×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

३० पुष , काठमाण्डौ।

इरान अहिले आफ्नो इतिहासको सबैभन्दा गंभीर संकटको सामना गरिरहेको छ । २८ डिसेम्बरदेखि शुरू भएको विरोध प्रदर्शन अब खाली महंगी र खस्किएको अर्थव्यवस्थासम्म मात्रै सीमित रहेन, बरु प्रदर्शनकारीहरुले राजनीतिक र मानवाधिकारका मुद्दाहरुलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।

सडकमा उत्रिएर उनीहरुले सरकारको व्यापक विरोध गरेका छन् । तर दबाब बढ्दै गएपछि नारा लगाइरहेका जनतामाथि सरकारले कारबाही गर्न थालेको छ । सयौंको ज्यान लिइसकेको छ । कतिपय रिपोर्टहरुले त गोली लागेर ज्यान गएकोहरुको संख्या ६ हजार पुगिसकेको पनि जनाएका छन् ।

तर यो पुष्टि हुन बाँकी छ । त्यहाँ सडकदेखि अस्पतालसम्मै शवैशव देखिएको छ । सयौं घाइते भएका छन्, कयौंलाई गिरफ्तार गरिएको छ । यसबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो संदेशले स्थिति थप खराब बन्न लागेको संकेत गरेको छ ।

ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई सहयोग गर्ने बताएका छन् । उनले प्रदर्शनकारीहरूलाई मद्दत आउँदै छ भनेका छन् । इरानी अधिकारीहरूसँगको भेटवार्ता रद्द गरेका उनले प्रदर्शनकारीलाई सहयोग गर्ने आश्वासन दिएका हुन् ।

“इरानी देशभक्तहरू, प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू कब्जा गर्नुहोस्, मद्दत आउँदैछ,” ट्रम्पले ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् । ट्रम्पले इरानी अधिकारीहरूले यो हप्ता सरकारविरोधी प्रदर्शनकारीलाई फाँसी दिन थालेमा धेरै कडा कारबाही गर्ने धम्की दिएका छन् ।

“यदि, उनीहरूले यस्तो काम गरे, हामी धेरै कडा कारबाही गर्नेछौँ,” ट्रम्पले सीएनएन न्युजसँगको अन्तर्वार्तामा भनेका छन् । यसैबीच, इरानी एक अधिकारीले समाचार संस्था रोयटर्सलाई अहिलेसम्म कम्तीमा दुई हजारको मृत्यु भएको र मृतकमध्ये प्रदर्शनकारी तथा सुरक्षाकर्मी पनि समावेश रहेको बताएका छन् ।

अमेरिकामा रहेको मानवअधिकार कार्यकर्ता समाचार संस्थाले मंगलबार डिसेम्बर २८ देखि सुरु भएका प्रदर्शनहरूमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको र यसमा सरकारसँग सम्बन्धित १३५ जना पनि समावेश रहेको बताएको छ ।

यसबीच रुसले इरानको आन्तरिक राजनीतिमा विध्वंसक बाह्य हस्तक्षेपप्रति आपत्ति जनाएको छ । इरानविरुद्ध नयाँ सैन्य प्रहारको अमेरिकी धम्कीलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताएको छ ।

“जसले २०२५ जुनमा इरानविरुद्ध गरिएको आक्रमण दोहो¥याने बहानाको रूपमा प्रयोग गर्ने योजना बनाएका छन्, तिनीहरूले मध्यपूर्व र विश्वव्यापी अन्तर्राष्ट्रिय सुरक्षाको अवस्थामाथि यस्तो कारबाहीका विनाशकारी परिणामहरूबारे सचेत हुनुपर्छ,” रुसी विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

विश्लेषकहरूका अनुसार हालका वर्षहरूमा रुस इरानको नजिकको सहयोगी बनेको छ । आवश्यक परेको समयमा इरानी शासनलाई समर्थन गर्दै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमा भन्सार शुल्क लगाउने धम्की दिएका छन्, जसमा २०२४ सम्म इरानका शीर्ष १० व्यापारिक साझेदारमध्ये रुस पनि पर्छ ।

यसैबीच, प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरिएको विरोधमा जर्मनीले इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ । जर्मनीको विदेश मन्त्रालयले एक्समा पोस्ट गर्दै इरानी अधिकारीहरूको विरोधप्रतिको कडा प्रहरी कारबाही दमनकारी भएको बताएको छ ।

