रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

११ असार, काठमाण्डौ ।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सकिएको छ । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ ।

एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता भएको छ । सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

पहिलो चरणको मतदान सकिएपछि पछि अब केही बेरपछि मतपरिणाम घोषणा हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने समितिको तयारी छ ।

रास्वपाको यो ऐतिहासिक भनिएको पहिलो महाधिवेशन अस्तव्यस्त बनेको छ । व्यवस्थापकिय कमजोरी र निर्धारित समयमा प्रक्रिया अगाडि नबढ्दा त्यहाँ पुगेका प्रतिनिधिहरुको बिजोग भएको छ । केही त मतदानमा सहभागी नभई फर्किएका पनि छन् । यसबीच प्रवक्ता मनिष झाले व्यवस्थापकीय कमजोरीप्रति आफूहरू लज्जित भएको बताएका छन् ।

Advertisement

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो चरणमा सन्तोषजनक मत खसेको बताए । उनले भने, ‘धेरै नै मान्छे गइसक्नुभएको होला भनेर तर्सिएका थियौँ । तर सन्तोषजनक नै रह्यो। हामी आभारी छौँ।’ व्यवस्थापकीय कमजोरी भए पनि प्रतिनिधि धैर्य गरेर बसेको बताए।

उनले दोस्रो चरणको निर्वाचन ४ बजेतिरबाट सुरु गर्ने गरी तयारी भइरहेको बताए। दोस्रो चरणमा ४ देखि ५ मिनेटमा एउटा मतदान गरिसक्ने बताए। दोस्रो चरणको मतदानको तयारीका बीच सभापति पदाधिकारीमा सर्वसम्मतको प्रयासमा रहेको समेत केही नेताले बताएका छन् ।

तर मनिषले भने सभापतिज्यूले दोस्रो चरणको निर्वाचनको प्रक्रियाको तयारी थाल्न निर्देशन दिएको भन्दै त्यही अनुसार तयारी हुने बताएका छन् । तर निर्धारित समयभन्दा ढिलो गरी मतदान भएपछि अधिकाँशले असन्तुष्टि व्यक्त गरेका छन् । यसबीच केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।

जबकी कुल ४३११ प्रतिनिधि थिए । महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै प्रतिनिधि घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका एक नेता बताउँछन् । अब ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ । जसमा खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको मतदान प्रक्रियामा पार्टी सभापति रवि लामिछानेदेखि पार्टी प्रतिनिधिसमेत रहेका विभिन्न मन्त्रीहरू समेत सहभागी भए । गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको हो । अव दोस्रो चरणमा पदाधिकारीको लागि मतदान हुने भएकोले पदाधिकारीका आकाङ्क्षीहरू महाधिवेशन स्थलमै रहेका छन् ।

यसैबीच रास्वपाका प्रतिनिधि सभा सांसद एवं केन्द्रीय सदस्य उम्मेदवार राजीव खत्रीले जारी महधिवेशनमा नो भोटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । रास्वपाले स्थापनादेखि नै निर्वाचनमा नो भोटका लागि वकालत गर्दै आएको छ । कुनै पनि उम्मेदवार मन नपरे नो भोट दिने र त्यस्तो नो भोट गर्नेको संख्या बहुमत भए फेरि चुनाव गर्ने व्यवस्था राख्नुपर्ने रास्वपाको आधिकारिक धारणा छ ।

तर रास्वपा महाधिवेशनमा भने अनिवार्य मतदानको व्यवस्था गरिएको छ । अर्थात् खुलातर्फ केन्द्रीय सदस्यको जति संख्या आवश्यक हो त्यतिलाई अनिवार्य मत दिएपछि मात्र अर्को क्लष्टरमा मत दिन पाइन्छ । अर्थात् खुलातर्फ ६४ जना उम्मेदवार भएको ठाउँमा कतिपय चिन्दै नचिनेको मान्छेलाई पनि मत दिनु परेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

यसले गर्दा नचिनेको उम्मेदवार गलत पर्न सक्ने उनीहरूको आशंका छ । ६४ खुला पदका लागि २१० को उम्मेदवार छन्। त्यस्तै प्रत्येक प्रदेशबाट ५ जना केन्द्रीय सदस्य छानिनेछन्। यसका लागि १७४ जना प्रतिस्पर्धामा छन् । कतिपय प्रदेशका चिन्दै नचिनेका मानिसहरूलाई मत हाल्दा गलत मान्छे छानिने भय रास्वपाकै महाधिवेशन प्रतिनिधिहरूलाई छ ।

मतदान जारी रहँदा प्रतिनिधिहरूको जस्तै केन्द्रीय सदस्य उम्मेदवार रहेका खत्रीले मतदान प्रणालीमा सार्वजनिक रूपमा असन्तुष्टि जनाएका हुन्। खत्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ’संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ, नो भोटको धज्जी।’

यता रास्वपाकी नेतृ ज्वाला संग्रौलाले पनि पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् । यस विषयमा यथासिघ्र अनुसन्धान हुनुपर्ने उनको माग छ । महाधिवेशनमा नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगका प्रमुखलाई सम्बोधन गर्दै उनले उजुरी दिएकी हुन् ।

आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला) रहेको र यही नामले महाधिवेशन प्रतिनिधि बन्नुका साथै मनोनयन दर्ता गराएको उनले बताएकी छन् । उजुरीमा उनले लेखेकी छन्, ‘पार्टीको वेवसाइटमा मेरो नाम केन्द्रीय सदस्य टिका संग्रौला ‘ज्वाला’ रहेको र यसै अनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दा समेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्रै राखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा के भएर नाम हटेको हो, यथासिघ्र अनुसन्धान गरियोस ।’

यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो भन्ने पनि निर्वाचन आयोगले जवाफ दिनुपर्ने संग्रौलाको माग छ । भोटिङ मेसिनमा थुप्रै उम्मेदवारहरुको ‘परिचित नाम’ राखिएको भए पनि आफ्नो भने बदनियतपूर्वक हटाइएको भन्दै ज्वालाले आक्रोश व्यक्त गरेकी छन् । आफ्नो नाम नचिनेर कयौं प्रतिनिधिले भोट नहालेको उनी बताउँछिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top