×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

२५ चैत्र २०८२

२५ चैत , काठमाण्डौ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा देउवा पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणमा संलग्न रहेका देउवा र आरजुविरुद्ध जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले देउवा दम्पतिविरुद्ध लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।

Advertisement

विभागले बयानका लागि अदालतलाई जानकारी गराएपछि पक्राउ पूर्जी जारी गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ। देउवा उपचारका लागि फागुन १३ गते सिंगापुर पुगेका थिए र हाल हङकङमा छन्। आरजु पनि भारतबाट सिंगापुर पुगेकी थिइन्। जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठ निवासमा आगजनी हुँदा ठूलो रकम जलेको देखिएको थियो।

विभागले जलेका नोट र अन्य प्रमाण संकलन गरी अनुसन्धान तीब्र बनाएको छ। बुढानीलकण्ठस्थित घरमा पैसा भेटिएको विषय सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

पक्राउ पूर्जी जारी भएसँगै विदेशमा रहेका देउवा दम्पतिविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले देउवा दम्पतिविरुद्ध अनुसन्धान गर्न निर्देशन दिएको थियो भने चैत १३ गते बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि अनुसन्धान अझ तीब्र भएको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि विभागको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पूर्वउर्जामन्त्री दीपक खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो। विभागले हाल खड्कासहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, र पूर्वपरराष्ट्रमन्त्री आरजुमाथि अनुसन्धान गरिरहेको छ।

पूर्वप्रधानमन्त्री ओली भने जाँचबुझ आयोगको सिफारिसका आधारमा चैत १४ देखि हिरासतमा छन्। देउवा उपचारका लागि चुनाव समेत छाडेर फागुन १३ गते सिंगापुर पुगेका थिए र त्यसपछि हङकङमा रहेका छन्।देउवाले आफ्नो घरमा जलेको पैसा भेटिएपनि त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

जेनजी घटना सम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिँदै देउवाले सामाजिक सञ्जालमा आफ्नो घरमा ठूलो परिमाणमा नगद फेला परेको भन्ने चर्चालाई अस्वीकार गरेका छन् । मुचुल्कामा उल्लेख भएअनुसार रकम ठूलो नभएको र बाहिर आएका विवरणहरू भ्रामक तथा एआई प्रयोग गरी तयार पारिएको हुन सक्ने उनले बयानका क्रममा भनेका छन् ।

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको आरोपलाई खण्डन गर्दै देउवाले आफूले कहिल्यै पक्षपातपूर्ण हस्तक्षेप नगरेको जिकिर गरे। भदौ २३–२४ को घटनामा प्रहरीको मूल्यांकन कमजोरी हुन सक्ने भए पनि त्यसलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने उनको भनाइ छ ।

उनले बयानमा भनेका छन्, २०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ ।

भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए। हामी राति २२ः०० बजेतिर सुरक्षित स्थान पुग्यौं । नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन ।

सामाजिक संजालको विवरण एआई जेनेरेटेड हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कस्ले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन ।

मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन । लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ । विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ ।

मुलुकमा गैर–राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुँदैन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । देशमा युवाको भावना समेटेर नीतिगत, कानूनी र संस्थागत सुधार गर्नुपर्छ । नेपाली कांग्रेसका सभापति गगन थापा पनि पूर्वसभापति देउवाको सम्पत्ति छानविनको पक्षमा छन् । तत्कालीन सभापति शेरबहादुरको सम्पत्ति छानविनका लागि पार्टी तयार रहेको गगनले यसअघि नै बताइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top