चाडबाडको मुखमा विराटनगरका फोहोर संकलक आन्दोलित

विराटनगर,असोज २३
चाडबाडको मुखमा विराटनगरका फोहोर संकलक आन्दोलित भएका छन । फोहोर संकलक कामदारहरुले तलबवृद्धि र बोनस दिन माग गर्दै ठेकेदार कार्यालयमा धर्ना दिएका छन् ।

विराटनगर महानगरपालिकासँगको ठेक्का सम्झौताअनुसार फोहोर संकलन गर्दै आएको वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रालिद्वारा खटाइँदै आएका फोहोर संकलक कामदारहरुले तलब बृद्धि र बोनसको माग गर्दै धर्ना दिएका हुन् ।

Advertisement

उनीहरुले रोडशेषचोकस्थित फोहोरमैला ब्यवस्थापन कार्यक्रम कार्यान्वयन शाखामा धर्ना दिएका हुन् । चाडपर्व आइपुग्दासमेत वेस्ट म्यानेजमेन्टले बोनस नदिएको र निर्धारण गरिएको मासिक ज्याला समेत समयमा नदिने गरेको उनीहरुको भनाइ छ ।

फोहोरमैला संकलक कामदार राजेश मरिकले चाडपर्व आइसक्दा समेत कम्पनीले बोनस दिन आनाकानी गरेका कारण कामदारहरु आन्दोलित भएको बताए । फोहोर मैला संकलक कामदारहरुले महँगीअनुसार तलब वृद्धि गर्नसमेत माग गरेका छन् ।

Advertisement

यता वेस्ट म्यानेजमेन्टका परियोजना प्रमुख देवीप्रसाद आचार्यले निर्धारण गरिएको ज्याला समयमा नै दिने गरिएको दाबी गदै यसपटक कम्पनी घाटामा रहेकाले बोनस दिन नसकिने बताए । वेस्ट म्यानेजमेन्टले विराटनगरको फोहोर संकलन गर्न १ सय ९० जना कामदारसहित २१८ जना लेबर र कर्मचारी खटाउने गरेको छ ।

सो कम्पनीले फूलटाइमरलाई १५ हजार र हाफ टाइमरलाई ८ हजार तलब दिने गरेको छ । नगरक्षेत्रमा दैनिक १ सय १० टन फोहोर उत्र्सजन हुने गरेको जनाइएको छ । वेस्ट म्यानेजमेन्टले २०७३ जेठ १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मका लागि नगरक्षेत्रको फोहोर संकलनको ठेक्का पाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top