×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

स्वास्थ्यकाे लागि हिमाली खसी उत्कृष्ठ, भारतीय खसीबाेकाकाे मासुमा यस्ता छन् खराबी

२२ आश्विन २०७५

काठमाडौं,असोज २२
दशैंका लागि स्वदेशी तथा विदेशी खसी बोका काठमाडौं भित्रिने क्रम जारी छ । दशैंमा अत्याधिक मासुको प्रयोग हुने भएकोले भारतबाट अत्यधिक मात्रामा खसीबोका भित्रिरहेको छ ।

दशैंको समयमा लगभग ८० प्रतिशत नेपाली बजार भारतीय खसीले ओगट्ने गरेको चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले बताए । भारतीय खसी नेपाली खसी भन्दा २० रुपैंयादेखि ६५ रुपैंया सम्म महँगो पर्ने संरक्षक थापाको भनाई छ ।

Advertisement

व्यवसायीहरुका अनुसार नेपालीभन्दा भारतीय खसीमा १० प्रतिशतसम्म बढी बोसो हुनेछ । स्वास्थ्यका लागि नेपाली खसी नै लाभ दायक हुने भएपनि नेपाली उत्पादनले बजारको भाग धान्न नसकेपछि विदेशी खसी ल्याउनु परेको हो ।

भारतीय खसि

बोसोयुक्त मासुले शरीरलाई असर गर्ने डाक्टर बाबुराम हुमागाईँले बताए । हुमागाईँका अनुसार भारतीय खसी फर्ममा दाना खुवाएर पालिने भएकोले पालिने भएकोले बोसो धेरै हुन्छ । नेपालमा पनि फर्ममा दाना खुवाएर पालिने खसीमा बोसो धेरै हुने डा. हुमागाईँले बताए । विशेषगरी चरनमा रहेको खसीमा बोसो कम हुने पनि उनले बताए ।

व्यवसायीहरुले भने हिमाली भेगको खसी स्वास्थ्यको लागि बढी लाभदायक हुने बताएका छन् । चिसो हावापानी र जडिबुट्टी खाने भएकोले त्यस्ता खसीको मासु लाभदायक हुने उनीहरुको दाबी छ ।

मासु कसरी खाने ?

प्रत्येक चाडपर्वमा नेपालीहरुको पहिलो रोजाईमा प्राय मासु पर्दै आएको छ । डा. हुमागाईँका अनुसार अत्याधिक मासु खानाले स्वास्थ्यलाई असर गर्नेछ । मासुको बिचमा हुने सेतो बोसो खानाले शरिरमा कोल स्टोरको मात्रा बढ्नेछ ।

सकेसम्म मासुलाई धेरै मसालेदार नबनाई खानुपर्छ । खानाकै साटोमा मासु मात्र खानु हुँदैन, केवल यसलाई तरकारीको रुपमा मात्र प्रयोग गर्नुपर्छ ।

खाद्य संस्थानले २६ गतेबाट खसी च्याङग्रा बिक्री सुरु गर्ने

खाद्य संस्थानले असोज २६ गतेदेखि खसी बिक्री सुरु गर्ने भएको छ । बजारमा खाद्य तथा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले बर्सेनी सुपथ मूल्यको पसल सञ्चालन गर्दै आइरहेको छ ।

यो वर्षको दशैंको लागि संस्थानले १ हजार च्याङग्रा र १ हजार खसी बिक्री गर्ने संस्थानका सूचना अधिकारी शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले खरिद गरेको खसी २५ गतेसम्म काठमाडौं आइपुग्नेछ ।

संस्थानले खसी च्याङग्रा असोज २६ गतेदेखि बिक्री सुरु गर्नेछ । खसी संस्थानको थापाथलीस्थित स्टोर सेन्टरबाट बिक्री गर्नेछ ।

संस्थानले मकवानपुर र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार खसी ल्याउने तयारी गरेको छ । यसैगरी संस्थानले राजधानीको ४ स्थानमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ ।

सूचना अधिकृत सापकोटाका अनुसार असोज १२ गतेदेखि सुरु भएको सुपथ मूल्यको पसलमा उल्लेख्य ग्राहकले सहभागी जनाएका छन् ।

Advertisement

संस्थानले हाल पसलमा सोना मनसुली चामल प्रतिकिलो ४० रुपैंयामा बिक्री गरिरहेको छ । यसैगरी जिरा मसिनो ५५, बास्मती ८१, गोरखनाथ ३८, र जापानिज चामल ७५ रुपैंया बिक्री गरिरहेको छ । यस्तै सिमी दाना १२० र फापर ७० रुपैंया प्रतिकेजी बिक्री गरिहेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top