चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता

२५ साउन ८३, सोमबार

काठमाडौं, साउन २५ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहयोग र विकास साझेदारी अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो ।

Advertisement

भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड  दिएकाे प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ ।

राजदूत झाङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका समेत कार्यालयले पुष्टि गरेकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top