अलराउन्डर काइरोन पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

Share this
712shares

एजेन्सी, २२ असोज
वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् ।

Advertisement

आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताए ।

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । उक्त टीममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको कोर्टनी ब्राउनले बताए ।

Advertisement

ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिए ।भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top