असोज २४ : यसवर्षको बहुप्रतीक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट रिलिज भएको छ ।दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आक्रमक सुरुवात गरेको छ ।
देशका मुख्य शहरहरुका अधिकांश शोहरु हाउसफुल छन् भने सिंगल थिएटरमा पनि बिहानी सोबाट आक्रमक सुरुवात गरेको छ ।घटस्थापनाको दिन सार्वजनिक बिदा नभए पनि हलमा दर्शकको ओइरो देखेर दङ्ग भएका दीपकराज गिरी भन्छन् –‘सार्वजनिक बिदा नभए पनि दर्शकले विश्वास गरेर हल सम्म आइदिनु भएको छ ।’
त्यस्तै निर्देशक दिपाश्री निरौला पनि दर्शकले छक्का पञ्जा ३ को विषयवस्तुलाई मन पराएको सुनाउँछिन् ।
उनी भन्छिन् ‘यस पटक हामीले केही फरक विषय बस्तु उठाएका छौँ । प्राय चलचित्रमा ८० प्रतिशत हास्यव्यङ्ग्य हुन्थ्यो भने यस पटक ८० प्रतिशत चलचित्रको विषयवस्तुमा केन्द्रित भएका छौ । जसलाई दर्शकले स्वीकार गरिदिनु भएको छ । ’