अल्टिमा लाइफस्टाइल Dolby / Hi–Res Audio

२५ असार ८३, शुक्रबार

२६ असार , काठमाण्डौ ।

नेपालको अग्रणी अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले अन्तर्राष्ट्रिय स्तरको ठूलो उपलब्धि हासिल गरेको छ। कम्पनी Dolby License / Hi–Res Audio Certification दुवै प्राप्त गर्ने नेपालको पहिलो ब्रान्ड बनेको छ।

कम्पनीका अनुसार यी दुई अन्तर्राष्ट्रिय मान्यतासँगै अल्टिमा अब आफ्ना उत्पादनमा आधिकारिक रूपमा म्यदिथ त्भअजलययिनथ प्रयोग गर्न योग्य बनेको छ। साथै, Hi–Res Audio Certification प्राप्त गरेसँगै कम्पनीका उत्पादनहरूले अन्तर्राष्ट्रिय स्तरका कडा ध्वनि गुणस्तर र कार्यसम्पादन मापदण्ड पूरा गरेको पुष्टि भएको छ।

Advertisement

अल्टिमा अहिले Dolby Global License Platform माआधिकारिक रूपमा सूचीकृत नेपाली ब्रान्डसमेत बनेको छ। कम्पनीले यस उपलब्धिलाई नेपालको उपभोक्ता प्रविधि उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको जनाएको छ। यसबाट नेपाली उपभोक्ताले विश्वस्तरीय अडियो अनुभव प्रदान गर्ने उत्पादन प्रयोग गर्न पाउने विश्वास कम्पनीको छ।

सन् २०१३ मा स्थापना भएको अल्टिमा लाइफस्टाइलले मोबाइल एक्सेसरिजबाट आफ्नो व्यवसाय सुरु गरेको थियो। त्यसपछि कम्पनीले स्मार्टवाच, वायरलेस इयरबड्स, स्पिकर, नेकब्यान्ड, चार्जरलगायत अडियो तथा वेयरेबल्स उत्पादन बजारमा ल्याउँदै आफ्नो उपस्थितिलाई बलियो बनाएको छ।

Advertisement

गुणस्तरीय उत्पादन, नवीन प्रविधि र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै कम्पनीले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। Dolby विश्वप्रसिद्ध अडियो प्रविधि हो, जसले सामान्य अडियोको तुलनामा अझ स्पष्ट, विस्तृत र उच्चस्तरीय ध्वनि अनुभव प्रदान गर्छ।

यस प्रविधि प्रयोग गर्न कम्पनीहरूले म्यदिथ को कडा प्राविधिक तथा गुणस्तरीय मापदण्ड पूरा गरी आधिकारिक लाइसेन्स प्राप्त गर्नुपर्ने हुन्छ। त्यस्तै, Hi–Res Audio Certification अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो, जसले कुनै पनि अडियो उत्पादनले उच्च गुणस्तरको ध्वनि पुनःउत्पादन गर्न सक्ने क्षमता प्रमाणित गर्छ।

यो प्रमाणपत्र विश्वस्तरीय प्राविधिक मापदण्ड पूरा गरेका उत्पादनलाई मात्र प्रदान गरिन्छ। अल्टिमा लाइफस्टाइलका अनुसार यी अन्तर्राष्ट्रिय मान्यताले नेपाली ब्रान्डले पनि विश्वस्तरीय प्रविधि र गुणस्तर हासिल गर्न सक्ने क्षमता रहेको पुष्टि गरेको छ।

कम्पनीले आगामी दिनमा पनि अनुसन्धान, उत्पादन विकास र अन्तर्राष्ट्रिय सहकार्यमा थप लगानी गर्दै नेपाली उपभोक्ताका लागि नवीन र विश्वस्तरीय प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top