×

NEPAL TIMES UPDATES

Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026
Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

२ चैत्र २०८२

२ चैत , काठमाण्डौ।

स्ट्रेट अफ होर्मुजमा आफुलेमात्रै नसकेपछि डोनाल्ड ट्रम्पले चीन, जापानसहित नेटोलाई सहयोगको अपिल गरिरहँदा यता इजरायलले भने इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको बताएको छ । इजरायलले पश्चिमी र मध्य इरानका क्षेत्रहरू समेट्दै आक्रमणहरू विस्तार गरेपछि इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले इरानमा अझै पनि हजारौँ लक्ष्यहरूमाथि प्रहार गर्न बाँकी रहेको बताएका हुन् ।

Advertisement

इजरायली रक्षा बल (आईडीएफ) ले इरानी पूर्वाधारहरूलाई कमजोर पार्ने लक्ष्य राखेको बताएको छ । यस्तै इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) र बासिज फोर्ससँग सम्बन्धित धेरै प्रमुख मुख्यालयहरूमा आक्रमण गरेको आईडीएफको भनाइ छ । यसैबीच ट्रम्प र बेलायती प्रधानमन्त्री केअर स्टार्मरले ‘स्ट्रेट अफ हर्जुज’ का बारेमा छलफल गरेका छन् ।

ट्रम्प र स्टार्मरले फोनवार्तामा मध्यपूर्वमा चलिरहेको अवस्था र विश्वव्यापी ढुवानीमा अवरोध अन्त्य गर्न हर्मुज मार्ग पुनः खोल्नेबारे छलफल गरेको खबरहरुमा उल्लेख छ । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले यदि युरोपेली देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ खोल्न मद्दत नगरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को भविष्यका लागि यो निकै नराम्रो हुने बताएका छन् ।

उनले चीनले हर्मुज समुद्री मार्ग खोल्न मद्दत गर्ने आशा पनि व्यक्त गरेका छन् । यता इरानले भने अन्य शक्तिराष्ट्रहरुलाई युद्धमा संलग्न नहुन चेतावनी दिइरहेको छ । अर्कातर्फ आइतबार उसले पहिलो पटक इजरायलमाथि ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार गरेको छ । इरानले अमेरिका र इजरायलका ठेगानाहरूमा गरिएको जवाफी हमलामा आफ्नो सेजिल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायलका सैन्य तथा रक्षा सुविधाहरूलाई निशाना बनाइएको जनाएको छ । ‘सेजिल’को अर्थ ‘जलिरहेको ढुंगा’ हो । यो ठोस इन्धन (सोलिड फ्युल)बाट चल्ने रणनीतिक मिसाइल हो, जसले दुई हजारदेखि २५ सय किलोमिटरसम्म आक्रमण गर्न सक्ने बताइएको छ ।

यसको गति ‘म्याक १३’भन्दा बढी रहेको बताइएको छ र यो ध्वनिको गतिभन्दा करिब १३ गुणा छिटो उड्न सक्छ । ‘द नेशनल इन्ट्रेस्ट’ पत्रिकाका अनुसार यस मिसाइलको पहुँच इजिप्ट, सुडानका केही भाग, युक्रेनको ठूलो हिस्सा, दक्षिणी रुसका केही भाग, पश्चिमी चीनको हिस्सा, भारत तथा हिन्द महासागर र भूमध्यसागरका ठूला क्षेत्रहरूसम्म पुग्न सक्छ ।

इरानी सञ्चारमाध्यमका अनुसार ‘सेजिल’शब्द कुरानको ‘सुराह अल–फिल’को एउटा कथासँग जोडिएको छ, जसमा ‘सेजिल’ नामका ढुंगाहरू प्रहार गरेर शत्रुलाई समाप्त पारिएको प्रसंग पाइन्छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानले युद्धविरामको माग नगरेको बताएका छन् । उनले अमेरिकासँग वार्ताको प्रयास पनि नगरेको बताएका छन् ।

