×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भद्र सहमति कार्यान्वयन गर्दै वाणिज्य बैंक, सुचना प्रकाशित गरेर निक्षेपको ब्याजदर घटाए

२६ आश्विन २०७५

काठमाडौं,असोज २६
मुद्धति खाताको ब्याजदर घटाउने सहमति गरेको भोलिपल्टै वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सुचना प्रकाशित गरेका छन् ।२८ मध्ये अधिकांश वाणिज्य बैंकहरुले सुचना प्रकाशित गरी मुद्धती निक्षेपमा नयाँ ब्याजदर कायम भएको जानकारी गराएका छन् ।

नेपाल बैंकर्स एसोसियसनको पहलमा बिहीबार बसेको २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सम्मिलित बैठकमा मुद्धती निक्षेपमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको थियो ।

Advertisement
Advertisement

सहमतिअनुसार शुक्रबारदेखि कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, नेपाल बंगलादेश बैंक, सेन्चुरी कमर्शियल बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक, लक्ष्मी बैंक, कुमारी बैंकलगायत सबैले मुद्धतीको ब्याजदर घटाएको सुचना प्रकाशित गरेका हुन् । राष्ट्रिय वाणिज्य धेरै कम भएकाले उसले सुचना प्रकाशित गरेको छैन ।

बिहीबारको एसोसिएसनको बैठकमा संस्थागत मुद्धतीमा ९ र व्यक्तिगत मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति भएको थियो । यस्तै बैंकहरुले साधारण बचतमा ७ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो । यसअघि बैंकले व्यत्तिगतलाई ११ र संस्थागतलाई साढे १० प्रतिशत ब्याज दिँदै आएका थिए ।

बैंकहरुले निक्षेप बढाउन मुद्धतिमा साढे १० प्रतिशत भनेपनि यसअघि भएको भद्र सहमति तोडेर केही बैंकले १२ प्रतिशतसम्म ब्याज दिएपछि बैंकले नयाँ सहमतिका लागि प्रयास गरेका थिए । बैंकहरु ब्याजदर बढाउदा कर्जा महंगो हुने र यसले मूल्यवृद्धि गराउने र अर्थतन्त्रलाई पनि समस्यामा पार्ने निष्कर्षमा बैंकर पुगेका छन् ।

हाल बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । गत साउनमा यो आकार १ खर्ब १५ अर्ब रुपैयाँ थियो । पछिल्ला २ महिनामा बैंकले लगानी बढाएपछि प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको हो ।

Advertisement

तर कर्जाको मागअनुसार बैंकले निक्षेप परिचालन बढाउन सकेका छैनन् । मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात घटाएपछि बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ तरलता बढेको थियो ।(विकास न्युजबाट)

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top