१ साउन , काठमाण्डौ ।
नेपालकै अग्रणी वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले आधिकारिक रूपमा अल्टिमा लाइफस्टाइल अथोराइज्ड रिसेलर प्रोग्राम सुरु गरेको छ। यससँगै अल्टिमा लाइफस्टाइल नेपालमै पहिलो पटक व्यवस्थित अथोराइज्ड रिसेलर प्रोग्राम सञ्चालन गर्ने नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड बनेको छ।
यस कार्यक्रममार्फत खुद्रा व्यवसायी (रिटेलर) ले अब बिचौलिया वा डिस्ट्रीब्युटर बिना सिधै ब्रान्डसँग व्यापार गर्न सक्नेछन्। यसबाट उनीहरूले राम्रो नाफा, व्यवसायिक सहयोग, विशेष साझेदारी सुविधा तथा वार्षिक कार्यसम्पादनमा आधारित आकर्षक पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।

अल्टिमा लाइफस्टाइल अथोराइज्ड रिसेलर प्रोग्रामको उद्देश्य देशभरका रिटेलरहरूसँग दीर्घकालीन र दुवै पक्षलाई फाइदा पुग्ने साझेदारी निर्माण गर्नु रहेको कम्पनीले जनाएको छ । यस कार्यक्रममार्फत रिसेलरहरूले सिधै ब्रान्डबाट ओरिजिनल अल्टिमा उत्पादन प्रतिस्पर्धी मूल्यमा खरिद गर्न सक्नेछन्।
साथै उनीहरूले बढी नाफा, मार्केटिङ सहयोग, प्राथमिक व्यवसायिक सहायता तथा अन्य विशेष व्यावसायिक सुविधाहरू पनि प्राप्त गर्नेछन्। कम्पनीका अनुशार साझेदारीका तीनवटा श्रेणी रहेका छन् ।
जसमा :
गोल्ड अथोराइज्ड रिसेलर
अल्टिमाका सबै SKU का कम्तीमा १–१ वटा उत्पादन स्टकमा राख्नुपर्ने
वार्षिक खरिद लक्ष्यः रु. २० लाख
डायमण्ड अथोराइज्ड रिसेलर
प्रारम्भिक खरिदः रु. ५ लाख वा सोभन्दा बढी
वार्षिक खरिद लक्ष्यः रु. ५० लाख
र
प्लाटिनम अथोराइज्ड रिसेलर
प्रारम्भिक खरिदः रु. २० लाख वा सोभन्दा बढी
वार्षिक खरिद लक्ष्यः रु. १ करोड
प्रत्येक श्रेणी रिसेलरहरूको व्यवसायिक वृद्धि अनुसार थप सुविधा र अवसर प्रदान गर्ने गरी तयार गरिएको कम्पनीले जनाएको छ । यस्तै रिसेलरहरूको उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्न अल्टिमा लाइफस्टाइलले विशेष वार्षिक पुरस्कार कार्यक्रम पनि घोषणा गरेको छ ।
वार्षिक खरिद लक्ष्य पूरा गर्ने वा त्यसभन्दा बढी कारोबार गर्ने अथोराइज्ड रिसेलरहरूले थाइल्याण्ड भ्रमण, रोयल इन्फिल्ड मोटरसाइकल र रु. ५ लाख नगद पुरस्कार पाउने छन् ।
अल्टिमा लाइफस्टाइल महाप्रबन्धक प्रज्वल ढकालले कम्पनीले आफ्ना साझेदारसँगै अझ ठूलो सफलता हासिल गर्ने विश्वास राखेको भन्दै साझेदारले सिधै ब्रान्डसँग जोडिएर राम्रो नाफा, आवश्यक सहयोग र दीर्घकालीन व्यवसायिक अवसर प्राप्त गर्न सकून् भनेर नै अथोराइज्ड रिसेलर प्रोग्राम सुरु गरिएको प्रष्ट पारेका छन् ।
अल्टिमा लाइफस्टाइलले स्मार्टवाच, वायरलेस इयरबड्स, स्पिकर, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरिजहरू उपलब्ध गराउँदै आएको छ।
prajwal dhakal
General Manager
Kanha Electronics
contract no 9802367909




