Nepal Times
Nepal Times
3
Shares

प्रदेश नं १ को चालु अधिवेशन अन्त्यको तयारी

प्रदेश नं १ को चालु अधिवेशन अन्त्यको तयारी

विराटनगर,असोज २२
प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउने बिषयलाई छल्दै प्रदेश नं १ को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी बैठक अन्त्यको तयारीमा सरकार जुटेको हो ।

प्रदेश सरकारले सर्बदलीय बैठक आब्हान गरी प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले प्रदेशको नाम र राजधानीका यही अधिवेशनबाट टुंगो लगाउने भनेपनि सम्भव नभएको भन्दै हाललाई थाती राखेर अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारले निर्णय गरिएको हो ।

नेकपाका संसदीय दलका उपनेता टंक आङबोहाङले मंगलबार प्रदेश सरकारको बैठक बसी प्रदेश सभाको जारी अबिधेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । उनले नेपालीहरुको महान चाड बडादशै र तिहार नजिकएको भन्दै प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि प्रदेशसभा अन्त्यको निर्णय गरिएको बताए ।

उनले प्रदेशको नाम र राजधानीको बिषयमा गहन छलफल गर्ने र सहमतिबाट टुग्याउने तयारी भईरहेकाले त्यसका लागि अझै व्यापक छलफल गर्नुपर्ने आवश्यक रहेकाले हाललाई प्रदेशसभा अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले यसअघि यही अबिधेशनबाट प्रदेश सभाको नाम र राजधानी टुंग्याउने बताउँदै आएको थियो । तर प्रदेश सरकारको नाम र राजधानीको बिषयमा सरकारले औपचारिक रुपमा प्रदेश सभामा लैजान सकेको छैन ।

नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भएपनि बैठकले कुनै निर्णय नलिई स्थागीत भएको थियो । मुख्यमन्त्रीले दलको अर्को बैठक डाक्न सकेका छैेनन् । जसका कारण नाम र राजधानीको बिषय अनिर्णय बनेको छ ।

प्रदेशको राजधानीको चर्चा चुुलिएपछि केही दिन यताबाट अस्थायी राजधानी रहेको बिराटनगर,इटहरी,धरान लगायतका क्षेत्रबाट आफनै स्थानमा स्थायी राजधानी राखिनु पर्ने आवाज समेत जोडदाररुपमा उठन थालेको छ ।

औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । संसदमा अन्य जनसरोकारका विषय उठ्न छाडेर नाम र राजधानीकै विषय उठिरहेपनि त्यसबारे निर्णय गर्न बसेको नेकपा संसदीय दलको बैठक स्थगित भएपछि पुनः बस्न सकेको छैन । जसले गर्दा यो विषयमा थप अन्यौल बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.