बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

२ माघ ८२, शुक्रबार

२ माघ , काठमाण्डौ।

आगामी फागुन २१ को निर्वाचन आउन अब मात्रै ४८ दिन बाँकी रहदा देशभरका १६५ निर्वाचन क्षेत्र मध्ये उम्मेदवारी मनोनय नै नभएको अवस्थामा पनि सर्वाधिक चर्चाको चुलीमा पुगेको छ , झापा क्षेत्र नम्बर ५ । यसको कारण हो एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठा नेता बालेन्द्र शाहको संभावित चुनाी भिड्न्त।

झापा ५ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगातार जित हासिल गर्दै आएको क्षेत्र हो । सोही क्षेत्रमा ओलीलाई मेयरका रुपमा नै चुनौती दिँदै आएका काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले संसदीय चुनावमा पनि उम्मेदवारका रुपमा चुनौती दिने तयारी गरेपछि झापामा देशभरको ध्यान केन्द्रित भएको छ ।

Advertisement

बालेनले आन्तरिक रुपमा तयारी मात्रै गरिरहेको अवस्थामा ओली भने बालेनविरुद्ध प्रतिवादमा उत्रिसकेका छन् । उनले बालेनलाई आफूसँग चुनाव लड्न झापा आउँछु भनेर धाक नलगाउन चुनौती दिएका छन्।

४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै बालेनलाई लुसिफरको संज्ञा दिँदै आफूसँग चुनाव लड्न भन्दै तामझाम गरिरहेको टिप्पणी गरे।

Advertisement

उनले भने, ‘कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर, हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रमा, यी त हामी झेलिराखेकै छौँ ।’ आफू प्रतिक्रियावादी शक्तिहरूका दया, माया, कृपाले यहाँ सम्म नआएको बताए। उनले थपे, ‘सङ्घर्ष गरेर यहाँ सम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ । सङ्घर्ष गरेर यहाँ टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनभने यहाँ नेकपा एमाले छ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन ।’

उनले ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकासिरहेको बताए। बालेनको झापामा चर्चादेखि नै एमाले नेताहरुले उनीविरुद्ध तिखो टिप्पणी गर्दै आएका छन् । यसअघि एमाले झापाका अध्यक्षले बालेन झापा आए उनको राजनीतिक भविष्य नै समाप्त हुने र ओली दोब्बर मतले विजयी हुने दाबी गरेका थिए ।

यता बालेनले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावको तयारी तीव्र पारेका छन्। ओलीको गृहनगर भएकै कारण बालेनले आफ्नो कोर टिमलाई झापा पठाएका छन्। बिहीबार उनको टिमका चार जना झापा पुगिसकेका छन्।

यो टिमले आजबाट विशेष अभियान थाल्दैछ। उम्मेदवारी दर्ता गर्नुअघि त्यस क्षेत्रको अन्तिम वस्तुस्थिति बुझ्न उनीहरूलाई झापा पठाइएको बालेनको सचिवालयले जनाएको छ । झापा रास्वपाले समेत तयारी भइरहेको पुष्टि गरेको छ ।

सो टोलीले बालेनलाई सुझाव दिनेछ । पहिलो पटक प्रतिनिधि सभा निर्वाचन लड्न लागेका बालेनले झापा ५ रोजेर अनावश्यक जोखिम लिन खोजेको भन्दै आलोचना पनि भइरहेको छ। बालेनलाई महोत्तरीबाट चुनाव लड्न पनि प्रस्ताव आएको छ।

काठमाडौँ महानगरपालिकाको मेयर उठ्नुअघि पनि बालेनले लामो समय तयारी गरेका थिए। यसपटक पनि उनले झापामा विभिन्न टोली परिचालन गरेका छन्। कोर टिमले रिपोर्ट दिएपछि मात्र बालेन झापा झर्नेछन्।

माघ ५ गतेबाट औपचारिक रुपमा चुनावी अभियान थाल्ने तयारीमा रहेका बालेन सुरुमा जनकपुर जाने कार्यक्रम छ। विशेष कार्यक्रम सकेर मात्र उनी झापा जानेछन्। सम्भवतः ६ गते मात्र उनी झापा पुग्ने उनको सचिवालयले जनाएको छ।

झापा पुगेको टोलीले चार दिन अध्ययन गरेर रिपोर्ट पठाएपछि बालेनले चुनावी क्षेत्रको औपचारिक घोषणा गर्नेछन्। सामाजिक सञ्जालबाट पनि उनले सो जानकारी दिने तयारी गरेका छन्। उम्मेदवारी दिएपछि मात्र घरदैलो कार्यक्रम सुरु गर्ने बालेनको चाहना छ।

बालेनले यसपटक पनि घरदैलो अभियानलाई प्राथमिकता नै दिनेछन्। बालेनलाई सहयोग गर्दै आएका निर्देशक निश्चल बस्नेत पनि झापामै छन्। उनी बालेनकै लागि त्यहाँ पुगेको चर्चा छ। एउटा टोलीले यसअघि नै अध्ययन गरेर सुझाव दिएका आधारमा बालेन चुनाव लड्ने मनस्थितिमा पुगेको सचिवालयका सदस्यहरू बताउँछन्।

झापा ५ मा बालेनका लागि सम्पर्क कार्यालय र बस्ने घर खोज्ने काम भइरहेको छ। बालेन पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिँदैछन् । स्थानीय तहको नेतृत्व सम्हाल्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् । मेयर पदमा रहँदाको स्वतन्त्र छविलाई कायम राख्न उनले आगामी माघ ४ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । रास्वपाको वरिष्ठ नेताको रुपमा सहमति गरेपनि उनी अहिलेसम्म पार्टीको कार्यक्रममा सहभागी भएका छैनन् ।

माघ ४ गते मध्यान्ह बालेनले काठमाडौँ महानगरपालिकाको कार्यकक्षबाटै आफ्नो राजीनामा दिनेछन् । मेयरको जिम्मेवारीबाट मुक्त भएपछि सोही दिन दिउँसो उनी चमतीस्थित रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) पुग्नेछन् ।

त्यहाँ उनलाई पार्टीले विशेष स्वागत गर्ने र उनले आधिकारिक रूपमा चुनावी अभियानको कमाण्ड सम्हाल्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।माघ ५ गते हवाईमार्ग हुँदै उनी जनकपुर पुग्नेछन् । जनकपुरमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुने प्रवक्ता मनिष झाले जानकारी दिइसकेका छन् ।

त्याहा सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्नेछन् । जनकपुरको कार्यक्रम सकेर बालेन सडकमार्ग हुँदै झापा प्रस्थान गर्नेछन् । माघ ६ गते उनले झापा क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ ।

सोही दिनदेखि झापामा बालेनको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइनेछ ।यसको अन्तिम निर्धारण भने उनको कोरि टिमले पठाउने रिपोर्टले तय गर्नेछ । झापा नभए उनी महोत्तरीमै रहनेछन् । जुन उनको पैतृकथलो हो । बालेन धेरै निर्वाचन क्षेत्रमा पुग्नेछन् ।

झापापछि उनी सुदूरपश्चिमका दुई जिल्ला जान सक्ने कार्यक्रम छ । यद्यपि त्यो निश्चित भइसकेको छैन । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले लड्न लागेको अछाम–२ मा र अभियन्ता सागर ढकाल लड्ने डडेल्धुरामा उनी उपस्थित हुने तयारी गरिएको छ ।

केही दिन अघि मात्रै बालेनले सागर डडेल्धुराबाट उठ्ने निश्चित भएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top