कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

३ असार ८३, बिहीबार

४ असार, काठमाण्डौ ।

विश्वकपमा कोलम्बियाले विजयी सुरूआत गरेको छ । मेक्सिको सिटी स्टेडियममा उज्बेकिस्तानविरुद्धको खेलमा कोलम्बिया ३–१ ले विजयी भएको हो । खेलको सुरुबाती समयदेखि नै आक्रामक रणनीति अपनाएको कोलम्बियाका लागि ४०औँ मिनेटमा ड्यानियल मुनोजले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा रणनीतिक परिवर्तनसहित मैदान उत्रिएको उज्वेकिस्तानले खेलको ६०औँ मिनेटमा बराबरी गोल फर्कायो । उज्वेकिस्तानका भरपर्दा मिडफिल्डर अब्बोसबेक फायजुल्लाएभले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । उज्वेकिस्तानले बराबरी गोल गरेको ठीक ५ मिनेटपछि नै कोलम्बियाले खेलमा पुनः कमब्याक ग¥यो ।

Advertisement

६५औँ मिनेटमा स्टार स्ट्राइकर लुइस डियाजले सानदार गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम क्षणमा उज्वेकिस्तानले बराबरीका लागि निकै मिहिनेत गरे पनि बलियो कोलम्बियन रक्षापंक्ति तोड्न सकेन ।
११ मिनेट थपिएको इन्जुरी समयको नवौँ मिनेटमा जेमिन्टन काम्पाजले गोल गरेपछि कोलम्बियाको ३–१ को जित सुनिश्चित भएको हो ।

खेलको अन्तिम ह्विसल बज्दासम्म उज्वेकिस्तानले थप अवसर सिर्जना गर्न सकेन । यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको हो । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । खेलपछि क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

Advertisement

उनले सुरुवात राम्रो नभए पनि आगामी खेलमा केन्द्रित हुने बताएका हुन् । पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले टोलीको बचाउ गरेका हुन् । खेललगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “यो हामीले चाहेको जस्तो सुरुवात होइन, तर अझै धेरै खेलहरू बाँकी छन् । अब शिर ठाडो पारेर अर्को खेलमा केन्द्रित हुनुपर्छ ।”

छैटौँ मिनेटमै जोआओ नेभेसको गोलबाट अग्रता लिए पनि योआन विसाले कर्नरमार्फत बराबरी गोल फर्काएपछि पोर्चुगल दबाबमा आएको थियो । पोर्चुगिज मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो गोलपछि खेलको रूप फेरिएको स्वीकार गरे ।

उनले भने, “पहिलो गोलपछि हाम्रो निर्णय प्रक्रिया र भित्री तालमेलमा कमजोरी देखियो । कंगोले बराबरी गरेपछि खेल पूर्ण रूपमा बदलियो । अब हामीले गल्तीहरू सुधार्नुपर्छ ।” अब पोर्चुगलले उज्वेकिस्तान र कोलम्बियाले डीआर कंगोको सामना गर्नेछ ।

यस्तै, इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलमा इंग्ल्याण्ड ४–२ ले विजयी भएको थियो भने घाना र पानामाबीचको खेलमा घाना १–० ले विजयी भयो । यससंगै सबै समूहको पहिलो खेल सकिएको छ । समूहचरण अन्तरगत सबै ४८ वटै टोलीले पहिलो खेल खेलेका हुन् ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top