उपाधि जित्ने लक्ष्यका साथ नेपाल सिंगापुरसँग खेल्दै

२६ असोज ७५, शुक्रबार

काठमाडौँ, असोज २६
आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ ।

Advertisement

मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल चलिरहेको छ । नेपालले टस जितेर पिल्डिङ गरिरहेको छ ।

आजको विजेता प्रतियोगिताको विजेता बन्नेछ । नेपालको लक्ष्य पनि आजको खेल जित्दै उपाधिसहित दोस्रो चरणमा पुग्नुरहेको मलेसियामा रहेका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

Advertisement

अघिल्ला पाँच खेलमा लगातार जीत निकालेको नेपालले अन्तिम खेलमा सिङ्गापुरसँग खेल्न लागेको हो । नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमालाई जम्मा १८ बल खेलेर आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीनलाई पराजित गरेको थियो ।

यसअघिका सबै पाँच खेलमा सिङ्गापुर पनि विजयी बन्दै उच्च मनोबलसाथ मैदानमा उत्रदै छ । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटको आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

Advertisement

नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जीत निकालेको थियो ।

गत महिना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल र सिङ्गापुरले दोस्रो चरणको छनोट स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ ।

छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रा ेचरणमा स्थान बनाउने छन् । एशिया छनोटमा सात टोलीले खेल्नेछन् । तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचको प्रतिस्पर्धा पछि रहेको छ ।

तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै सात अङ्क जोडेको छ । तर चांैथो स्थानको मलेसियाले आज चीनसँग खेल्दैछ । मलेसियाले चीनलाई पराजित गरेमा दोस्रो चरणमा स्थान बनाउने छ ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

सन्दीपको २० विकेट

जारी प्रतियोगितामा नेपाली स्पिनर सन्दिप लामिछानेले सर्वाधिक २० विकेट लिइसकेका छन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन सिवाकोटी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top