प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार

विराटनगर,असोज २२
विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको छ ।

सोमबार विराटनगर महानगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेशको राजधानी विराटनगरबाट स्थानान्तर गर्ने चर्चा चलिरहेको भन्दै कुनै पनि हालतमा अन्यन्त्र सार्न नहुने धारणा राखे ।

उनले प्रदेश नम्बर १ को राजधानी विराटनगर नै उपयुक्त रहेको बताउँदै त्यसका लागि आफुले पनि विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

Advertisement

“विराटनगर महानगरपालिकामा अपूरा धेरै विकासका काम जारी छन् र, यो पूरा भएपछि यो सहर सुन्दरतम् हुनेछ” पराजुलीले भने “महानगरपालिकामा हामीले नेतृत्व लिएपछि विकासका कामलाई पुरा गर्दै लगेका छौँ ।”

उनले राजधानीका लागि आवश्यक सबैप्रकारका पूर्वाधारमा महानगरपालिकाले सहयोग गरेको र गर्ने बताएका छन् । उनले महानगरपालिकाले प्रदेशको राजधानी विराटनगरलाई बनाउन पूरा गर्नुपर्ने दायित्वमा कुनै कसर बाँकी नराख्ने बताए । राजधानी बनाउनका लागि महानगरले सच्याउनुपर्ने गल्तीहरु सच्याउन तयार रहेको मेयर पराजुलीको भनाई छ ।

१ सय ४ वर्षको ऐतिहासिक यो सहर राजनीतिक, आर्थिक, सामाजिकलगायत धेरै प्रकारका क्रान्तिको योद्धा भएको महानगरको ठहर छ । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रकै अब्बल स्वास्थ्यसंस्था, शिक्षण संस्था तथा प्राविधिक ज्ञानका उत्कृष्ट संस्थाहरु, पूर्वाञ्चल विश्वविद्यालय विराटनगरमा रहेकोले यसले आकर्षित गरेको महानगरले जनाएको छ ।

महानगरले न्याय सम्पादनका लागि उच्च अदालत, क्षेत्रिय स्तरको विमानस्थल,सुरक्षा निकाय समेत रहेकोले र संसद, मन्त्रालय र अन्य धेरै प्रकारका पूर्वाधार निर्माण गर्न पर्याप्त मात्रामा जमिन रहेको जनाएको छ ।

मोरङ ब्यापार संघ , उद्योग संगठन मोरङको अगुवाईमा ६३ संघसंस्थाको संग्लग्नतामा स्थायी राजधानी बनाउनेबारे सृजना भएको जनदबाबले सत्तापक्षलाई पनि गम्भीर बनाएको महानगरको ठम्याई छ । यहाँ आवश्यक विभिन्न संरचना यथेष्ट रहेको र बनाउन पनि कठिन नहुने जनाउँदै राजधानीको विकल्प विराटनगरबाहेक नहुने निष्कर्ष महानगरले निकालेको छ ।

पत्रकार सम्मेलनमा विराटनगरका उद्यागी, ब्यापारी तथा विभिन्न संघसंस्थाका/क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिती थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top