काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको ‘हामी सुन्छौँ’ अभियान सोमबारदेखि सुरु भएको छ। बनस्थलीस्थित पार्टी कार्यालयमा नेता तथा सांसदको उपस्थितिमा नागरिकका गुनासा, समस्या र सुझाव सुन्ने कार्यक्रम सुरु गरिएको हो।
पार्टीले संगठन, नीति र नेतृत्वलाई एकै ठाउँमा राखेर नागरिकका गुनासा सुन्ने र तिनको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले अभियान अघि बढाएको जनाएको छ।
अभियानको पहिलो दिन सांसद डा. अंकिता ठाकुर र केन्द्रीय सदस्य अंकितकुमार यादवले नागरिकका गुनासा तथा सुझाव सुन्ने र सम्बोधनका लागि सहजीकरण गर्नेछन्।

पार्टी स्रोतका अनुसार उनीहरूले नागरिकका समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्दै सम्बन्धित निकायमा पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्नेछन्।



