फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प

२५ जेठ , काठमाण्डौ।

फिलिपिन्समा आज विहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ ।

केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । भूकम्प फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्र नजिक गएको हो । यसले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

Advertisement

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा भूकम्पका कारण भवनहरूमा क्षति पुगेको तथा मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ । एउटा विद्यालय परिसरमा खिचिएको भिडियोमा भवन हल्लिन थालेपछि विद्यार्थी खुला मैदानतर्फ दौडिएको देख्न सकिन्छ ।

रोयटर्सका अनुसार, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले सुरुमा भूकम्पको तीव्रता ८.२ म्याग्निच्युड रहेको बताएको थियो । यसलाई पछि संशोधन गरिएको थियो । अन्य भूकम्प अनुगमन संस्थाहरूले भने ७.० देखि ७.८ म्याग्निच्युडसम्मको फरक–फरक अनुमान सार्वजनिक गरेका थिए ।

Advertisement

एएफपीका अनुसार भूकम्पमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा केही भवन तथा घरहरूमा क्षति पुगेको छ । उद्धार तथा क्षति मूल्यांकनको कार्य जारी छ । भूकम्प करिब १० किलोमिटरको गहिराइमा गएको बताइएको छ ।

फिलिपिन्स र छिमेकी इन्डोनेसियाले सुनामीको चेतावनी जारी गरेका छन् । अमेरिकी सुनामी चेतावनी प्रणालीले पनि प्रशान्त महासागर क्षेत्रका केही भागमा सम्भावित सुनामीको जोखिम रहेको जनाएको छ । फिलिपिनी अधिकारीहरूका अनुसार एक मिटरभन्दा अग्ला सुनामीका छालहरू आउन सक्ने सम्भावना रहेको र जोखिम केही घण्टासम्म कायम रहन सक्ने अनुमान गरिएको छ ।

फिलिपिन्सका साथै इन्डोनेसिया र जापानका धेरै तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको बुरियास सहरबाट लगभग २५ किलोमिटर टाढा थियो । स्थानीय समय अनुसार सोमबार बिहान ७ः३७ बजे भूकम्प गएको हो ।

जर्मन अनुसन्धान केन्द्र फर जियोसाइन्सेस (जीएफजेड) ले भूकम्प कम गहिराइबाट गएको बताएको छ, जसले गर्दा शक्तिशाली कम्पन आए र सुनामीको जोखिम बढ्यो । अमेरिकी सुनामी चेतावनी प्रणालीले क्षेत्रमा खतरनाक छालको चेतावनी दिएको छ ।

इन्डोनेसियाको भूभौतिकी एजेन्सीले पनि उत्तरपूर्वी तटीय क्षेत्रहरूको लागि चेतावनी जारी गरेको छ । मुख्य भूकम्पपछि कम्तीमा १६ वटा परकम्प मापन भएका छन् । मानिसहरू सुरक्षित स्थान खोज्दै घर बाहिर निस्किएर बसिरहेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

फिलिपिन्सका राष्ट्रपतिले “सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न“ निर्देशन दिएका छन्। उनले सुनामीबाट बच्न अग्लो स्थानतर्फ सर्न मानिसहरूलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top