उनले जबसम्म आवश्यक हुन्छ, इरानले आफ्नो रक्षा गरिरहने प्रस्ट पारेका छन् । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले इरान यस संघर्षमा पछि नहट्ने बताएका छन् । जबसम्म ट्रम्पले यो गैरकानुनी युद्ध हो भनेर स्वीकार गर्दैनन्, तबसम्म इरानले जवाफ दिइरहने उनले प्रस्ट पारेका छन् ।

ट्रम्पले भने इरानले वार्ताका लागि इच्छा देखाएको अभिब्यक्ति दिएका थिए । यस्तै उनले युद्ध अन्त्यबारे भन्ने गरेका छन्–आत्मसमर्पण मात्रै युद्ध अन्त्यको निर्विकल्प सर्त हो । तर आफ्नो सर्वोच्च नेतासहित उच्च सैन्य अधिकारी गुमाएको इरान भने अझै आक्रामकरुपमा इजरायल र अमेरिकाविरुद्ध युद्ध लडिरहेको छ ।

आत्मसमर्पण गर्न चेतावनी दिइरहेका अमेरिका र इजरायललाई इरानले भनेको छ–युद्धको सुरुआत तिमीहरूले ग¥यौ । यसको अन्त्य हामी गर्नेछौँ । ’’ट्वीटबाट युद्धको द्रुत युद्ध संभव छैन । गम्भीर गल्तीप्रति तिमीहरूले प्रायश्चित नगरेसम्म हामी लडिरहनेछौँ,’’ इरानी सुरक्षा प्रमुख अली रजानीले भनेका छन् ।

न्युयोर्क टाइम्समा प्रकाशित विवरण अनुसार इरानले अमेरिकी १७ वटा सुरक्षा बेसमा हमला गरेको छ । अमेरिकाको तीन वटा ’एफ–१५’ युद्ध विमान पनि झारेको छ । निकै संभ्रान्त प्रतिरक्षा प्रणाली रहेको इजरायलमाथि पनि इरानले उत्तिकै हमला गरिरहेको छ ।

विश्वकै सुपर पावर अमेरिका र उसैको सानो भाइ मानिने जो आफै अत्याधुनिक हतियार र डिफेन्स सिस्टमका लागि विश्वमै चर्चित छ, इजरायल, यी दुईमाथि इरानको सटिक हमला के कारणले संभव भइरहेको छ त ? यो प्रश्नको उत्तर खोज्दा इरानको शक्ति र उसले सहयोगीहरुको साथ कुन रुपमा पाइरहेको छ, त्यो बुझ्न सकिन्छ ।

सुरक्षा मामिला जानकारहरूका अनुसार इरानले चिनियाँ भू उपग्रह नेभिगेसन प्रणालीमा पहुँच पाएको छ । फ्रान्सेली गुप्तचर निकायका पूर्व निर्देशक अलिन जुलेटले चिनियाँ भू–उपग्रह नेभिगेसन प्रणाली बेदुमा इरानको पहुँच रहेको जिकिर गरेका छन् । उक्त पहुँचकै कारण अमेरिका र इजरायलविरुद्ध इरानले सटिक हमला गरिरहेको उनको दाबी छ ।

आठ महिनाअघिको युद्धमा भन्दा इरानी क्षेप्यास्त्रहरुको प्रहार अहिले निकै सटिक देखिएको उनी बताउँछन् । टोक्सिन पडकास्टमा उनले भनेका छन्,’’आठ महिनाअघिको तुलनामा इरानी क्षेप्यास्त्रहरूको निशाना यसपटक निकै सटिक देखिन्छन् । क्षेप्यास्त्रको मार्गदर्शन प्रणालीमा यो सुधार गतिलो नेभिगेसन प्रणाली बेगर संभव छैन ।’’

