×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

२ माघ , काठमाण्डौ।

विश्वभर त्रास र अशान्तिको वातावरण सृजना गर्न उद्धत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा विश्वकै सम्मानिक नोबेल शान्ति पुरस्कार परेको छ। भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरेकी छन् ।

Advertisement
Advertisement

बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटमा उनले पदक दिएको जनाएकी छन् । भेटपछि माचाडोले यो दिन भेनेजुएलाली जनताका लागि ऐतिहासिक भएको बताउँदै ट्रम्पलाई स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि सम्मानस्वरूप पदक दिएको उल्लेख गरिन् ।

तर, नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । लामो समय देखि नोबेल पुरस्कार मागिरहेका ट्रम्पले केही दिन अघि मात्रै मारियाले आफूलाई नोबेल शान्ति पुरस्कारदिने बताएका थिए ।

उनले आफूले ८ युद्ध रोकेको भन्दै नोबेल शान्ति पुरस्कार माग्दै आएका छन् । यद्यपि पछिल्लो समय उनी विश्वकै लागि त्रास बन्दै आएका छन् । उनी ग्रिनल्याण्ड कब्जा गर्ने अभियानमा छन् भने इरानमा सरकारविरुद्ध प्रर्दशन जारी राख्न उक्साइरहेका छन् ।

यसवर्षकै सुरुमा निकोलस मादुरोलाई अपरहण शैलीमा पक्राउ गरेर उनले मेक्सिको, क्युवा, कोलम्बियालाई कारबाहीको चेतावनी दिइसकेका छन् । मेडल दिनुको कारणबारे जानकारी दिँदै मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभारको एउटा कथा सुनाइन्।

उनका अनुसार, दुई सय वर्षअघि जनरल (माक्र्विस डी) लाफायेटले सिमोन बोलिभारलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिङ्टनको तस्बिर अंकित थियो। बोलिभारले त्यो मेडल आफ्नो बाँकी जीवनभर साथमा राखेका थिए। मचाडोले अगाडि भनिन्, “इतिहासमा दुई सय वर्षपछि, बोलिभारका जनता वाशिङ्टनका उत्तराधिकारीलाई एउटा मेडल फिर्ता दिइरहेका छन्। यसपटक नोबेल शान्ति पुरस्कारको मेडल, हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप।”

सिमोन बोलिभारको नाम दक्षिण अमेरिकी महादेशमा निकै सम्मानका साथ लिइन्छ। सन् १७८३ मा भेनेजुएलाको काराकसमा जन्मिएका बोलिभारले धेरै ल्याटिन अमेरिकी देशहरूलाई स्वतन्त्रता दिलाएका थिए।

उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम “बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला” राखिएको छ। साथै बोलिभिया देशको नाम पनि उनको सम्मानमा राखिएको हो। ट्रम्प लामो समयदेखि नोबेल पुरस्कार पाउने इच्छा खुलेआम व्यक्त गर्दै आएका छन्।

उनले आफूलाई पुरस्कार नदिएको भन्दै नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गर्दै आएका छन्। ट्रम्पको निरन्तर बयानबाजीका बाबजुद गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो।

पुरस्कार जितेपछि मचाडोले यसलाई ट्रम्पलाई समर्पित गरेकी थिइन्। यसैबीच, नोबेल कमिटीले फेरि एकपटक स्पष्ट पारेको छ कि नोबेल शान्ति पुरस्कारको मेडल कसैलाई दिन सकिन्छ, तर पुरस्कार आफैं ट्रान्सफर गर्न सकिँदैन।

नोबेल पीस सेन्टरले एक्समा गरेको पोस्टमा मेडल बेच्न वा कसैलाई दिन सकिने उल्लेख गरेको छ। पोस्टमा भनिएको छ, “नर्वेजियन नोबेल कमिटीका अनुसार, एक पटक नोबेल पुरस्कारको घोषणा भइसकेपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई ट्रान्सफर गर्न सकिँदैन। यो निर्णय अन्तिम हुन्छ र सधैंका लागि मान्य रहन्छ।”

अन्त्यमा यो पनि स्पष्ट गरिएको छ कि मेडलको मालिक बदलिन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि परिवर्तन हुँदैन। उता अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि पनि ट्रम्प प्रशासनले माचाडोको नेतृत्वलाई समर्थन नगरी अन्तरिम सरकार प्रमुख डेल्सी रोड्रिगेजसँग सहकार्य गरिरहेको छ ।

यसैबीच, माचाडोले वासिङ्टन भ्रमणका क्रममा अमेरिकी सांसदहरूसँग भेटघाट पनि गरिन् । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्र पुनर्संरचनामा तीव्र कदम चाल्दै पहिलोपटक ५० करोड डलर बराबरको तेल बिक्री सम्पन्न गरेको जनाएको छ ।

उता, रोड्रिगेजले अमेरिकासँग कूटनीतिक सम्बन्ध विस्तार गर्न आफू तयार रहेको संकेत दिएकी छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top