यसको विरोध गर्न बर्लिनस्थित इरानी राजदूतलाई बोलाइएको जनाएको छ । प्रदर्शनहरूमाथि हिंसात्मक दमनको विरोधमा इटालीले पनि इरानी राजदूतलाई बोलाएको छ ।

इटालीका विदेशमन्त्रीले इरानी अधिकारीहरूले देशभरिका प्रदर्शनहरू दबाउन गरेको दमन पूर्ण रूपमा अस्वीकार्य भएको भन्दै विरोधमा इरानी राजदूतलाई बोलाइएको बताएका छन् ।

यसैबीच, युरोपेली संसद्की सदस्य हाना न्युम्यानले डीडब्ल्यूसँगको कुराकानीमा युरोपेली नेताहरू सरकारविरोधी प्रदर्शनकारीहरूसँग सहमत रहेको देखाउने प्रयास गरिरहेका बताएकी छन् ।

उनले युरोपेली युनियनले अझ धेरै गर्नुपर्ने उल्लेख गर्दै इरानी राजदूतहरूलाई स्पष्टीकरणका लागि मात्र बोलाउनुभन्दा बढी कडा प्रतिक्रिया देखाउनुपर्ने बताइन् । यसैबीच, ट्रम्पका दूतले निर्वासित इरानी राजकुमारसँग गोप्य रूपमा भेट गरेको खुलेको छ ।

एक्सिओसका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सप्ताहन्तमा इरानका निर्वासित पूर्वराजकुमार रेजा पहलवीसँग गोप्य भेट गरेको रिपोर्ट छ । १९७९ को इस्लामी क्रान्तिमा पदच्यूत भएका इरानी शाहका पुत्र रेजा पहलवीले अमेरिकामा निर्वासनमा रहँदै प्रदर्शनहरूलाई प्रोत्साहित गर्दै आएका छन् ।

आफ्ना पिता शाह मोहम्मद रेजा पहलवीको शासनकालमा इरान मध्यपूर्वमा अमेरिकाका शक्तिशाली सहयोगीहरूमध्ये एक थियो । यता, संयुक्त राष्ट्रसंघमा इरानी राजदूतले भने ट्रम्पले इरानी सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूबारे गरेको टिप्पणीको आलोचना गरेका छन् ।

बाह्य हस्तक्षेपको कुनै पनि प्रयासविरुद्ध इरानले आफूलाई बचाउने बताएका छन् । “इरानप्रति अमेरिकी योजना र नीतिहरू शासन परिवर्तनमा आधारित छन्, जहाँ प्रतिबन्ध, धम्की, योजनाबद्ध अशान्ति र अव्यवस्थाले सैन्य हस्तक्षेपको बहाना बनाउने मोडस अपरेन्डीका रूपमा काम गर्छ,” इरानी यूएन मिसनले सामाजिक सञ्जालमा लेखेको छ, “यो प्लेबुक पहिले नै असफल भएको छ । इरानी जनताले आफ्नो देश बचाउनेछन् र यो फेरि असफल हुनेछ ।”

यस पोस्टमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र सुरक्षा परिषद्का अध्यक्ष अबुकर उस्मानलाई सम्बोधन गरिएको आधिकारिक गुनासोपत्र संलग्न गरिएको छ ।

पत्रमा इरानी राजदूतले ट्रम्पद्वारा थप प्रदर्शनको प्रोत्साहन र प्रदर्शनकारीलाई ‘मद्दत आउँदै छ’ भन्ने वाचालाई गैरजिम्मेवारपूर्ण भनाइ भएको बताएका छन् । यसले स्पष्ट रूपमा राजनीतिक अस्थिरतालाई प्रोत्साहन दिने र हिंसालाई उक्साउने बताएका छन् ।

इरानी इस्लामी गणतन्त्रको सम्प्रभूता, क्षेत्रीय अखण्डता र राष्ट्रिय सुरक्षालाई धम्की दिने उनले बताएका छन् । यता पश्चिमी सञ्चारमाध्यमहरू इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनिईको भविष्यलाई लिएर अनुमान र विश्लेषणमा व्यस्त छन् ।

