×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

२५ चैत्र २०८२

२५ चैत , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलसन्धि खोल्न नभए सभ्यता नै समाप्त हुने अवस्थाका लागि तयार रहन चेतावनी दिएपछि पनि इरानी अधिकारी र जनता यसबाट कति पनि विचलित भएनन् । न कसैले बंकर र सुरुङमा लुक्ने निर्णय गरे, नत कसैले देश छाडेर भाग्ने कदम उठाए ।उनीहरु हाँसी हाँसी राष्ट्रका लागि बलिदानी दिन तयार रहेको सन्देशसहित राष्ट्रिय झन्डा फहर्याउदै सडकमा निस्किए ।

Advertisement

यसैले आज इरानी बृद्धदेखि बालबालिकासम्म राष्ट्र र राष्ट्रियताका लागि विश्वभरमै उदाहरण बनेका छन् । ट्रम्पको मानवसभ्यतालाई नै नामेट गर्ने चेतावनीपछि इरानी अधिकारीहरुले युवाहरूलाई देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन आह्वान गरे । जुन कुरा इरानी युवामात्रै होइन आम इरानी जनताले स्वीकार गरे ।

जसले सिध्याउने संकल्प गरेका महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिलाई नै झुक्न बाध्य बनाएको छ। इरानी सञ्चारमाध्यमहरूले तेहरान नजिकै रहेको देशको सबैभन्दा ठूलो ऊर्जा केन्द्रलगायत उत्तर(पश्चिमको ताब्रिजमा मानिसहरू विद्युत् केन्द्रहरू बाहिर जम्मा भई इरानी झन्डा फहराइरहेको र ब्यानर बोकिरहेको देखाएका छन्।

दक्षिण(पश्चिमको डेजफुलमा, १,७०० वर्ष पुरानो मानिने एउटा पुलमा मानिसहरू भेला भएका थिए। समाचार संस्था एपीका अनुसार, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले १ करोड ४० लाख मानिसले आफ्नो देशका लागि लड्न स्वयंसेवकको रूपमा नाम दर्ता गराएको र ‘इरानको रक्षाका लागि आफ्नो ज्यान आहुति दिन तत्पर रहेको घोषणा गरेको’ बताए ।

अमेरिकी राष्ट्रपतिले ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ’ भनी धम्की दिएसँगै यी तयारीहरू गरिएका थिए । इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न ट्रम्पले दिएको बेलुका ८ बजेको समयसीमा सकिनुअघि ट्रम्पले उक्त धम्की दिएका थिए । यद्यपि, अमेरिकाले दिएको समयसीमा सकिनु केही समयअघि मात्रै ट्रम्पले २ हप्ताको युद्धविराम घोषणा गरे ।

देशका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू पावर प्लान्ट र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएका थिए। सार्वजनिक भएका सुरुवाती तस्बिर र भिडियोहरूमा बुशेहर पारमाणविक केन्द्र, हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, कर्मानशाहको बिसोटुन पावर प्लान्ट, सेम्नानका विद्युत् प्रसारण केन्द्रहरू, लोरदेगान र अह्वाजको ह्वाइट ब्रिज जस्ता प्रमुख स्थानहरूमा दर्जनौँको संख्यामा नागरिकहरू, युवा, खेलाडी र स्थानीयहरूले हातमा हात मिलाएर मानव साङ्लो बनाएको देखिएको छ।

द गार्जियनका अनुसार, नागरिक पूर्वाधारमा गरिने आक्रमणहरू युद्ध अपराध मानिने कानुनविद्हरू बताउँछन्। मङ्गलबारको हवाई आक्रमण सम्भवतः इरानलाई सम्झौता गर्न दबाब दिने उद्देश्यले गरिएको हुन सक्छ, तर यसको प्रभावले इरानी सत्ताभित्रको दृढता र राष्ट्रियतालाई अझ कडा बनाएको देखिन्थ्यो।

इरानी सरकारी टेलिभिजनले युवा तथा किशोरकिशोरी सर्वोच्च परिषद्का सचिवको रूपमा चिनाएका अलिरेजा रहिमीले एउटा समाचार प्रसारणमा भिडियो सन्देश जारी गर्दै देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन युवाहरूलाई आह्वान गरे। उनले भने, ‘म सबै युवा, खेलाडी, कलाकार, विद्यार्थी र विश्वविद्यालयका विद्यार्थी तथा उनीहरूका प्राध्यापकहरूलाई आमन्त्रण गर्दछु।’

उनले उनीहरूलाई ‘कुनै पनि रुचि वा राजनीतिक दृष्टिकोणको पर्वाह नगरी, इरान र इरानी युवाहरूको भविष्यसँग जोडिएका हाम्रा राष्ट्रिय सम्पत्ति र पुँजीका रूपमा रहेका ऊर्जा केन्द्रहरू वरिपरि मङ्गलबार दिउँसो २ बजे भेला हुन’ आग्रह गरे। इरानले विगतमा पश्चिमा देशहरूसँग तनाव बढ्दा आफ्ना आणविक केन्द्रहरू वरिपरि पनि मानव साङ्लो बनाएर प्रदर्शन गरेको थियो ।

सम्भावित भीषण अमेरिकी आक्रमणको त्रासमा इरानी नागरिकहरूले देशव्यापी रूपमा ऊर्जा केन्द्रहरू घेरेर प्रतीकात्मक प्रतिरोध देखाए पनि, अन्तिम समयमा आएर दुवै पक्ष २ हप्ताको युद्धविराम र कूटनीतिक वार्तामा सहमत भएका छन्। बीबीसीका अनुसार, इरानीहरूका लागि यो निकै लामो रात रह्यो।

