रोल्पा पहिरोमा सात जनाको मृत्यु भएपछि रास्वपाले गरायाे सरकारको ध्यानाकर्षण

२८ साउन ८३, बिहीबार
Share this
793shares

काठमाडौं- अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–४, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी सात जनाको मृत्यु र पाँच जना बेपत्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी कार्यका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Advertisement

विज्ञप्तिमा पछिल्लो २४ घण्टामा रोल्पालगायत देशका विभिन्न भागमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै दैनिक जनजीवनसमेत कष्टकर बनेको जनाइएको छ।

रास्वपाले विपद् आएपछि मात्रै राज्य संयन्त्र परिचालन गर्ने पुरानो र फितलो कार्यशैलीका कारण हरेक वर्ष नागरिकले ज्यान गुमाइरहेको भन्दै पूर्वतयारी र जोखिम न्यूनीकरणमा सरकार बढी जिम्मेवार बन्नुपर्ने जनाएको छ। विपद् जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारलाई पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था मिलाउन रास्वपाले आग्रह गरेको छ।

Advertisement

निरन्तरको वर्षाका कारण देशभर जनजीवन, सडक सञ्जाल र बस्तीहरू जोखिमपूर्ण बनेकाले सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि रास्वपाले आम नागरिकलाई अपिल गरेको छ।विपद्को समयमा राज्य आफ्ना नागरिकको अभिभावक बनेर उभिनुपर्ने भन्दै रास्वपाले विपद् पूर्वको तयारी र विपद्पछिको कार्यमा राज्यका संयन्त्रलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top