विराटनगर : चार महिनादेखि तलब सुविधा नपाएका काज शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय ईकाईमा तालाबन्दी गरी विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा सोमबार उनीहरुले शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले विराटनगर महानगरपालिकाले साउन यताको तलब निकासा नगरेको भन्दै दिनभर धर्ना दिएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
विराटनगर महानगरपालिकाका १९ जना शिक्षक शिक्षिकाहरु कजमा कार्यरत रहेका छन् । मंगलबार पनि तलब निकासा नगरे बुधबारदेखि अनिश्चित कालिन धर्ना र घेराउ गर्ने घोषणा गरेका छन् ।