सर्पदंश र रेबिजविरुद्धका पर्याप्त भ्याक्सिन आइपुगेकाे स्वास्थ्य मन्त्रालयकाे दाबी 

२८ साउन ८३, बिहीबार
Share this
780shares

काठमाडौं । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम (ASVS) टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको  स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।  बिहीबार साँझ ५ बजे ८ हजार २ सय भायल ASVS केन्द्रीय स्टोरमा प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। यस्तै, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (eRIG) पनि स्टोरमा प्राप्त भएको छ।

Advertisement

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। उनले सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक सामग्री उपलब्ध भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको जानकारी दिए ।

केही दिनदेखि तराईका विभिन्न स्थानमा सर्पदंशको उपचारमा प्रयोग हुने औषधिको अभाव भएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो। औषधि अभावका कारण बिरामीहरू उपचारका लागि छिमेकी मुलुक भारतसम्म पुग्न बाध्य भएको सूचनासमेत सार्वजनिक भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top