मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

२९ पुस ८२, बुधबार

३० पुष , काठमाण्डौ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले ५ % प्रतिशत लाभांश सहितको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

Advertisement

सभाले चालु आर्थिक वर्ष २०८२ / ८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

त्यस्तै साधारण सभाले सञ्चालक समितिमा ४ जना निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement

संस्थापक समूहतर्फ ग्लोबल आइएमई बैंकबाट कल्याण बिक्रम पाँडे प्राइम कमर्सियल बैंकबाट नेपाल भुषण श्रेष्ठ, सिटिजन्स बैंक इन्टरनेशनलबाट सुमन मुलेपती र सर्वसाधारण समुहतर्फ सुनिता पौडेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।

संस्थाको संचालक समितिका अध्यक्ष कल्याण बिक्रम पाँडेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष पाँडेले चुनौतीपूर्ण आर्थिक परिवेशलाई अवसरमा रूपान्तरण गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राही केन्द्रित कार्यदिशाका साथ संस्था स्थिरता मात्र नभई दिगो र विश्वासिलो वृद्धितर्फ दृढतापूर्वक अघि बढिरहेको बताएका छन् ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाले सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताएका छन् ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top