११ भदौ ,काठमाण्डौ ।
कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रूपैयाँ बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्ला प्रभावित भएका छन् ।
प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्त्व निर्वाह गर्दै आएको जनाएको छ ।
उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
विपद्को यस कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गर्नु साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।




