×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026
Playing
हर्कुलस विमान ६६ जनाको काल बन्यो ,सैन्य उडान भर्ने बित्तिकै विस्फो*ट|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

१० चैत्र २०८२

१० चैत, काठमाण्डौ।

पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता भएको भन्ने खबरलाई इरानले अस्वीकार गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै सम्झौता हुने दाबी गरे पनि इरानले त्यसलाई खण्डन गरेपछि आपूर्तिमा देखिएको त्रासले तेलको मूल्य बढाएको हो ।

Advertisement

मंगलबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.१ प्रतिशतले बढेर प्रति ब्यारेल १०१ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) पनि १.८ प्रतिशतले बढेर ८९.७१ डलर कायम भएको छ । यसअघि ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि स्थगित गरेको र अज्ञात इरानी अधिकारीहरूसँग सकारात्मक कुरा भएको बताएपछि सोमबार तेलको मूल्य १० प्रतिशतले घटेको थियो ।

तर, इरानको रिभोलुसनरी गाड्र्सले ट्रम्पको दाबीलाई ‘मनोवैज्ञानिक अपरेसन’ भन्दै अमेरिकी लक्ष्यहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएपछि बजारमा फेरि अस्थिरता छाएको छ । स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प प्रायः रहेकाले लगानीकर्ताहरू चिन्तित छन्।

म्याक्वेरी जस्ता ठूला वित्तीय संस्थाहरूले स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् । इरानको इस्फाहान र खोरर्रमशहरमा रहेका ग्यास पूर्वाधारहरूमा भएका पछिल्ला आक्रमणले ऊर्जा संकटलाई थप जटिल बनाएको छ।

अमेरिकाले अभाव कम गर्न समुद्रमा रहेका रूसी र इरानी तेलमा अस्थायी रूपमा प्रतिबन्ध फुकुवा गरे पनि बजारमा सहजता आउन सकेको छैन । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आवश्यकता परे थप रणनीतिक सञ्चित तेल बजारमा पठाउनेबारे एसियाली र युरोपेली सरकारहरूसँग परामर्श गरिरहेको छ ।

यसबीच धेरै राष्ट्रले आर्थिक संकट पार लगाउनका निम्ति रणनीतिक तेल भण्डारण केन्द्रमा रहेको तेल प्रयोग गर्न थालेका छन् । गत साता कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघेको थियो । युद्धभन्दा अघि प्रतिब्यारेल ६५ डलर थियो । अमेरिकाले ’स्ट्रेट अफ हर्मुज’ निर्वाधरुपमा सञ्चालनका लागि पहल गरिरहे पनि सफल भइरहेको छैन ।

ट्रम्पले उक्त नाकामा अवरोध नहटे इरानका ठुला ऊर्जा केन्द्रमा ४८ घन्टाभित्र हमला गर्ने चेतावनी दिएका थिए । अमेरिकाले हमला गरेमा इजरायलका ऊर्जा केन्द्र र गल्फका ऊर्जा केन्द्रमा हमला गर्ने चेतावनी इरानले दियो । इरानको आक्रमणपछि गल्फका साउदी अरब, इराक र कुवेतले तेल उत्पादन कटौती गर्दा विश्वव्यापी प्रभाव परिरहेको छ ।

पेट्रोलियम पदार्थको आयातमा प्रभाव पर्दा गत मार्च ११ मा अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले रणनीतिक भण्डारणबाट ४ सय मिलियन ब्यारेल तेल निकाल्ने निर्णय लियो । यो इतिहासमै सबैभन्दा बढी परिणाममा रणनीतिक भण्डारणबाट तेल बजारमा पठाएका थिए। सन् २०२२ मा ३२ सदस्य राष्ट्रहरुले १८२ मिलियन ब्यारेल कच्चा बजारमा पठाएका थिए ।

संकटको समयमा प्रयोगको उद्देश्यले विभिन्न मुलुकका सरकारले भण्डारण गर्ने तेल नै रणनीतिक भण्डार हो । युद्ध वा आर्थिक संकटको अवस्थामा रणनीतिक भण्डारणबाट तेल बजारमा पठाइन्छ । सरकारले निजी कम्पनीसँग खरिद गर्दै तेल भण्डारण गर्दछन् । अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका अनुसार रणनीतिक तेल भण्डारमा १.२ अर्ब ब्यारेल कच्चा तेल छन् ।

ती मध्ये ६ सय मिलियन ब्यारेल निजी कम्पनीका छन् । आम नागरिकलाई अप्ठेरो परेको अवस्थामा उनीहरूले भण्डारण गरेको तेलको समेत उपयोग हुने सर्त सहित रणनीतिक भण्डारण गर्न दिइन्छ । अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईए)को सदस्य नरहेको चीनले समेत रणनीतिक भण्डार गर्छ ।

अमेरिकासँग ४१५ मिलियन ब्यारेल कच्चा तेल रहेको छ । अमेरिकाले यो वर्ष आफ्नो रणनीतिक भण्डारबाट १७२ मिलियन ब्यारेल तेल बजारमा पठाउन सकिने बताएको छ । अमेरिकाले सन् १९७५ मा रणनीतिक तेल भण्डार तयार पारको थियो । विश्वव्यापी रुपमा दैनिक ४.४ मिलियन ब्यारेल पठाउन सक्ने गरी अमेरिकाले रणनीतिक भण्डार तयार गरेको छ ।

जापानसँग ४७० मिलियन ब्यारेल कच्चा तेल रहेको छ । संकटको अवस्थामा स्वदेशी मागलाई २५४ दिनसम्म धान्न सक्ने क्षमता जापानले राख्दछ । यो मध्ये १४६ दिनसम्म सरकारी स्वामित्वको तेलले पुग्ने र १०१ दिन निजी कम्पनीको तेल प्रयोग गर्नुपर्नेछ । जापानले सन् १९७८ मा रणनीतिक तेल भण्डार बनाएको थियो ।

सन् १९७३ मा विश्वव्यापी ऊर्जा संकट देखापरेसँगै जापानले त्यसतर्फ ध्यान दिएको हो । जापान पनि तेलको मुख्य आयातकर्ता मुलुक मध्येको एक हो । मार्च १६ मा जापानले रणनीतिक भण्डारबाट तेल बजारमा पठाउन थालिएको बताएको थियो । बेलायतसँग ३८ मिलियन ब्यारेल कच्चा तेल रहेको छ ।

यसले करिब ९० दिनसम्मको मागलाई धान्ने छ । बेलायतले सन् १९७४ मा रणनीतिक तेल भण्डार निर्माण गरेको थियो । अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका सदस्य राष्ट्रहरूले कम्तीमा पनि ९० दिनको माग पुरा हुने गरी भण्डार केन्द्र बनाउनुपर्छ । बेलायतले उक्त मापदण्ड पुरा हुने गरी भण्डार केन्द्र तयार पारेको हो ।

रणनीतिक भण्डारबाट बेलायतले हालसालै १३.५ मिलियन ब्यारेल कच्चा तेल बजारमा पठाएको छ । युरोपेली संघका जर्मनी, फ्रान्स, स्पेन, इटालीसँग पनि रणनीतिक तेल भण्डार केन्द्र रहेका छन् । जर्मनीसँग ११० मिलियन ब्यारेल कच्चा तेल रहेको छ । फ्रान्ससँग १२० मिलियन ब्यारेल कच्चा तेल रहेको छ । स्पेनसँग १५० मिलियन ब्यारेल कच्चा तेल रहेको छ ।

भर्खरको समाचार

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top