शहीद स्मारक ए डिभिजन लिग : नेपाल पुलिस क्लब विजयी

२५ असोज ७५, शुक्रबार

काठमाडौँ, असोज २४
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । पुलिस क्लवले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको हो ।

एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा पुलिसका लागि ३२औँ मिनेटमा अजित भण्डारीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले छ यार्डभित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दूरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके ।

Advertisement

खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै पुलिसले तीन अङ्क जोडेको छ । शुक्रबार बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् । पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top