आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

२८ साउन ८३, बिहीबार
Share this
730shares

दमौली, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याइएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा रहेका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

Advertisement

राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक अत्यावश्यक खर्च धान्नुपर्ने विगतको अवस्थालाई अन्त्य गर्न करको दायरा फराकिलो बनाउँदै थोरै–थोरै योगदानबाट आम्दानी बढाउने र आफ्नै आम्दानीबाट देश विकास गर्ने नीति लिइएको उनले बताए ।

जनताको विकाससम्बन्धी आशा र आकाङ्क्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको तथा दातृ निकायबाट लिइने ऋणसमेत महँगो बन्दै गएकाले मुलुक आफैँ धनी हुने अवस्थामा पुग्नुको विकल्प नरहेको उनको भनाइ छ।

Advertisement

‘विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब रुपैयाँ छ। सरकारको आम्दानी १२ सय ५० अर्ब रुपैयाँ हाराहारी मात्रै छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘अहिले हामीले करको दायरा फराकिलो बनाएका छौँ र कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौँ। यो त्यसैका लागि हो।’

ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने वाग्लेले बताए । सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई थप चलायमान बनाउन खोजेको पनि उनले स्पष्ट पारे । 

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top