७ माघ , काठमाण्डौ ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ ।

संस्थाले प्रहरी वृत्त सातदोबाटोका लागि दु्रत प्रतिक्रिया टोलीका लागि आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दलाई ती सामग्रीहरु हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रमममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रति आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न यस्ता सामग्रीहरुले प्रहरीको मनोबल बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने बताइन ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम ब्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको बताए ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई बित्तीय सेवा प्रदान गर्दै आएको छ।





