एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता: मन्त्री खनाल

१५ भदौ ८३, सोमबार
Share this
757shares

भदौ १५, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने एनआरएनएको पहल स्वागतयोग्य रहेको बताए।  साथै यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

Advertisement

मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताए । यति ठूलो विपद्को पुनर्स्थापना तथा पुनर्निर्माण नेपाल सरकारले मात्रै गर्न नसक्ने भन्दै उनले राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको बताए । एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने उल्लेख गर्दै मन्त्री खनालले राहत वितरणअघि र पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनसमेत  आग्रह गरे ।

भेटका क्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको थियो। एनआरएनएका अध्यक्ष डा. शर्मासहितको प्रतिनिधिमण्डलले उक्त रकम परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top