फेब्रुअरी २८ को हमलाबाट आफ्ना सर्वोच्च नेता अयोतुल्लाह अलि खामेनी गुमाएसँगै इरानले अमेरिकी सुरक्षा बेस रहेका खाडी मुलुकमा र इजरायलविरुद्ध सयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी अधिकांश क्षेप्यास्त्रलाई इजरायल र गल्फ राष्ट्रले निष्प्रभावी बनाए पनि धेरै क्षेप्यास्त्रले खाडी मुलुक र इजरायलका पूर्वाधार ध्वस्त बनाएको छ ।

इरानलाई दबाबमा राख्नका लागि अमेरिकाले आफ्नो अधीनमा रहेको भौगोलिक अवस्थिति प्रणाली (जिपिएस) जाम गराइदिन सक्छ । यसअघिका हमलामा इरान जिपिएसमै भर परेको थियो । बेदुमा भने अमेरिकाले केही हस्तक्षेप गर्न सक्दैन । आफूले कुन प्रणालीको प्रयोग गरिरहेको हो भन्नेबारे इरानले केही बताएको छैन ।

बेइदुको प्रयोग भएको हुनसक्ने केही तथ्यहरू छन् । बेइदु प्रयोगको खन्डमा त्यसले युद्ध मैदानमा भू उपग्रहमार्फत रियल टाइम जासुसीमा अमेरिकी एकाधिकार तोड्ने छ । चीनले जिपिएसको विकल्पमा आफ्नै नेभिगेसन प्रणाली बेइदु सन् २०२० मा सार्वजनिक गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले ग्रेट हल अफ द पिपलबाट यो प्रणाली सार्वजनिक गरेका थिए ।

चीनले सन् १९९६ देखि नै आफ्नै भू उपग्रह नेभिगेसन प्रणाली विकास गरिरहेको थियो । ताइवान संकट गहिरिएको खन्डमा वासिंटनले जिपिएसमा चिनियाँ पहुँच बन्द गराउन सक्ने सन्त्रासले चीनले उक्त प्रणालीको विकास गरेको हो । बेइदुको ’विश्व र मानवजातिको हितमा समर्पित रहेको चिनियाँ दाबी छ ।

अल जजिराका अनुसार जिपिएसको तुलनामा बेइदु निकै प्रभावशाली छ । सूचनाका लागि जिपिएस २४ वटा भू उपग्रहमा निर्भर हुँदा चिनियाँ प्रणालीले ४५ भू उपग्रहबाट सूचना संकलन गर्छ । विश्वका अन्य नेभिगेसन प्रणालीमा रूसी ग्लोनस र युरोपेली संघको ग्यालेलियोले पनि २४ भूउपग्रहबाट सूचना संकलन गर्छन् ।

अन्य नेभिगेसन प्रणाली जस्तै बेइदुले पनि विश्वव्यापी कभरेज गर्छ । अन्य प्रणाली जस्तै यसले पनि भू उपग्रहमार्फत जमिनमा रियल टाइम सूचना प्रदान गर्छ । यसले धेरै भूउपग्रहबाट रिसिभरमा संकेत पु¥याउँदै सटिक भौगोलिक अवस्थिति देखाउँछ ।

“बेइदुको सटिकता सेवा अनुसार फरक छ । साधारण सेवातर्फ यसको सटिकता ५ देखि १० मिटर वरपर छ भने आधिकारिक प्रयोगकर्ताका लागि मात्रै उपलब्ध सेवामा यसको सटिकता निकै प्रभावकारी छ,’’ ब्रसेलस्थित सैन्य र राजनीतिक विश्लेषक एलिजह म्याग्नरले भनेका छन् । इरानले बेइदु प्रयोगबारे केही खुलाएको छैन । द्रुत गतिमा नेभिगेसन परिवर्तन गर्न सैन्य प्रणालीमा संभव छ वा छैन भन्ने प्रश्न पनि अर्कोतर्फ छ । इरानको सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले भनेको छ,’’हामी एक मात्रै प्रणालीमा निर्भर छैनौँ । उपलब्ध सबै स्रोत साधनको प्रयोग हामीले गरेका छौँ । ’

