१५ भदौ, काठमाण्डौ।
हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रा.लि.ले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको औषधि सहयोग गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको हो।

आर्या फार्मा ल्यावका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकको उपचारमा प्रयोग हुने गरी ८२ लाख ५१ हजार ७ सय ५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराइएको छ।
विपद्का कारण विभिन्न क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन यो सहयोग महत्वपूर्ण हुने कम्पनीको विश्वास छ।
कम्पनीले प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परेको अवस्थामा उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा थप औषधिसमेत सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्को समयमा स्वास्थ्य सेवा र औषधिको अभाव हुन नदिन स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायसम्म औषधि पुर्याउने उद्देश्यले सहयोग गरिएको आर्या फार्मा ल्यावले जनाएको छ।
विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
आर्या फार्मा ल्यावले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा आगामी दिनमा समेत निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।




