारतीय दूताबासको सहयोगमा स्वदेश फर्किएका थिए ।

Advertisement

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top