बालेन भोलि संसद आउने, ११ सांसदलाई जवाफ दिने, सभामुखको एनजियोग्राफी

९ भदौ ८३, मंगलबार

९ भदौ , काठमाण्डौ ।

Advertisement

आजका लागि आह्वान भएको प्रतिनिधि सभा बैठक भोलीमात्रै बस्ने गरी स्थगित भएको तथा सभामुख डोलप्रसाद अर्याल अस्वस्थ भएको अनि भोलीको बैठकमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको  छ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो । आज दिउँसो १ बजेका लागि बैठक तय थियो। तर संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरेका छन् ।

Advertisement

निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने भएको सूचनामा लेखिए पनि ठोस कारण खुलाइएको छैन । यद्यपि सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्यमा देखिएको समस्याले पनि बैठक सारिएको बुझिएको छ । अर्याल छातीमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पताल पुगेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा साँझदेखि उनको स्वास्थ्य उपचार भइरहेको छ । सोमबार साँझ ७ः३० बजे सभामुख अर्याल अस्पताल पुगेर उपचार सुरु गरेका हुन् ।

Advertisement

मुटुको रक्त नलीमा कुनै किसिमको अवरोध वा साँघुरोपन छ कि भनेर चिकित्सकहरूले उनको ‘सिटी कोरोनरी एन्जियोग्राफी गरेका छन् । अर्याल हाल अस्पतालको आकस्मिक कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छन ।

एन्जियोग्राफी परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले रिपोर्ट प्राप्त भएपछि मात्र मुटुको स्थिति अनुसार थप उपचार प्रक्रिया अघि बढाइने अस्पतालको भनाइ छ । सभामुख अर्यालकी प्रेस संयोजक मुना कुँवरले भने नियमित चेकजाँचका लागि गएको बताइन् ।

उनले भनिन्, ‘कुनै समस्या भएर होइन, होल बडी चेक अपका लागि जानुभएको हो । आजै फर्किनु हुन्छ ।’ उता भोलीको बैठकमा भने प्रधानमन्त्री वालेन्द्र शाह र सांसद्बिच सवालजवाफ हुँदैछ । प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका संसद् सचिवालयले जनाएको छ ।

१५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा प्रश्न मात्रै दर्ता गरेका छन्।

अन्य दलका तर्फबाट भने कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद् सचिवालयले जनाएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन् ।

श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रधानमन्त्रीलाई सोध्ने तयारी गरेका गरेका छन् । यही भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए ।

गएको जेठ १७ गते संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । शाहको अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदले दिनहुँ उठेर विरोध गर्ने क्रम नरोकेपछि सभामुखले सांसद्का प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् ।

प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था पनि छ । तर, प्रधानमन्त्री शाह प्रतिनिधिसभा नियमावली र संसद्प्रति जवाफदेही नभएपछि सभामुखले उनलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top