×

NEPAL TIMES UPDATES

Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

२ चैत्र २०८२

२ चैत , काठमाण्डौ ।

पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि नेपाल आयल निगमले पनि घरेलु बजारमा पनि इन्धनको मूल्य भारी मात्रामा बढाएको छ । निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

यो नयाँ मूल्य दर २०८२ चैत २ गते बिहान ००ः०१ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारको पछिल्लो लागत मूल्य अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको भए तापनि उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सहजतालाई ध्यानमा राखेर निगमले मूल्य स्थिरीकरण कोषको प्रयोग गरी न्यून दरमा मात्र मूल्य बढाउने रणनीति लिएको दाबी गरेको छ ।

यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । विगतमा रसिया–युक्रेन युद्धका कारण इन्धनको बक्यौता रकम भुक्तानी गर्न नसक्दा आपूर्ति नै प्रभावित भएको अनुभवलाई स्मरण गर्दै निगमले हालको विषम परिस्थितिमा आपूर्ति प्रणालीलाई सहज बनाइराख्न मूल्य समायोजन अनिवार्य भएको स्पष्ट पारेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा पनि तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरेको छ । मध्यपूर्व र पश्चिम एशियामा चर्किएको युद्धको भारतबाट ग्यासको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमलाई भारतले पठाएको नयाँ मूल्य सूची अनुसार मुल्य बढेर आएको हो ।

प्रति सिलिण्डर ग्यासको मूल्य अब एकैपटक २१६ वृद्धि भएर आएको छ । तर, नेपालमा भने पुरानै मुल्य कायम रहेको छ । विगतमा २४ अर्ब भुक्तानी बाँकी रहँदा आपूर्ति प्रणाली नै अस्तव्यस्त भएको थियो । निगमलाई अझै पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड घाटा नै रहने दाबी गरिएको छ ।

अहिले अभावका बीच ग्यास सिलन्डिर भने आधा मात्रै बिक्री वितरण हुँदै आएको छ । निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन थालेको छ । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ ।

पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ । निगमले नियमित रुपमा मागअनुरुप नै ग्यास आयात तथा वितरण गरिरहे पनि २–३ महिनादेखि उपत्यकामा माग उच्च देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ ।

भर्खरको समाचार

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top