काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला परेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको विपद् सम्बन्धी बुलेटिनमा बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला परेको उल्लेख छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । बाढी तथा त्यसपछिको विपद्मा परेकामध्ये हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ ।