खामेनिई भूमिगत भएको चर्चा छ र इरान व्यापक प्रदर्शनको आगोमा जलिरहेको बताइन्छ । डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानको यस अवस्थाबाट आशावादी देखिएका छन् । उनीहरूले आगोमा घिउ थपिरहेका छन् ।

तर, के रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले यो सपना साकार हुन देलान् भन्ने प्रश्न उब्जिएको छ । सामरिक तथा कूटनीतिक जानकारहरू यस घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् ।

भारतका पूर्व वायुसेना अधिकारी एयर भाइस मार्शल एनबी सिंहका अनुसार इरान ठूलो संकटमा भए पनि शक्ति सन्तुलनको दृष्टिकोणले सत्ता परिवर्तन हुनु उचित हुँदैन। विदेश मामिला विज्ञ रणजित कुमार भन्छन– खामेनिईको सत्ता ढल्नुको अर्थ विश्वमा अमेरिकी वर्चस्व पुनः स्थापित हुनु हो ।

तर, उनका अनुसार, इरानमा सत्तापलट भए पनि विश्वमा स्थिरता आउने स्पष्ट संकेत देखिँदैन । पछिल्ला केही वर्षदेखि विश्वको भूराजनीतिक अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको बताएका छन् । साउदी अरब, टर्की र पाकिस्तानबीचको बढ्दो समन्वय र सहमतिले नयाँ संकेत दिएको छ ।

खाडी क्षेत्रमा इजरायलप्रतिको डर बढ्दै जाँदा अमेरिकामाथिको भरोसा पनि शंकाको घेरामा पर्दै गएको छ । कतार, यमन र यूएईका पछिल्ला घटनाक्रमहरूले इस्लामिक मिलिसियाहरू सुरक्षाका लागि नयाँ विकल्पहरू खोजिरहेका छन् भन्ने देखाउँछन् ।

यसैबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेर लैजानु एक ठूलो सन्देश थियो । यस घटनाले चीनका रणनीतिकारहरूलाई सबैभन्दा बढी अचम्ममा पारेको बताइन्छ । भेनेजुएलामा यति धेरै घटनाक्रम हुँदा पनि चीनको प्रविधि र इन्जिनियरिङ किन मूकदर्शक बन्यो भन्ने प्रश्न उठेको छ ।

मादुरोमाथि ’सिकञ्जा’ कसेपछि रूसले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो, जसलाई विज्ञहरूले अमेरिका र युरोपका लागि रूसको कडा सन्देशका रूपमा लिएका छन् । यही प्रविधिको मिसाइलमार्फत इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो र परमाणु हमलाको धम्कीसमेत दिएको थियो ।

यस्तोमा इरानपछि के ट्रम्प रोकिनेछन् ? भन्ने प्रश्न पनि छ । तर यसको सम्भावना निकै कम देखिन्छ । यूएईले यसको असर महसुस गरिरहेको छ भने ग्रीनल्यान्डले ट्रम्पको खुला धम्की सुन्दै आएको छ ।

विज्ञहरूका अनुसार इरानमा सत्तापलट भएमा मध्यपूर्वमा अमेरिकाको पूर्ण प्रभुत्व कायम हुनेछ । इरानदेखि अफगानिस्तान–पाकिस्तानसम्म ऊर्जा सुरक्षाको दृष्टिले अमेरिका बलियो बन्नेछ, जुन रूस र चीनका लागि ठूलो अवरोध सावित हुन सक्छ ।

अहिलेसम्म इजरायलको हुथी, हिजबुल्लाह र हमाससँगको संघर्षलाई इरानसँगको ‘प्रोक्सी वार’ (परोक्ष युद्ध) का रूपमा हेरिँदै आएको थियो । तर, अब यो अवस्था त्यसभन्दा धेरै अघि बढिसकेको छ । अब देशहरू सिधै एकअर्कासँग भिडिरहेका छन् र इरानमा विदेशी शक्तिहरूको सहयोगमा आन्तरिक शक्तिहरू विद्रोहमा उत्रिएका छन् ।

भारतका राजनीतिक विश्लेषक अमित शुक्लाका अनुसार, “यो लडाइँ अब स्रोतसाधनमाथिको कब्जा, वर्चस्वको संघर्ष र विस्तारवादी नीतिका कारण बदलिँदै गएको भू–राजनीतिक अवस्थाको प्रतिफल हो ।”

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top