नाइमा मोबिलिटी एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

२७ साउन ८३, बुधबार

काठमाडौं-  टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ।नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

Advertisement

त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पोमा यी दुवै मोडल बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ। गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधियुक्त विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

ुनेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौँ। नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ ।’ उनले भने ।

Advertisement

उनका अनुसार दुवै गाडी फरक–फरक ग्राहकका आवश्यकता पूरा गर्ने गरी विकास गरिएको छ।

सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार निर्माण र सेवा सञ्जाल विस्तारमा समेत जोड दिँदै आएको जनाएको छ। सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले विद्युतीय सवारीसाधनप्रतिको कम्पनीको प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित नरहेको बताए ।

Advertisement

उनका अनुसार हाल सिप्रदीका २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

अत्याधुनिक ‘एक्ट.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालको सडकमा गरिएको परीक्षणअनुसार यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।

पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस-एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।

दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ तथा विभिन्न आधुनिक सुविधा समावेश गरिएको छ।

यसमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुरक्षा तथा प्रविधियुक्त सुविधा उपलब्ध छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top