लुम्बिनी प्रदेश सरकार गठनमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मसालबीच सहमति

२७ साउन ८३, बुधबार
Share this
730shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्ने सहमति भएको छ। तीन दलबीच बुधबार भएको छलफलपछि दुईबुँदे सहमति भएको हो। सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशमा हुने विकास निर्माणका कार्यमा तीन दलले सहकार्य गर्नेछन्।

Advertisement

त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने सहमति भएको छ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top