डोनाल्ड ट्रम्पको धम्कीपछि अमेरिकाले विद्युत् गृह ऊर्जा केन्द्र, सडक र पुलहरूमा भीषण बमबारी गर्नेछ भन्ने धेरैलाई लागिरहेको थियो। सबैजना त्यो समयसीमा पर्खिरहेका थिए, जुन तेहरानको समयअनुसार बुधबार बिहान करिब ३ः०० बजे सकिँदै थियो। तेहरानमा राति करिब १ः०० बजे नै युद्धविरामको घोषणा भयो, तर धेरै मानिसहरू त्यसपछि पनि नसुतिकनै बसिरहेका थिए ।

विद्युत् कटौती हुने डरले विगत केही दिनदेखि मानिसहरू खाद्यान्न, खानेकुरा र मैनबत्ती किनिरहेका थिए, साथै पानी जम्मा गरिरहेका थिए। अब विद्युत् गृहहरूमा आक्रमण हुने छैन भन्ने कुराले उनीहरूलाई केही हदसम्म राहत मिलेको छ। अर्कोतर्फ, सत्ताको विपक्षमा रहेका धेरै मानिसहरूलाई यस युद्धले जतिसुकै क्षति र भयावहता ल्याए पनि अन्ततः सत्ता परिवर्तनको कारण बन्नेछ भन्ने लागेको थियो ।

तर त्यस्तो संभावना पनि तत्काललाई टरेको देखिएकोछ । इतिहासकै कठिन परिस्थितीमा इरानी जनताले अमेरिकी आक्रणविरुद्ध सडकमा निस्किएर आफूहरु बलिदानीका लागि तयार रहेको सन्देश दिएर राष्ट्र र राष्ट्रियताका लागि इरानीहरू विश्वकै लागि उदाहरणीय बनेको छ।

यसअघि इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका थिए । राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए। “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु, छु र हुनेछु”, उनले लेखेका थिए।

यसअघि इरानका उप खेलकुदमन्त्री रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकहरूलाई पावर प्लान्ट वरिपरि ‘मानव शृङ्खला’ बनाउन आह्वान गरेका थिए । अमेरिका र इरानबिच भएको युद्धविरामको सम्झौतापछि दुबै पक्षले आआफ्नो जितका रुपमा ब्याख्या गरेका छन् ।

ह्वाइट हाउसले यसलाई संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाको ठुलो रणनीतिक सफलताका रूपमा व्याख्या गरेको छ। वासिङ्टनले यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक र सैन्य कौशलको नतिजा भनेको हो। उता इरानी सुरक्षा परिषदले सम्झौतालाई दुश्मनको आत्मसमर्पणको रूपमा चित्रण गरेको छ र सम्पूर्ण नागरिक, बुद्धिजीवी तथा राजनीतिक दलहरूलाई यो प्रक्रियामा एकजुट भई साथ दिन आह्वान गरिएको छ।

इरानले यस घडीमा विजयको उत्सव मनाउन र कुनै पनि विभाजनकारी अभिव्यक्ति नदिन आफ्ना जनतालाई आग्रह गरेको छ। युद्धविरामपछि विश्वले नै शान्तिको सास फेरेको छ , इतिहासकै सबैभन्दा तीव्र गतिमा ५० प्रतिशत भन्दा बढीले बढेको कच्चा तेलको मूल्यमा अन्तराष्ट्रिय बजारमा ठूलो गिरावट आएको छ ।

यो प्रारम्भिक कदमले स्थायी शान्तिको बाटो खोल्ने आशा जगाए पनि युद्धविरामको पूर्ण कार्यान्वयनमा अझै धेरै चुनौतीहरू बाँकी नै छन्। युद्धविरामलाई स्थायी शान्तिमा बदल्न इरान र अमेरिकाबिच शुक्रबारदेखि इस्लामावादमा वार्ता हुने छ। इरानमा देखिएको जनएकता केवल एउटा राजनीतिक प्रतिक्रिया मात्र होइन, यो गहिरो राष्ट्रिय चेतना र सामूहिक पहिचानको उदाहरण बनेको छ ।

३८ दिनदेखिको संकट वा दबाबको समयमा कुनै पनि राष्ट्र कति मजबुत हुन्छ भन्ने कुरा त्यहाँका जनताको व्यवहारले देखाउँछ। इरानी जनताले प्रदर्शन गरेको मानवसाङ्लो, रातभर जाग्राम बसेर विद्युत संरचना र पुलहरूको रक्षा गर्नु र ज्यानको जोखिम उठाउँदै देशको संरचना जोगाउने प्रयास गर्नुले उनीहरूको राष्ट्रप्रतिको समर्पणको विश्वले प्रंशसा गरिरहेको छ ।

बाह्य दबाब, विशेषगरी अमेरिका र इजरेलजस्ता शक्तिशाली राष्ट्रहरूको राजनीतिक र आर्थिक हस्तक्षेपका बीच पनि इरानी जनता विचलित नभई एकजुट भएर उभिनु महत्वपूर्ण संकेत हो। यसले देखाउँछ कि जब जनता आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि ठान्छन्, तब कुनै पनि बाह्य दबाबले उनीहरूलाई सजिलै झुकाउन सक्दैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीतिहरूलाई इरानी जनताले निष्प्रभावी बनाइदिएको टिप्पणी गरिएको छ । इरानी जनताका तस्विरहरुले राजनीतिक नेतृत्वलाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई समेत सन्देश दिएको छ कि राष्ट्रियता र आत्मसम्मान कुनै पनि राष्ट्रका लागि कति महत्वपूर्ण हुन्छन्।

यो घटना अन्य देशहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ। राष्ट्रिय संकटका बेला विभाजन होइन, एकता नै सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश इरानी जनताले दिएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top