विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

२४ असोज ७५, बिहीबार

विराटनगर, असोज २४
मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ ।

सङ्घद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उनले बता्ए ।

Advertisement

एक्स्पोमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन तथा दैनिक उपभोग्य वस्तु सम्बन्धी स्टल रहनेछ ।

त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top