सिंगापुर ८१ रनमा समेटियो,सन्दीपको नयाँ किर्तिमान

२६ असोज ७५, शुक्रबार
Share this
739shares

काठमाडौँ,असोज २६
आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ अन्तर्गत आज भएको फाईनल खेलमा सिंगापुरले नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ ।

Advertisement

सन्दीप लामिछानेले घातक बलिङ गरेपछि सिंगापुर सस्तैमा समेटिएको हो । बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अल आउट हुदैँ मात्र ८१ रन बनाउन सक्यो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ बनाए । बसन्त रेग्मीको १०.२ ओभरमा बोल्ड आउटको शिकार हुनु अघि उनले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोड्न सकेका हुन । त्यस्तै मनप्रीत सिंह र सिद्धान्तले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Advertisement

त्यस्तै खेलमा सन्दिप लामिछानेले मात्र ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २ विकेट लिदा बसन्त रेग्मी र ललित नारायण राजवंशीे समान १ विकेट लिए ।

आजको खेलसँगै सन्दीपले नयाँ कीर्तिमान बनाएका छन् । उनले एकै प्रतियोगितामा २४ विकेट लिने पहिलो नेपाली बलर बनेका हुन् । यस अघि विनोद दास र बसन्त रेग्मीको नाममा समान २१ विकेट रहेको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top