इरानको सटिक हमला हेर्दा उसले बेइदु प्रयोग गरेको हुनसक्ने विवरण यथार्थपरक रहेको जुलेट बताउँछन् । ’’इरानले निकै सटिक हमलामार्फत महत्वपूर्ण सैन्य पूर्वाधारमा ठुलो क्षति पु¥याएको छ । जिपिएस प्रणाली परिवर्तनको विषय पहिले देखि नै थियो । यो सटिक हमलाका पछि त्यही नै कारण हुनसक्छ,’’ उनले भनेका छन् ।

कतिपय सुरक्षा मामिला जानकारहरूले चिनियाँ नेभिगेसन प्रणालीका लागि इरानले निकै अघिदेखि प्रयत्न गरिरहेको बताएका छन् । सन् २०१५ देखि नै चीनको बेइदुका लागि इरानले पहल गरिरहेको चीन इरान मामिला जानकार थियो नेन्सीको जिकिर छ ।

’इरानले सन् २०१५ मै चीनसँग क्षेप्यास्त्र मार्गदर्शन प्रणालीमा बेइदु जडानबारेको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो,’’ उनले भनेका छन् । उक्त सम्झौतामा अनुसार इरानले क्रमिक रूपमा नेभिगेसन प्रणाली सुधार गरेको नेन्सीको भनाइ छ । बेइदुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्रको मार हान्ने क्षमतालाई थप सटिक बनाउने जानकारहरू बताउँछन् ।

’’हतियारभित्रै जडित विशेष सेन्सरले हतियारको दिशा र स्थान पत्ता लगाउँछ । बाहिरबाट आउने संकेतले त्यसलाई रोक्न वा विगार्न सक्दैन । यी प्रणालीहरूले हतियारभित्रै जडान गरिएका विशेष मेसिनहरू (सेन्सर) प्रयोग गरेर त्यसको गति र दिशा नाप्छन् र हतियार कहाँ छ भन्ने पत्ता लगाउँछन्। यो प्रविधि कसैको सहारा बिना आफैँ चल्ने र बाहिरबाट कसैले पनि यसको संकेत रोक्न वा बिगार्न नसक्ने भएकाले निकै भरपर्दो हुन्छ,’’ म्यानरले अलजजिरासँग भनेका छन्,’’क्षेप्यास्त्रले आफ्नो मार्ग काय राख्न इनर्सियल नेभिगेसन प्रयोग गर्छ ।

भू उपग्रहबाट प्राप्त हुने संकेतले त्यसको क्षेप्यास्त्रको बाटोलाई परिस्कृत गर्दै निसानालाई थप सटिक बनाउँछ । गत वर्षको १२ दिने युद्धका क्रममा इजरायले जामिङको प्रयोग गर्दै इरानी ड्रोन र क्षेप्यास्त्रलाई विचलित गरिदिएको थियो । जामिङ प्रविधिले ड्रोन र मिसाइललाई झुक्याउने गर्छ । बेइदुले भने यस्ता अवरोधकलाई समेत पहिचान गर्छ र क्षेप्यास्त्रलाई विचलित हुनबाट रोक्छ ।

सैन्य मामिला जानकार प्याट्रेसिया मरिनले भनेकी छिन्,’’बेइदुको बीडीएस थ्री ए लाई जाम गर्न सकिँदैन । यस प्रणालीले संकेतहरू छिटो छिटो परिवर्तने गर्ने प्रणालीका साथै सन्देशको आधिकारिकता जाँच्ने विधि प्रयोग गर्छ । यसले गर्दा दुश्मनले पठँएको नक्कली संकेतबाट ड्रोन वा क्षेप्यास्त्र विचलित हुँदैन ।’’ बेइदुबाट २००० किलोमिटर परसम्म पुगेको क्षेप्यास्त्रसँग सञ्चार संभव हुने हुँदा क्षेप्यास्त्र लन्च भएपछि समेत त्यसको दिशा परिवर्तन गर्न सकिने मरिनको भनाइ छ

भर्खरको समाचार

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top